दाङ। ‌कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ३ स्थित श्री गडुल स्नानी आधारभूत विद्यालय तथा श्री चन्द्रज्योति आधारभूत विद्यालय, रकु–२ चुचेढुङ्गामा सहयोग गर्ने सहयोगी दाताहरूलाई आज तुलसीपुरमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको छ।

कार्यक्रम लालमती भण्डारीको प्रमुख आतिथ्य, सामाजिक अभियन्ता मेघराज केसीको विशिष्ट आतिथ्य तथा दीपक ओलीको सभाध्यक्षतामा सम्पन्न भएको हो।


कार्यक्रम सन्दिप गौतमको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण भिम वलीले गर्नुभएको थियो।

प्रमुख अतिथि लालमती भण्डारीले विद्यालयको विकासमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद दिँदै सहयोग संकलन गरी सहयोग कार्यमा जुटेको दियालो टिमप्रति विशेष आभार व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रको विकासमा यस्ता सहयोगले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ३ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्