हामी परिक्षण प्रसारणमा छौ

साहित्य

मंसिर १५, २०७७ सोमबार

जिन्दगी, जिन्दगी जस्तो छैन

निबन्ध


आज पनि कमाई भएन । धेरै दिन भो रित्तै फर्कन थालेको । यसरी कति दिन चल्छ ? कति उधारो माग्नु ? फेरि दिने हो की होईन ? मनमा निरन्तर द्धन्द्ध चलेको छ । सय, दुई सय माग्ने जति सबैसगै मागी सकेको छु । हत्तेरीका यो जिन्दगी पनि मागेरै जाने भयो । निधारको पसिना पुछ्यो । यो मौसम गर्मीको होईन तर पनि उसको शरिर पसिनाले भिजेको छ ।

उ प्रत्यक बिहान बरियो बोकेर कामको खोजिमा निस्कन्छ । कमाईको कुनै ठेगान हुदैन । कहिले राम्रै काम पाउछ । कहिले खालि हात बस्नुपर्छ । प्रत्यक दिन उ जस्तै थुप्रै निस्कन्छन एका बिहानै । नयाँ सपना बोकेर । सपना भन्नु पनि के नै हुन्छ र ? मात्र आज त काम पाईएला भन्ने न हो । कतै सुनेको थियो दास प्रथा उन्मुलन भै सक्यो भनेर । उ सोच्थ्यो के हो यो दास प्रथा भनेको ? कसले उन्मुलन गरेको हो ?
गोजीबाट बलवान छाप खैनी निकाल्यो । अलिकति हातमा राख्यो । खैनि पनि सकिन लागेछ । कति महङगो भएको यो खैनी पनि ? दश रुपैया पर्छ यार , आफैसग कुरा ग¥यो । पहिले त एक पोका खैनी दुई दिन हुन्थ्यो । काम पाईयो भने काममा भुलेर एक पोका खैनी उसले चार दिन पनि पु¥याएको छ । तर काम नहुदा एक दिन पनि हुदैन ।

उसलाई हिजोको कुरा सोच्नु हुदैन जस्तो लाग्थ्यो । आज उसलाई पछाडी फर्केर आफु आएको बाटो हेर्न मन लाग्यो । आजै जस्तो लाग्थ्यो । छ वर्ष भैकेछ । छ वर्षमा सम्झन लाएक एउटा पनि काम गरेको थिएन । सम्झ्यो, गाउँवाट शहर झर्दै गर्दा मनमा पलाएका एक थान सपनाहरु ।
शहर झरेपछि धेरै दिन कष्टपुर्ण रुपमा बितायो । सुनेको थियो । शहरमा काम पाईन्छ । माम पाईन्छ । तर सब बकवास रैछ । कामकै खोजीमा उसले धेरै दिन खर्च ग¥यो । दिन खर्च हुदै गए । काम पाएन । ज्यान ठिकै थियो । हेर्दा पनि राम्रो देखिन्थ्यो । उसले काम गर्छ भनेर कसैले पत्याएनन् ।

उ प्रत्यक पसलमा गयो । प्रत्यक होटेलमा गयो । उसलाई काम चाहिएको थियो । यस्तो वा उस्तो भन्ने नै थिएन । सबै ठाउबाट निराशा पायो । भाँडा माझ्ने कामको लागी पनि सिफारिस चाहिन्छ ? उसलाई थाहा थिएन ।
उसले सुनेको थियो मान्छे भ्रममा पर्छ । हिजोआज उ पनि भ्रममा पर्न लागेको छ । उसको दिमागमा के–के हो के–के कुरा खेलिरहन्छन । हिड्दा–हिड्दै मिठो खाने कुरा खाईरहेको हुन्छ । कहिले काम उसलाई खोज्दै आई रहेको हुन्छ ।

जुन सपना बोकेर शहर आएको थियो । त्यो सपनाले उसलाई पिरोल्न थाल्यो । सोच्थ्यो, सायद गल्ति गरिएछ । गल्ति गरियो भन्ने कुरा मान्न मन तयार थिएन । एक विहान उसले मान्छेहरुको लाम देख्यो । सबैको एउटा हातमा खानाको टिफिन थियो । अर्को हातमा बरियो । सबैलाई हे¥यो । सबै उ जस्तै थिए । उमेर पनि समान थियो होला । उनिहरु किन त्यसरी उभिएका होलान ? यो भिड कहा जान लागेको छ ? उ अचम्म मान्दै हेरिरहेको थियो । बिस्तारै केहि मान्छे आउन थाले । कुरा गर्थे अनि एक दुई जना उसको पछि लागेर जान्थे । यो क्रम निरन्तर दोहरियो । यसरी मान्छे लगेर जाने को हुन ? किन मान्छेहरु पछि–पछि गै रहेकाछन ? कहाँ जान्छन ? प्रश्नहरु जन्मन थाले । बिस्तारै भिड कम हुदै गयो । उसले एउटालाई सोध्यो । त्यो भिड दैनिक ज्यालादारीमा काम खोज्नेको रैछ । उसलाई एक पटक जोडसँग चिच्याउन मन लाग्यो । तर चिच्याएन । उसलाई लाग्न थाल्यो यो शहरमा भोकै मर्ने छैन ।

उसले सुनेको थियो शहरमा ज्यालादारी काम जति पनि पाईन्छ । तर कहाँ पाईन्छ ? उसलाई थाहा थिएन । आजसम्म जसको लागी दुःख पाईरहेको थियो त्यो त धेरै सजिलो रहेछ । एका बिहानै आउने अनि लाईनमा बस्ने । उसलाई धेरै सजिलो लाग्यो । वजारमा फालेका प्लाष्टिकका बोराहरु बटुलेर बरियो बनायो । मन खुसीले उफ्रन खोज्दैछ । बिर्सियो धेरै दिनको भोको छ भनेर । मन खुसी भए पछि सबै कुरा राम्रो हुदो रैछ । उसलाई यस्तै लाग्न थालेको छ ।

उसले बरियो बनायो । बरियो मात्र थिएन । उसको सपना थियो । यहि सपनाका लागी थुप्रै कष्ट सहेको थियो । आफैले बनाएको बरियो देखेर उसका आँखा रसाय । धन्न उसले गाउमा छँदा बरियो बनाउन सिकेको थियो । आज काम लायो । यी आँखा पनि अकारण रसाई दिन्छन । उसले बरियोलाई हे¥यो । उसलाई बिश्वास भएन । यो उसैले बनाएको हो भनेर । यति राम्रो बरियो । उसैको हातले बनाएको हो त ?
अर्कोदिन बिहानै उठ्यो । हिजो अस्ति जस्तो थकान महशुस हुन्थ्यो । आज त्यस्तो केहि थिएन । खाना त हिजो बेलुका पनि खाएन । शरिरमा कुनै थकान छैन । सबैभन्दा पहिले गयो । कोहि आएका थिएनन् । खुसी भयो । लाईनमा सबभन्दा अगाडी बस्यो । बिस्तारै मान्छेहरु जम्मा हुन थाले । त्यहा सबै एक अर्कालाई चिन्थे । उ कसैलाई चिन्दैन थियो । अरु भन्दा फरक देखिन्थ्यो । ज्यालादारीमा मान्छे खोज्नेहरु पनि आउन थाले । पहिलो दिन उसले काम पायो । दिनभरि काम गरेर उसले पचास रुपैया पायो ।

पचास रुपैया । उसलाई धेरै लाग्यो । पैशा हात पर्ने बित्तिकै उसलाई भोक लाग्यो । भोक त उसलाई पहिले पनि लागेको थियो । पैशा भएपछि भोकले सताएको मात्र हो । दाँया–बाँया केहि हेरेन । सिधै पसलमा गयो । पहिले पसलमा भएको खानेकुरा हेरेर मुख मिठ्याउथ्यो । आज उ सँग पैशा थियो । सधै उसले हेरेर भोक मेटाउने गरेको जलेवी माग्यो । टाढा बाट हर्दा उसलाई खुब मन पर्थे । आफुसँग भएको सबै पैशाको जलेबी किनेर खायो । यति मिठो जलेबी कहिले खाएकै थिएन ।

शहरमा उसको कुनै पहिचान छैन । न त दाम कमाउन सक्यो । ज्यालादारीमा काम गर्दा उसले मात्र छाक टार्न सकेको छ । उसले पहिलो दिनको काम सम्झ्यो । दिनभरि काम गरेर फर्कदा पचास रुपैया बुझेको । त्यो पचास रुपैयाले दिने खुसी त्यसपछिका दिनमा कसैले दिन सकेनन् । उसले थुप्रै पचास कमायो तर अर्थहिन । थुप्रै पटक जलेबी खायो । पहिलेको जस्तो मिठो लागेन । धेरै बरियो बनायो । पहिले बनाएको जस्तो रमाईलो लागेन ।

घडि हे¥यो । दश बजिसकेछ । अब कोही आउदैन । उसगै अरु आधा दर्जनले काम पाएनन् आज । बरियो भारी लाग्यो । कतिदिन चल्छ यसरी ? साला , बरियो नै जिन्दगी भयो । आफैलाई गाली ग¥यो । खैनी खान मन लाग्यो । गोजीबाट पोको निकाल्यो । हातमा टक्टकायो । यो पनि सकिएछ । उसलाई खैनको साह्रै तलतल लागेको छ । छेउमा उभिएको अर्कोले खैनी खान थाल्यो । मागेर खायो । मन हल्का भयो । यो खैनी नभए के हुन्थ्यो ? उसलाई थाहा छैन । टाढा कतै गित गुन्जियो । जिन्दगी, जिन्दगी जस्तो छैन ।

कोठामा फर्कन मन लागेन । थाहा छ, कोठा कोठा जस्तो छैन । काम भए त दिन कटेको पत्तै हुदैन । काम नहुँदा दिन, दिन जस्तो पनि हुदैन । कसरी बिताउनु यो दिन ? उसले कोठालाई सम्झियो । त्यहा भएकौ एउटा पुरानो तन्ना , एउटा टिनको डब्बा , एक थान थाल , अनि एउटा अध्योरो कोठा । जुन कुरा उसको संसार थिए । त्यहि संसारमा उसले यतिका वर्ष बिताएको थियो । साह्रै माया गरि हुर्काएको एउटा गुलाबको फुल छ । आज कसैको माया लागेन उसलाई । हिजो सम्म लाग्थ्यो , यि सबै उसको जिवनका हिस्सा थिए । आज एकाएक बिरानो लाग्न थाले । उसले बाँधमा राखेको बरियो एक्कासी भुँईमा बजा¥यो । साला यो जिन्दगी पनि जिन्दगी हो । उसले अठोठ ग¥यो अब गाउ फर्कन्छु । बिस्तारै पाईला चाल्यो । कसैको अनुहारमा हेरेन । सरासर हिडि रह्यो । बिस्तारै शहरको भिडबाट टाढा धेरै टाढा गयो । गित अझै गुन्जिरहेकै थियो । जिन्दगी, जिन्दगी जस्तो छैन ।

प्रतिक्रिया दिनुहोस्