हामी परिक्षण प्रसारणमा छौ



२९ फागुन,सल्यान । सल्यान उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागि आज भएको मतदान कार्य केहिबेर अघि सकिएको छ ।

विहान ८ बजेदेखि सुरु भएको मतदान समय थप गरि ५ बजेसम्म मतदान कार्य भएको थियो । जसमा २००३ जनाले मतदान गरेका छन् । संघमा २ हजार ३ सय ३८ जना मतदाता रहेका थिए । जसमा ३ सय ३५ जनाले मतदान नगरेको प्रमुख निर्बाचन अधिकृत बीरबहादुर सेजवालले सल्यानन्युजलाई जानकारी दिए ।

उवासंघमा २१ पदकालागि ४२ जना उम्मेदवार सहभागि थिए । जसमा प्रगतिशिल व्यवसायिक प्यानलको नेतृत्व राजेन्द्र कुमार थापा र संयुक्त व्यवसायिक प्यानलको नेतृत्व कुमार बुढाथोकीले गरेका छन् ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार, ,  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्