सल्यान। चुनावी अभियानका क्रममा आज कालीमाटी गाउँपालिकाको वडा नं. ६ जलजला, सिरेनी, छरछरे, हात्तीढुङ्गा तथा वडा नं. ७ को स्वामीबास, र्‍याङ र घुइयाबारीमा जनसभा तथा भेटघाट गरिएको छ।

बाँकेसँग जोडिएका गाउँहरुमा भएका भेटघाटका यहाँका बासिन्दाले वन्यजन्तुले मानव बस्तीमा पुर्‍याएको क्षति, भौतिक पूर्वाधारहरु सडक, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य लगायतका यहाँका समस्याहरुका बारेमा मौखिक/लिखित रुपमा  उम्मेदवारलाई जानकारी गराउनु भएको छ।

नेपाली कम्युनिष्ट पार्टी सल्यानको उम्मेदवारको हिसाबले यहाँका विविध समस्याहरु समाधानका लागि पहल गर्ने वचन दिएको मल्लले बताउनुभयो। हामी चुनावी अभियानमा मात्रै होइन, पछि पनि नियमित रुपमा यहाँका बासिन्दासँगै हुनेछौँ। अप्ठ्यारोमा साथ दिनेछौँ।
हिजो दिनभर नेताहरु प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, भीमप्रकाश शर्मा, कृतिबहादुर पुन, कर्णबहादुर बुढाथोकी, रुद्रबहादुर घर्ती लगायतका नेताहरुले कतै सँगै त कतै अलग-अलग कार्यक्रममा मतदातासँग हाम्रो एजेन्डा, विचार, कार्यक्रम र योजनाका बारेमा बताउनुभएको थियो।

आज वडा नं ५, ४, ३, २ लगायतका मतदाताहरुलाई भेट्न आउनेछौँ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : २३ बजे

प्रतिक्रिया दिनुहोस्