सल्यान । सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ररहनुभएका मेश मल्लले आफ्नो चुनावी ६ बुँदे प्रतिवद्धता ल्याउनुभएको छ। हेर्नुहोस् सम्पादित ६ बुदे प्रतिबद्धता।
१. कृषि, वन र उद्यम प्रवर्द्धन
कृषि, पशुपालन, वन पैदावार र स्थानीय उत्पादनको वार्षिक वृद्धि, ब्रान्डिङ, बजारीकरण, शीत भण्डार निर्माण, बीउ–मल तथा प्राविधिक सहयोग विस्तार।
२. स्थानीय उद्योग र रोजगारी सिर्जना
खुकुरी, बाँस/निगालोका सामग्री, जडिबुटी र पर्यटनमा आधारित साना उद्योगलाई आधुनिक बनाउँदै युवा स्वरोजगार र आयआर्जन वृद्धि।
३. सुशासन र सामाजिक समावेशिता
भ्रष्टाचार नियन्त्रण, कर प्रणाली सुधार, लघुवित्त समस्या समाधान, आवास कार्यक्रम तथा दलित, महिला, जनजाति र अल्पसंख्यक लक्षित पहल।
४. शिक्षा र सीप विकास
डिजिटल शिक्षाको विस्तार, प्राविधिक तथा सीपमूलक शिक्षा, कृषि क्याम्पस स्थापना पहल र “पढ्दै कमाउँदै” कार्यक्रम सञ्चालन।
५. स्वास्थ्य सेवा सुदृढीकरण
जिल्ला अस्पताल स्तरोन्नति, पालिका स्तरमा अस्पताल पूर्वाधार विकास र आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तार।
६. पूर्वाधार, ऊर्जा र पानी व्यवस्थापन
पूर्ण विद्युतीकरण, सुरक्षित विद्युत संरचना, सिँचाइ विस्तार, बाढी नियन्त्रण र स्वच्छ खानेपानी योजनाको कार्यान्वयन।

