हामी परिक्षण प्रसारणमा छौ

साहित्य

मंसिर १५, २०७७ सोमबार

हाम्री ठूलीममी

कथा


साँझ झमक्क पर्न लागेको थियो । वरिपरी गाउँमा बिजुली वत्तिहरु आफ्नो पराक्रम देखाउँदै थिए । चिसोको मौसम, धुम्म परेर बाक्लो कुहिरो लागेको थियो । संगै हिडेको साथीलाई पनि देख्न मुस्किल पर्छ कि जस्तो लाग्दथ्यो । जाडोको अनुभूतिले होला हातहरु आफ्से–आफ काखीमुनी गएर न्यानोपन महसुस गरिरहेका थिए । हाम्रा पाईलाहरु छिटो छिटो गरी अगाडी बढ्दै थियो । हामीले ‘बरगाछी’ नामले चिनिने बरको ठूलो रुखलाई पनि पार ग¥यौं । पहिले पहिले ‘तर्साउने रुख’ भनेर तर्सिने गाउँलेहरुले आजकाल त्यसमा चौतारो हालेका छन् । गृष्मको गरमपन फ्याक्ने र जोगी, माग्ने÷फकिरहरुको घर वनिदिने राम्रो काम पाएको छ यस बरको रुखले । कालो ठिङ्ग उभिएको अजंगको त्यसको फेद र चिसो सिरेटोका कारण सुइँऽऽसुइँऽऽ आवाज निकाल्दै चिसो रातलाई अझ डरलाग्दो बनाईरहेको त्यसको पातहरुलाई हेर्दै हामी अगाडी बढ्यौं अनि पिल्पीले टुकी वत्ति वलेको देखिने अलि परको घरतिर लाग्यौं ।

होचो अनि अँध्यारो घरलाई वरीपरी झ्याम्म परेका रुख र झाडीहरुले झन ओडार जस्तो वनाएको थियो । वरिपरी अत्याधिक घारी भएर होला किराको किर्रऽऽऽकिर्ररऽऽ आवाज संगै जाडो महिनामा पनि एका–दुई लामखुट्टेहरु भुन्भुनाईरहेका थिए त्यस घरमा । हामी पुग्दा ठूलीममी एकसुरले टोलाईरहेकी थिइन । दुवै हातहरु माथि उठाएर खै के पो हो गर्न लागेकी जस्ती ठुलीममीको आखा वन्द थियो अनि दुई वन्द ओठहरु विस्तारै–विस्तारै चलेजस्तो लाग्दै थियो । एकक्षण हामी अलमलियौं र एकआपसमा मुखामुख गर्दै उभियौं । टुकीको सानो प्रकासमा ठूलीममीको चलेका ओठहरु हाम्रो लागि रेला (ठट्टा) गर्न पर्याप्त थियो । हामी रेला गर्दै हास्यौं । उनी अलि रिसाउँदै लाज मान्दै उठिन अनि मलाई देखेर खुसी भईन् ।

म शहरबाट आज भर्खर मात्रै आएको थिएँ र साथीहरु संगै ठुलीममीकोमा गएको थिएँ । पहिले पहिले म शहर नजाँदा हाम्रो वास नै त्यहीँ हुन्थ्यो । देशी–विदेशी राजनीतिको ठुला–ठुला गफ देखी दर्शन दिग्दर्शन र साहित्यका गुनिला–मिठा–नुनिला गफहरु सवै त्यही हुन्थ्यो । ठुलीममीको आगो दन्केको आत्मामा सन्त्वनाको मल्ह्म पट्टि लगाउँदै हामी रमाईला–रमाईला कुराहरु गथ्र्यौं अनि गाउथ्यौं र नाच्थ्यौं पनि । मलाई त्यही झ–झल्कोले गाउँ आउना साथै ठुलीममीको घर सम्म तानेको थियो ।
हेर्दा हेर्र्दै उनको अघिको रिसाउदो अनुहारमा अहिले उमंग र खुसीका रेखाहरु कोरिए । मातृवत्सल्य भावनाले ओतप्रोत भयो उनका सम्पुर्ण अवयवहरु ।

“भर्खरै आईस ?” स्नेहले भरिएको आँखाहरुले मुसार्दै उनले सोधिन् । ठूलीममीको प्रश्नको उत्तर दिदै हामी सवैजना खाटमा बस्यौं । उनले टुकी वत्ति हाम्रो नजिकै राखिन् ।
“हैन अघि हाम्री ठूलीममीले के गर्नु भएको हो ? कतै टुनामुनामा त लाग्नु भएन ?” मुक्तिले ठट्यौलो पाराले सोधिगो ।
“परमेश्वरको प्रार्थना गर्न लागेकी थिएँ तिमीहरुले देखिहालेछौ ।” मुक्तिकोे प्रश्नले अलि राती भएकी ठूलीममीले केही लाज मान्दै भनिन् ।
पहिले पहिले धेरै पुजाआजा गर्ने ठूलीममी हप्तामा करिव ३÷४ दिन त व्रतै बस्थिन । सोमवारीको व्रत र शनिवारको व्रत त सधैं बस्नु पथ्र्यो उनलाई । फेरी महिनाको एकचोटी एकादशी अनि कहिले पूर्णीमा त कहिले मंगल चौथी र वर्षमा पुरै १ महिना स्वस्थानीको व्रत । यसरी उनि कहिले के त कहिले के को वहानामा व्रत वसिरहन्थिन ।

हामीले “ठूलीममी अव त व्रत नवस्नु ल !” भनेर भन्दा उनि रिसाउँथिन् र कहिले काही आजित भएर “चामल त जोगिन्छ नी !” भनेर जवाफ दिन्थिन् । “यि सब रुढी कुराहरु हुन् ठूलीममी ठगी खान ठालुहरुले मान्छेलाई अलमलाउने वाटो मात्र हुन् । त्यसैले छाडी दिनु यि सब ।” भनेर भन्दा “वाऊ बाजेको पाला देखि गर्दै आएका आफ्ना परम्परा छाड्न हुन्न ।” भनेर भन्थिन् ।
यस्ती भक्तिनी ठूलीममीको भगवान प्रतिको त्यत्रो ठूलो आस्था कसरी एकै चोटी गल्र्याम गुर्लुम्म ढलेछ हँ ? मलाई आश्चार्य लाग्यो म शहर गएको करिव तीन÷चार महिना त वित्यो होलानी अनि यति छोटो अवधिमा नै पहिरो गएछ उनको त्यत्रो विशाल र शक्तिशाली आस्थामा ? ठूलीममीले परमेश्वरको बारे अनि “किन प्रार्थना गरेको ?” भन्ने बारे आफ्नो कुरा भनेपछि मलाई यस्तै लाग्यो । अनि लाग्यो ठूलीममीको रुढी विवेकले उनलाई ए्उटा भासवाट निकालेर अर्को भासमा जाकेछ । यो धर्मको शोषणरुपी भासबाट कहिले मुक्ती पाउलान हँ मान्छेहरुले ।
करिब तीन वर्ष अगाडि देखि ठूलीममी र हामी साथी जस्ता भएका थियौं ।

ठूलीममी लाई निकै गहिरो चोट परेको थियो । श्रीमान् र छोरा छोरी सबैवाट विमुख ठूलीममीको आत्मा चिन्ताले हामीलाई समेत पोल्दथ्यो । हामी वैज्ञानिक भौतिकवादी धारणा बोक्ने युवाहरु उनको साँच्चैको प्यारो वनेका थियौं । हामी उनलाई सम्झाउँथ्यौं उनि संगै हाँस्थ्यौं अनि संगसंगै रुन्थ्यौं पनि । हामीसंग भुल्न पाउदा, कुराकानी गर्न पाउँदा उनलाई आनन्द हुदो रहेछ अनि सवै चिन्ता भुलेर सुखको सास फेर्दिरहिछिन् । “तिमीहरु नहुदा खेरी म आफ्नो मनलाई भुलाउन पुजा पाठ गर्छु अनि भगवानसंग कुरा गर्छु ।” उनको पिडीत र वेदनाले छटपटाएको हृदय यसरी खोल्थ्यो आफ्नो पुजा पाठको रहस्य । उनी सधैं हामीसंग बसेर कुराकानी गरीरहन मन पराउथिन् । हाम्रो सामीप्यता र भौतिकवादको प्रभावले नै उनलाई आफ्नो आस्थाको देवहरु माथि शंका उठ्न थालिसकेको थियो । शायद तिनै शंकाहरु समाजको वास्तविकताको बुई चढेर चरम विन्दुमा पुगे होलान् अनि उनको आस्थाको धरहरा विशाल भूईचालोका साथ गल्र्याम–गुर्लुम्म ढल्यो । अनि त्यही भग्नावशेष आस्थाको जग माथि शोषणका मुल परेका अर्का धर्मभीरुहरुले अलिकति भने पनि पर्खाल उठाईदिए, परमेश्वर प्रतिको आस्था र विश्वासको पर्खाल । केहि फरक छैन यि दुई आस्थाहरुमा । पहिले देव–देवात्माहरुको मिथक प्रतिको आस्था थियो अहिले परमेश्वर–प्रभुको मिथक प्रतिको आस्थाको पर्खाल छ ।

हाम्री पुरातनपन्थि ठूलीममीले यि कुराहरु बुझ्न सकिनन् । मैले सोचें सामाजिक विभेदले लथालिंग भएको उनको हृदयमा स्थापित आस्थालाई चोट पु¥याउनु हुन्न । अलि अलि भौतिवादी हुन थालेकी हाम्री ठूलीममी आफैंले बुझ्ने छिन् यि धर्म भनेका जति सवै गरिव र काम गरिखाने झुत्रेझाम्रेहरुलाई चुस्ने, ठग्ने अनि ठूला वडा साहु महाजन, राजा महाराजाहरुले आफ्नो सेवा गर्न खातिर वनाइएका हुन् र ति ठूलावडा भनौदाहरुकै हातका खेलौना हुन् भन्ने कुरा ।

ठूलीममी संग कुरा गर्दा गर्दै रात निकै वितिसकेछ । फेरी संकटकालको वेला राती चाडै कफ्र्यू लाग्ने हुनाले उनको मनमा आशाको तातो रक्त संचार गराएर हामी सवै फर्कियौं । अँध्यारो रातमा चिसो सिरेटो बहिरहे पनि हाम्री ठूलीममी न्यानो स्नेहका साथ हामीलाई हेरिरहेकी थिइन् ।
“विस्तारै जाओ है ! ठुटाहरुमा ठेस लाग्ला ।” आफ्नो मातृवात्सल्य हामीमा खन्याएर बोलेको उनको मातृमनको पुकार निकै परसम्म हामीले सुनरिह्यौं ।

प्रतिक्रिया दिनुहोस्