हामी परिक्षण प्रसारणमा छौ



दाङ। नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यबृद्धी विरुद्ध भोलि कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ।

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध पार्टी केन्द्रीय समितीद्वारा घोषणा गरिएका चरणबद्ध संघर्षका कार्यक्रम भव्यताका सफल गर्दै आएको नेकपा दाङले भोलीको नेपाल बन्दको पुर्वसन्ध्यामा जिल्लाका विभिन्न ठाउमा मशाल जुलुस प्रदर्शन गरेको हो। जिल्लाका मुख्य शहर घोराही,तुलसीपुर,लमही,भालुबाङ,राजपुर,गढवा,शान्तिनगर,दंगिशरण,बबई गाउपालिकाका मुख्य ठाउमा मशाल जुलुस प्रदर्शन गरिएको नेकपा दाङले जनाएको छ।

यस्तै नेकपा तुलसीपुर उपमहानगर कमिटीको मशाल जुलुस प्रदर्शन तुलसीपुरको बिरेन्द्र चोक,बिपि चोक हुँदै जेसिज चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
मशाल जुलुस प्रदर्शनमा नेकपाका नेता–कार्यकर्ताहरुले नेपाल बन्द सफल पारौं,पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यबृद्धी खारेज गर लगाएतका चर्का नाराहरु लगाएका थिए। मशाल जुलुस पछिको कोणसभालाइ सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय समिती सदस्य एवम दाङका अध्यक्ष सन्जयले भोलीको नेपाल बन्द दलाल राज्यको हर्कतका विरुद्ध भएकाले ऐक्यबद्धता,सहयोग, समर्थनका लागि आम जनसमुदायलाई अपिल गर्नुभयो।

उहाले आम नेपाली श्रमजीवी जनताको ढाड सेक्ने गरि गरिएको मुल्यबृद्धीलाई चुपचाप टुलुटुलु हेरेर बस्न नसकेर आफुहरु संघर्षमा होमिएको बताउनुभयो। नेता संजयले भोलीको नेपाल बन्द बर्सेनि दशौपटक सम्म मुल्यबृद्धी गरेर नेपाली जनतालाइ दोहन गर्ने दलाल शासकहरुका विरुद्धको लडाइ भएको जिकिर गर्नुभयो। उहाले भन्नुभयो,” संसदीय व्यवस्थाका भ्रष्ट,दलाल,माफियाहरुले जे जे गरेपनी हामी चुपचाप बस्दिनुपर्ने,त्यो सम्भव छैन,हामी प्रतिरोध गर्छौ”।
नेता संजयले भोलिको बन्दमा अत्यावश्यक ढुवानीका साधनहरु बाहेक सबै बन्द रहने तथा बन्द बिहान ६ बजेदेखी साझ ५ बजेसम्म हुने जनाएका छन।कोणसभाको सहजीकरण अखिल नेपाल किसान महासंघ क्रान्तिकारी दाङका संयोजक पोसन बस्नेतले गर्नुभएको थियो।

मशाल जुलुसमा प्रहरी हस्तक्षेप

नेकपा दाङ अन्तर्गत राजपुर गाउकमिटीद्वारा राजपुरको बेलामा आयोजित मशाल जुलुस प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। नेकपा दाङका सेक्रेटरी प्रदिपले शान्तिपुर्ण ढंगले पार्टीले पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यबृद्धीका विरुद्ध मशाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीद्वारा गरिएको दमनको निन्दा गरेका छन। सेक्रेटरी प्रदिपले आफ्नो पार्टीले शान्तिपूर्ण ढंगले बिरोधका कार्यक्रम गरिरहेको तर अनावश्यक प्रहरीले आफ्ना नेता–कार्यकर्ताहरुलाइ दमन धरपकड गर्ने कार्य तत्काल नरोके आफुहरुले कडा प्रतिरोध गर्ने बताएका छन। यस्तै सेक्रेटरी प्रदिपले भोलिको नेपाल बन्द सानदार ढंगले सफल पार्न सम्पुर्ण आम दाङबासी जनसमुदालाइ अपिल समेत गर्नुभएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार, ,  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्