हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई चार पूर्व प्रधानन्यायाधीशहरुको समूहले असंवैधानिक भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुले शुक्रबार एक विज्ञप्ती मार्फत नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेकको कुनै पनि अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नगरिएको जनाएका छन् ।

पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्ति हेर्नुहोस् :

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार, ,  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्