हामी परिक्षण प्रसारणमा छौ

बागचौर नगरद्धारा कार्य सम्पन्न भएका योजनाको अनुगमनमा तिब्रता

४ नम्बरमा विद्युतका ३ पोल गाड्न १३ महिना लाग्यो



बागचौर । चालु आर्थिक वर्ष २०७७/०७८ मा काम सम्पन्न भएका योजनाहरुको अनुगमनलाई बागचौर नगरपालिकाले तिब्रता दिएको छ ।

उपभोक्ता समितिबाट निर्माण सम्पन्न भएर भुक्तानीको चरणमा रहेका यो साता मात्रै ११ योजनाको अनुगमन गरिएको नगर उपप्रमुख कल्पना पुनले जानकारी दिइन् । उनका अनुसार वडा नम्बर‐३,मा मात्रै यो साता ६ योजनाको अनुगमन गरिएको छ । जसमध्ये :

हालै निर्माण सम्पन्न भएको सडक अनुगमन गर्दै नगरका कर्मचारी l तस्बिर सौजन्य – बागचौर नगरपालिका

-कालाभीर दारे सडक स्तरोन्नति
-श्री विजय आधारभूत विद्यालय खालीमा फिल्ड निर्माण
-चोरपानी‐गारखर्क हुँदै पोखरागैरा सडक स्तरोन्नति
-गारखर्क‐पुतलिबास मसानघाट प्रतिक्षालय निर्माण
-दखालेदे ‐किमेरे पोखरी हुँदै चोरालसम्म सडक निर्माण
-चौखिढुङ्गा आधारभूत विद्यालयमा भवन निर्माण सम्पन्न भैसकेका छन् ।

मोख्ला लामदवाली सिंचाइ कुलो

त्यसैगरी नगरकै वडा नम्बर १० पिपलनेटामा समेत चालू आर्थिक बर्ष २०७७/०७८ का काम सम्पन्न भै भुक्तानीको चरणमा रहेका भिन्न ५ योजनाहरुको अनुगमन यसै साता गरिएको नगरले जनाएको छ । नगरपालिकाले जनाए अनुसार यो साता
सिमाना बजार मोख्ला शारदा खोलामा मसानघाट प्रतिक्षालय निर्माण ।

-मोख्ला लामदवाली सिंचाइ कुलो निर्माण ।
-मोख्लामा शिव पार्वती मन्दिर पर्यटन पुर्वाधार निर्माण ।
-श्री सरस्वती आधारभूत विद्यालय भाटभिटेमा फिल्ड निर्माण ।
-श्री धुर्वतारा आधारभूत विद्यालय आफल्लामा शौचालय निर्माण 

कार्य सम्पन्न भएको हुदा अब चाँडै उपभोक्ता समितीलाई रकम भुक्तानिको प्रक्रिया सुरु हुने नगरपालिकाले जनाएको छ । कार्य सम्पन्न भएका योजनाहरुको अनुगमन नगरप्रमुख लोकमान बुढाथोकी,उपप्रमुख कल्पना पुन,पमुख प्रशासकिय अधिकृत राम हमाल,प्राविधिक तथा इन्जिनियर,सम्बन्धित वडाका वडा अध्यक्ष र उपभोक्ता समितिका प्रतिनिधि लगायतको टोलीले गरेको थियो ।

वडा नम्बर – ४ मा पोल गाड्दै

वडा नम्बर ४ मा विद्युतका ३ पोल गाड्न १३ महिना लाग्यो

यता बागचौर नगरपालिकाको वडा नम्बर ४ ले पेदिखोलामा विद्युतका ३ वटा पोल गाड्न झण्डै १३ महिना लगाएको छ ।
पेदिखोलाका विभिन्न ठाउँमा अघिल्लो वर्षमै पोल गाडेसँगै बत्ति बले पनि स्थानीयबासिले ३ वटा पोल गाड्न अबरोध गर्दा अन्य टोलमा लामो समयदेखि विद्युत विस्तारको काम रोकिएको थियो ।

स्थानीयको अबरोधसँगै अघिल्लो आर्थिक वर्ष विद्युत सम्बन्धि कुनै पनि काम गर्न नसकेको वडा सदस्य कृष्ण बस्नेतले सल्यानन्युजलाई जानकारी दिए । उनले भने,‘हामीले अघिल्लो वर्ष वडामा केही विबादका कारण नगरबाट आएको बजेट पनि खर्च गर्न नसकेको हो । तर यस वर्ष पोल गाड्न अबरोध गर्नेसँग सहमति भएको हुदा अहिले विद्युत विस्तारको कामले गति लिएको छ ।’

अघिल्लो वर्षको ५८ लाख बजेट टुक्रा गरी विभिन्न टोलमा चाँडोभन्दा चाँडो उपभोक्ता समिति मार्फत वडाले बाँकी काम पुरा गर्ने लक्ष्य लिएको वडा सदस्य बस्नेतको भनाई छ । यो वर्ष संघीय सरकारबाट समेत विद्युत विस्तार सम्बन्धि थुप्रै बजेट परेको हुदा वडा नम्बर ‐१२,को सिमाना लौराबाङ सम्म पुग्ने गरी काम अघि बढेको वडाले जनाएको छ । हालसम्म चौतारा बजारसम्म पोल गाड्ने काम भएको र ठेकेदारले पोल पठाउँने वित्तिकै काम पुरा हुने वडाले जनाएको छ ।

गाउँमा विद्युत लगायत अन्य विकासका काम जहिल्यै हुन्छ भन्ने अनि समयमै कहिल्यै नहुने स्थानीय सरकारको पाराले आफु दिक्क भएको भन्दै स्थानीय जय केसीले भने, ‘नेताका भाषण र काम गराइको पाराले म सधैं आजित छु । तर यस वर्ष आफ्नै वडामा विकासका काम धमाधम भएको देख्न पाउँदा स्थानीय सरकारले केही आशा भने पक्कै जगाएको छ ।’

वडा नम्बर -४ मा हालै गाडिएका विद्युत पोल l तस्बिर सौजन्य : कृष्ण बस्नेत

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्