सल्यान । नेपाल उद्योग व्यापार महासंघ जिल्ला समिति सल्यानको प्रथम भेला श्रीनगरमा सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) सल्यानका जिल्ला संयोजक मानबहादुर मल्ल ‘संघर्ष’ को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले राजेन्द्र भण्डारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सर्वजित वली, नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य हरिप्रकाश बुढाथोकी ‘मिलन’, शारदा नगर समिति अध्यक्ष मोहनलाल बुढाथोकीलगायतका नेताहरूले शुभकामना मन्तव्य दिएका थिए।


 
                                                            