हामी परिक्षण प्रसारणमा छौ



२५ बैशाख,सल्यान । सल्यानको कुमाख गाउँपालिकाद्धारा सञ्चालित कोभिड‐१९ अस्पताल गाउँका सामान्य स्वास्थ्यचौकीको सरह सेवा दिन सक्ने अवस्थामा भएको पाइएको छ । स्रोत, साधन र जनशक्ति अभावका बिच केहिमहिना अघि सल्यानका पूर्व मन्त्री,कर्णाली प्रदेशका मन्त्री तथा सांसदले निकै तामझामका साथ सुरु गरेको कोभिड‐१९ अस्पताल अहिले नाम मात्रैको बनेको हो ।

कुमाख गाउँपालिकाले जिल्लास्तरको स्वास्थ्य उपचार अब गाउँघरमै दिनेगरी ५ बेडको पालिका अस्पताल स्थापना गरेको भए पनि अहिलेको बिशेष परिस्थितिमा कोभिड अस्पतालका रुपमा यसलाई संञ्चालन गरिएको जनाएको छ । तर, गाउँपालिकाले नै संञ्चालनमा ल्याएको कुमाख गाउँपालि वडा नम्बर ‐४ मा रहेको सहिद स्मृति अस्पताल कोरोना संक्रमित राखेर उपचार गर्न सक्ने अबस्थामा छैन ।

अस्पतालमा डाक्टर,ल्याब,स्टाप नर्स सहितको दक्ष जनशक्ति भएपनि उचित स्रोत र साधनको अभाव छ । सामान्य उपचार मात्रै गराउन सम्भव यो कोभिड अस्पतालमा अक्सिजन दिनुपर्ने खालका जटिल बिरामी भएमा र कोरोनाका बिरामी आएमा अक्सिजन दिने व्यवस्था भएपनि प्रयोगमा ल्याइएको छैन । अहिले अस्पतालले स्रोत साधनको जोहो गरिरहेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको भनाई छ । अस्पतालमा कोभिडका बिरामीलाई भन्दै ५ वटा अक्सिजन सिलिन्डर र केही थान पल्स अक्सीमिटर को व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

गाउँपालिकाको कोभिड अस्पतालमा अहिले एकजना डक्टरको दरबन्दी छ । यहाँ सामान्य उपचार मात्र सम्भव रहेको कोभिड अस्पतालमा जटिल बिरामीका लागि उपचारको प्रबन्ध गर्न सक्ने दक्ष टिम भए पनि स्रोत र साधनको अभावले गर्दा जटिल केश हेर्न सकिने अबस्था नरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिङ ओलीले सल्यानन्युजलाई बताए । भएजतिका स्रोत साधनको प्रयोगबाट काम गरीरहेको र सबै कुराको प्रबन्ध मिलाउन भने अहिले समस्या रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओलीको भनाइ रहेको छ ।

यस्तै, गाउँ पालिकाको वडा नम्बर ‐४,मा रहेको स्वास्थ्य एकाई प्रमुख लोकेन्द्र बस्नेतका अनुसार हाल त्यस वडामा पनि सामान्य बिरामीको मात्र उपचार आफुहरुले गर्ने जानकारी दिएका छन् । जटिल समस्या भएका कोरोनाका संक्रमित भएमा अक्सिजन दिने व्यवस्था वडामा नरहेतापनि गाउँपालिकाको कोभिड अस्पतालमा रहेको सूचना आफुले पाएको र त्यसैअनुसार बिरामीलाई भन्ने गरेको जानकारी दिए । हाल कुमाखमा सामान्यतया रुघाखोकी तथा ज्वरोका बिरामी आफ्नो स्वास्थ्य एकाइमा अत्यधिक आउने गरेको एकाई प्रमुख लोकेन्द्र बस्नेतले सल्यानन्युजलाई बताए ।

कोभिड अस्पतालमा कार्यरत एक स्वास्थ्य कर्मीका अनुसार गाउँपालिकाको कोभिड अस्पताल पनि कोरोनाका बिरामी राखेर उपचार गर्न सक्ने अवस्थामा छैन् । गाउँपालिकाले अस्पताल, औषधि, उपकरण र स्वास्थ्य सामग्री महामारीको सुरुवाती अवस्थाको प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको जनाएको छ । तर, पछि संक्रमण फैलँदै गएमा नियन्त्रणका लागि आफूहरूको स्रोतसाधनले भ्याउने अवस्था नरहेको स्वास्थ्यकर्मीको भनाई रहेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले कोरोना संक्रमण बिकराल रुपमा फैलिएको खण्डमा उतिवेलै तयारी गर्न धेरै समस्या हुने भएकाले सुरुवाती अवस्थालाई नियन्त्रणका लागि कोभिड अस्पताल, डाक्टर, आवश्यक औषधि, अक्सिजन सिलिण्डर लगायत उपचारमा प्रयोग हुने उपकरणलगायतका कुरा सानो परिमाणमा भएपनि चुस्त राखेको स्वास्थ्य शाखा प्रमुख तथा ज.स्वा.नि अधिकृत मानसिङ ओलीको दाबी छ ।

 

संक्रमित घरैमा

कुमाख गाउँपालिकामा हालसम्म सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । संक्रमित सबै आ–आफ्नै घरमा छन् । अहिलेसम्म १ जना पनि बिरामी कोभिड अस्पतालमा भर्ना नभएको अस्पतालले जनाएको छ । ७ ओटा वडा रहेको सिंगो पालिकामा छुट्टै एउटा पनि क्वारेन्टिन र आइसोलेसन बनाइएको छैन । आइसोलेसनको व्यवस्था हाललाई कोभिड‐१९ अस्पताललाई बनाइएको गाउँपालिकाले सल्यानन्युजलाई जानकारी दिएको छ ।

कुमाख गाउँपालिका‐३ का स्थानीय बलबिर ओलीका अनुसार क्वारेन्टिन र आइसोलेसनको उचित प्रबन्ध नहुँदा संक्रमित घरैमा बस्न बाध्य छन् भने बाहिरबाट गाउँ फर्किएकाहरूले समेत आबश्यक सतर्कता अपनाएका छैनन् ।

उनले प्रतिप्रश्न गर्दै भने, ‘सल्यान जिल्लामा निषेधाज्ञा सुरु भएपछि कुमाख गाउँपालिकाभित्र थुप्रै मानिस भित्रिएका छन् । उनीहरूको सामान्य स्वास्थ्य परीक्षण सम्म गरिएको छैन । आज सम्म हाम्रो गाउँघरमा कोभिडका डरले हामी सामान्य औषधि मेडिकलबाट ल्याएर खाइरहेका छौं । गाउँपालिकाको कोही कसैले केही भनेका छैनन् भने बाहिरबाट आएकाहरू क्वारेन्टिनमा समेत बस्न मानेका छैनन् । यस्तो परिस्थीतिमा हामीहरु आफ्नो ज्यान कसरी बचाउने ?’

स्थानियका अनुसार कुमाख गाउँपालिकाले कोभिड नियन्त्रणका लागि भन्दै गतबर्ष लाखांै रुपैयाँ खर्च गरेर किनिएका सामाग्रीको उचित सम्भार गर्न नसक्दा अहिले शुन्यबाट काम सुरु गर्नुपर्ने देखिन्छ । तर, गाउँपालिकाले नेपाल सरकारले निशुल्क दिने ७० प्रकारका औषधीमा अझ एकदुई वटा थप गरेर सेवाग्राहीलाई आफुहरुले बितरण गरिरहेको र बाहिर प्रचारमा आएजस्तो औषधीको अभाव कुमाखमा नभएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीको दाबी छ ।

समाचार प्रभाव : गाउँपालिका स्वास्थ्य शाखाले जिल्लाबाट लग्यो ४ हजार ट्याब्लेट सिटामोल

बिहिबार राति कुमाख गाउँपालिका सल्यानमा सिटामोलको हाहाकार ! शिर्षकमा सल्यानन्युजले समाचार प्रकाशन गरेसँगै गाउँपालिकाले आफ्ना स्वास्थ्य सम्बन्धी गतिबिधिलाई धेरैजसो वडामा तिब्रता दिएको छ । जसअनुसार शुक्रबार सल्यान जिल्लाबाट गाउँपालिकाको स्वास्थ्य शाखाले ४ हजार ट्याब्लेट सिटामोल कुमाख गाउँपालिकामा लगेको स्वास्थ्य शाखा प्रमुख मानसिङ ओलीले बताए । उनले भने,‘तपाईहरुको मिडियामा समाचार प्रकाशित भएर भन्दा पनि पछिको अबस्थालाई ख्याल गरेर हामीले सिटामोल जोहो गरेका हौै ।’

 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओली भन्छन्  : सक्दो गरेकै छौं

आदरनीय कुमाखबासी आमा‐बुबा, दाजु‐भाइ तथा दिदी बहिनीहरू !

आज विश्व महामारीको रूपमा कोभिड‐१९ नयाँ भ्यारिन्टको रोग भुसको आगो झैँ नेपालभरी फैलिसकेको छ । त्यससँगै हाम्रो कुमाख गाउँपालिका पनि यो महामारीबाट अछुत रहन सकेन र बैसाख १३ गते देखि यता आजको मिति सम्म कोभिड १९ नयाँ भ्यारिन्टका जम्मा ४३ जना व्यक्तिहरूको पि.सि.आर.तथा एन्टीजेन टेस्टबाट संक्रमित पत्ता लागेका छन् ।

यति बेला कुमाख गाउँपालिका स्वास्थ्य शाखाले जनताहरूमा यस महामारीको संक्रमण नफैलिइयोस भनी उच्च शतर्कताका साथ स्वास्थ्यकर्मी परिचालन गरि आफ्ना जनस्वास्थ्यका अभियान कार्यहरू गरि रहेको छ । यस अभियान कार्यमा स्वयं गाउँ पालिका अध्यक्ष ,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत , सबै वडाका वडा अध्यक्षहरू लगायत सबै जनप्रतिनिधिहरू जुटि रहनु भएको छ ।

आदरनिय कुमाख बासिहरू यतिखेर हामी सबै विश्व महामारी रोगको प्रकोपको संकटबाट गुज्रिरहेका छौं । यो सबैलाई थाह भएकै कुरा हो र मानव जातिको नाश हुने गरि फैलिएको यस महामारीबाट बच्न बचाउन, एक अर्कोलाई सहयोगको भावना संगै कुनै जात धर्म रंग भेद तथा समूह वा राजनीतिक दल पार्टी बाट पर रही मानवीय संकटको अवस्थालाई सहयोग गर्ने अवस्था रहेको छ ।

यति बेला स्थानिय सरकार संगै हामी स्वास्थ्यकर्मी जनताको स्वास्थ्यका लागि दिन रात खटिरहेको अवस्थामा सामाजका केही आफ्नो प्रभुत्व देखाउन खोज्ने,आफु बसेको ठाउँको सिनको सम्म भाच्न नसक्ने बुर्जुवा तथा सामान्ति प्रवृत्तिको रबैया बोकेका भदौ महिनामा आँखा फुटेको गोरूले सधैं हरियो देखे झैँ गर्ने,आफुलाई अंहकारी भावनाले बौद्धिक मान्नेहरू यो विश्व महामारीसँग खेल खेल्नेहरू तिमीहरूले सामाजिक संञ्जालहरूमा पोष्ट गरेका स्टाटस हेर्दा दया र लाज लाग्छ । हे सामाजिक संञ्जालमा स्टाटस लेख्न पोख्त भएका महा महिमहरू ! सक्छौ भने एक जना विरामीलाई भए पनि सहयोग गर । सक्दैनौं भने गर्नेहरूका खुट्टा नतान ।

आदरनिय कुमाख बासीहरू सरकारसँगै हामी स्वास्थ्यकर्मीहरू तपाईंहरूको स्वास्थ्य रक्षाका लागि यो महामारी सँगै लडिरहेका छौँ र हजुरहरूले पनि धैर्य गरी लकडाउनको पालना गरेर सामाजिक दुरी कायम गरि बस्नु होला । अनावश्यक अन्य मानिसहरू सँग भेटघाट गर्ने,एक्कै ठाउँमा जम्मा हुने काम नगर्नु होला । बाहिर निस्कदा अनिवार्य मास्क लगाउनु होला । पटक पटक साबुनपानीले मिच्ची मिच्चि हात धुनु होला ।

यदि परिवारका कुनै सदस्यलाई रूघा खोकी ज्वरो आएमा नजिकको स्वास्थ्य संस्था जानू होला । सबै वडामा स्वास्थ्यकर्मी हुनुहुन्छ । गाउँपालिकाको सेराडाँडामा कोभिड अस्पतालमा मेडीकल अधिकृत  : डाक्टर ,ल्याब सहित स्वास्थ्यकर्मीहरूको टोली रहेको छ । रूघा खोकी ज्वरो आएमा स्वास्थ्य जाँच गराउन अनुरोध गर्दछु । त्यसको साथै विरामीलाई आइसियु वा भेन्टिलेटर भएको अस्पतालमा रेफर गर्नु परेमा अक्सिजन सहित सेवा भएको एम्बुलेन्स सेवा रहेको छ ।

त्यसका साथै अक्सिजन सेवा लगायत आधुनिक उपकरण सेवा सहितको स्वास्थ्य सेवाको तयारीका लागी जुटी रहेका छौँ । त्यसको साथै भोलीबाट च्त् एऋच् पनि गरि रहेका छौँ । शंकास्पद व्यक्तिहरूलाई जाँचका लागि अनुरोध गर्दछौं । धन्यवाद ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार, ,  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्