हामी परिक्षण प्रसारणमा छौ



बागचौर । सल्यानको बागचौर नगरपालिका वडा नम्बर‐४ का एक युवाले स्थानीय जनप्रतिनिधिलाई सामाजिक सञ्जालमा ‘छोटे राजा’ लेखेकै कारण स्थानीय जनप्रतिनिधिले ति युवालाई वडाबाट पाउने सम्पूर्ण सेवासुविधामा प्रतिबन्ध लगाउने भन्दै प्रेश विज्ञप्ती जारी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित बागचौर नगरपालिका–४ का वडाअध्यक्ष प्रेमबहादुर पुनले बिहीबार एक प्रेश विज्ञप्ती जारी गर्दै
सोही वडाको सिमाखोली निवासी स्थानीय दिलबहादुर केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट बञ्चित गराएको वडा अध्यक्ष पुनद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसबारे वडा अध्यक्ष प्रेमबहादुर पुनको पछिल्लो प्रतिक्रिया के छ ?

केही समय अघि नै दिल केसीका भाइको घरायसी बिबादमा एउटा मुद्दा परेको थियो । तर,म कतै पनि नजोडिएको मान्छेलाई एकाएक सामाजिक सञ्जाल मार्फत म समेतलाई किटान गरी ‘छोटे राजा’ भनेकोले त्यसको प्रत्युत्तरमा यसो भनिएको मात्र हो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधिलाई समेटेर ‘छोटे राजा’ संज्ञा दिइ हाम्रो चरित्रहत्या गर्ने काम भएको महसुश भएर नै त्यस्को प्रतिक्तिया स्वरुप आएको हो । अहिले यसो नगरेकै भएपनि हुनेथियो भन्ने लागेको छ ।

आवेगमा आएर वडाबाट दिइने सेवामै प्रतिबन्ध लगाएको कुराप्रति म आफूलाई समेत अहिले ‘गल्ती’ महसुस भएको छ । आबेगमा त्यस्तो भए पनि हाल वडाको सेवासुबिधाबाट वडा नम्बर‐४,को कार्यालयले हाल कोही कसैलाइै प्रतिबन्ध नलगाएको जानकारी गराउँदछु । अब हिजोको विज्ञप्तीमा जे जस्तो भएपनि अब भूल सुधार गर्ने बिचार गरेको छु ।

सामाजिक संजालमा ‘छोटे राजा’ लेख्ने दिल केसीको भनाई :

मेरो भाई खुमराज केसीले १० महिना अगाडि यसै वडाका एकजना वडा सदस्यकी भतिजीलाई बिहे गरी घर ल्याउदा हामी सबै खुशी नै थियौं ।

तर बिहे भएको झण्डै ७ महिना पछि खुमराज र उसको श्रीमतिको सामान्य घरझगडा हुँदा उसको श्रीमती माइत गएको समयमा मेरो भाई खुमराज केसीलाई माइति पक्षको दबाबमा खुमराजको श्रीमतिले बलात्कारको मुद्दा हालिन् । माइति पक्षले मुद्दा हालेलगत्तै खुमराज पक्राउ परेर अहिले जिल्ला कारागार सल्यानमा रहेको अबस्था छ । मैले सामाजिक सञ्जालमा यसबारे तथ्यसहित प्रस्तुत गर्दा मलाई वडा अध्यक्ष र एक जना वडा सदस्यले आफुलाई उक्त धम्की दिएको प्रष्ट भएको छ ।

यहि विषयलाई लिएर वडा अध्यक्ष लगायत हामी सबै भोली वडा कार्यालयमा छलफलमा बस्दै छौं । मलाई इंगित गर्दै हिजो वडाबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गर्नेकार्य नराम्रो हो भन्नेकुरा सबैले आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुभएको छ । मलाई प्रतिबन्ध गर्न खोज्दा स्वंयम वडा अध्यक्षले आफ्नो इज्जत फालेको अबस्था छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार, ,  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्