चितवन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखा परेका गुट उपगुट तथा व्यक्तिवादको समस्या अब पार्टीले ल्याउने रुपान्तरण अभियानबाट त्यसको समस्या समाधान गर्ने बताउनु भएको छ ।

शुक्रबार प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पुर्व गृहमन्त्री श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढंगले अझै बढाउन सकिने दाबी गर्नुभयो ।


वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको टिका टिप्पणी गरेर आफ्नो समय खेर नफाल्न आग्रह पार्टीका नेता कार्यकर्तालाई अपिल गर्नुभयो ।चितवनमा रेनु दाहाले राम्रो काम गरेर माओवादी केन्द्रको महिला नेतृत्वको उदाहरण बनेको बताउनु भयो।

श्रेष्ठले माओवादी केन्द्रलाई बलियो बनाए मात्र देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने दाबी गर्नुभयो।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्