हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

एजेन्सी । विश्वकै अग्लो जिराफको रुपमा अष्ट्रेलियाको एक चिडियाखानामा रहेको जिराफले गिनिज बुकमा नाम लेखाउन सफल भएको छ ।
‘फरेस्ट’ नामक उक्त जिराफले विश्वकै अग्लो जिराफको कीर्तिमानी कायम गर्दै विश्व रेकर्ड कायम गरेको हो । १२ वर्ष उमेरको उक्त जिराफलाई दुनियाकै सबैभन्दा अग्लो जीवित जिराफ घोषित गरिएको गिनिज बुक रेकर्डले उल्लेख गरेको छ ।

गिनिज बुक अफ रेकर्डका अधिकारीका अनुसार उक्त जिराफको मापनका लागि एउटा नापवाला विशेष खम्बा बनाइ यसको नाम लिइएको थियो । ‘फरेस्ट’ नामक उक्त जिराफको उचाइ १८ फिट ८ इन्च रहेको पनि वल्र्ड रेकर्डका अधिकारीले जनाएका छन् ।

 

जिराफको संरक्षण कसले गरीरहेको छ ?

अस्ट्रेलियाका वन्यजन्तु संरक्षणकर्मी स्टिभ इरविनको परिवारले क्विन्सल्याण्ड चिडियाखानामा सञ्चालन गरिरहेको छ । यसै चिडीयाखानामा ‘फरेस्ट’ नामक जिराफ रहेको छ । चिडियाखानालाई वषएमा करिब ७ लाख मानीसहरुले अवलोकन गरीरहेका छन् ।
इरविन परिवारकी बिन्डी इरविनका अनुसार यो जिराफको जन्म सन् २००७ मा न्युजिल्याण्डको अकल्याण्ड चिडियाखानामा भएको थियो । करीब दुई वर्षपछि त्यसलाई नयाँ घरमा सारिएको थियो ।

आफ्नो चिडियाखानामा सोही फरेस्ट मात्र एउटा भाले जिराफ रहेको बिन्डी बताउँछिन् । चिडियाखानामा रहेका अन्य जिराफहरु फरेस्टको तुलनामा निकै फुच्चे छन् र दुईवटाको उचाइ जोड्दा पनि यसकोजति हुँदैन ।
यो भाले जिराफले आफ्ना आगामी पुस्ता पनि तयार पारिसकेको छ । चिडियाखानाका अन्य पोथी जिराफसँगको संसर्गबाट यसले अहिलेसम्म १२ वटा जिराफको पिता बनिसकेको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : १८ बजे

प्रतिक्रिया दिनुहोस्