हामी परिक्षण प्रसारणमा छौ

कुमाख गाउँपालिकाको अस्पतालमा सिटामोलको हाहाकार

स्थानीय क्लीनिकमा सलाइनको लागि बार्दलीको भर



२३ बैशाख,सल्यान । सल्यानको कुमाख गाउँपालिकाले निकै तामझामका साथ केहिमहिना अघि संञ्चालनमा ल्याएको सेराडाँडा अस्पतालमा अहिले सिटामोल नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

कुमाख गाउँपालिकाले केहि महिनाअघि गाउँपालिकामै स्वास्थ्य सेवा उपलब्ध हुने भन्दै वडा नम्बर -४, को सेराडाँडामा एउटा ठुलो कार्यक्रमको आयोजना गरी अस्पतालको उद्घाटन गरेको थियो । तर सेवा सुरु भएको केही समयमै अस्पतालमा सिटामोल नपाएको स्थानियले तत्काल औषधि सहितको स्वास्थ्य सेवा हुनुपर्ने भन्दै सामाजिक संञ्जाल मार्फत बिरोध सुरु गरेका छन् ।

स्थानीय नबिन रावतका अनुसार हिजोआज दैनिक ३० देखि ४० जना स्थानीय अहिले घाटाचौरमा रहेका निजि क्लिनिकमा सामान्य औषधि उपचारको सेवा लिन बाध्य भएको बताएका छन् । स्थानिय नवीन रावतले बिहिबार सामजिक संञ्जालमा आफ्नो आक्रोश पोख्दै लेखेका छन्,‘एउटा टाईफाईको सुई र ज्वरो आउँदा खाने सिटामोलका लागि घाटाचौर धाउनु पर्ने बाध्यता आखिर कहिले सम्म ? एउटा सुई लगाउन करिव ५ घण्टा कुर्नुपर्ने बाध्यता कहिलेसम्म ? यो स्थानीय स्तरको सिहंदरवारले जावो एउटा गाउँपालिकाको हस्पिटलमा सामान्य औषधिको समेत जोहो गर्न नसक्ने ? नलायकहरुले के फुर्ती हाक्दो हुन् यस्तो उस्तो भनेर , हुन त आफ्नै भुरी भर्न तल्लिन जो छन् ।’

उनका अनुसार अहिले स्थानीयहरु निजि क्लीनिकमा गएर बार्दलीमा गएर सलाइन चढाउन बाध्य छन् ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार, ,  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्