हामी परिक्षण प्रसारणमा छौ



तातो पानी त हामीले हाम्रै देशमा देखेका छौँ । तातो पानीको कुण्डका बारे बेलाबखत सुन्ने गरेका थियौं । तर संसारमा एउटा यस्तो नदी फेला परेको छ जुन नदीको पानी तातो मात्रै होइन उम्लिएकै जस्तो गरी बग्ने गर्छ ।
त्यस नदरुीको पानी यति तातो छ की बगीरहेको पानीमा तपाई आफै चिनी र चियापत्ति घोलेर चिया बनाउन सक्नुुहुन्छ ।
दक्षिण अमेरिकाको अमेजन बेसिनमा रहेको उक्त नदी ६.४ किलोमिटर लामो, ८२ फिट चौडा र नदीको गहिराई झण्डै २० फिट छ । अमेरिकाको टेक्सास विश्वविद्यालयका विद्यार्थी एन्ड्रीज रुजोले सन् २०११ मा यो नदीको बारेमा पहिलो खोज अनुसन्धान गरेका थिए ।
रुजोले यस नदी बारे किताब नै लेखेका छन् । उक्त नदी भएको स्थान आसपासमा कुनै सक्रिय ज्वालामुखी नभएपनि नदीमा उम्लिने पानी बगिरहनु निकै आश्चर्य भएको खोज कर्ताको भनाई रहेको छ ।
उनका अनुसार यो नदिको मूल धाँजा फाटेको ठाउँबाट पनि निस्किएको छ । सोही धाँजा फाटेको ठाउँबाट निस्किएको पानी निकै तातो भएकाले यो नदीमा पूरै तातो पानी बगिरहेको उनले जनाएका छन् ।
रुसोले आफ्नो किताबमा लेखे अनुसार स्थानीय आदिवासी यो नदीको अहिले पनि सुरक्षा गरिरहेका छन् ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार, ,  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्