हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर,दाङ । प्रेस सेन्टर नेपाल दाङले पालिका स्तरिय शाखा विस्तार अभियान अन्र्तगत आज तुलसीपुर उपमहानगरपालिका स्तरीय भेला सम्पन्न भएको छ ।

आज भएको भेलाले प्रेस सेन्टर नेपाल दाङ तुलसीपुर शाखाको अध्यक्षमा दामोदर बस्नेत (राकेश) सर्बसम्मत चयन हुनुभएको छ । यसैगरी शाखाको उपाध्यक्षमा दीपक बोहरा,सचिबमा विकास डांगी,सह-सचिवमा सुमन केसी, कोषाध्यक्षमा भागवत भट्टराईलाई चयन भएका हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा राजेश ओली (रुद्र) मदन बिक (मुस्कान, देबराज कडेल,झरना केसी,बिशाल परियार,गोपाल गिरी र इश्वर बिसी चयन भएको प्रेस सेन्टर नेपाल दाङ शाखा अध्यक्ष पाण्डव शर्माले जानकारी दिनुभयो ।

उक्त पालिका भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टरका संस्थापक केन्द्रीय सदस्य अजयदिप शर्माले परिवर्तनको संवाहको रुपमा सगंठनको उदय भएको बताउँदै समाजवादको सवालमा सदैव अगाडी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल किसान महासघंका केन्द्रीय उपाध्यक्ष शेशुराम भण्डारी, प्रेस सेन्टरका केन्द्रिय सदस्य नरेन्द्र केसी,भुपेन्द्र प्रकाश वली,प्रकाश चौधरीले कलमजिवी पत्रकारहरु समाजवादको बहसमा केन्द्रित हुनुपर्ने समय आएको भन्दै त्यस अनुसारका समाचार खोजी गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले श्रमजिवि पत्रकारहरुको क्षमता विकास संगै उनीहरुका मुद्धालाई समेत अब सबैले साझा एजेण्डा बनाउन प्रेस सेन्टर संगठन विस्तारमा लागेको बताउदै त्यही अनुरुप पालिका कमिटीले कामगर्नुेपर्नेमा जोड दिनुभएको थियो ।

प्रेस सेन्टर दाङका उपाध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको पालिका भेलालाई नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश निर्वाचन समिति संयोजक रामशरण चौधरी,प्रेस सेन्टर दाङका इन्चार्ज पुरन शर्मा,शाखाका सचिव जनक नेपाली,नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी,प्रेस युनियनका पुर्व अध्यक्ष शुशिल बस्नेत,प्रेस चौतारी दाङका सचिव प्रेम राम्जा,चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुन,जनपत्रकार सगंठन दाङका अध्यक्ष हेमन्तप्रकाश वली,नेकपा माओवादी केन्द्र तुलसीपुर नगरका अध्यक्ष खुसीराम चौधरी,तुलसीपुर उद्योग वाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारी,तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य अमर नेपाली (माइकल) लगाएतले भेला सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रेस सेन्टर दाङका उपाध्यक्ष अनिता पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सहसचिव दिपक बोहोराले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार, ,  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्