हामी परिक्षण प्रसारणमा छौ

दार्मामा आइतबार बिजुली उद्घाटन, शोमबार १५ शैयाको अस्पताल शिलान्यास

शहिदको योगदानका कारण परिवर्तन सम्भव : बस्नेत



 दार्मा । दार्मा गाउँपालिकामा शोमबार १५ शैयाको पालिकास्तरिय अस्पतालको संघीय सांसद तथा पूर्वमन्त्री टेकबहादुर बस्नेतले शिलान्यास गरेका छन् ।

संघीय सरकारको बजेट र डिजाइनमा बन्ने उक्त अस्पताल उद्घाटन गर्दै पूर्व मन्त्री तथा सल्यानका संघीय सांसद टेकबहादुर बस्नेतले जनताको निम्ति बनेको सरकारले संचार, स्वास्थ्य, शिक्षा, विद्युतको क्षेत्रमा धेरै विकास गरेको बताए । दार्मा गाउपालिकाको रातामाटामा भएको कार्यक्रममा उनले जनताको लगानी अनुसार अहिलेका परिवर्तन सम्भव भएकाले यसको संस्थागत गर्न सबै लाग्नुपर्ने बताएका थिए । शहिदको बलमा नै सरकारले यस किसिमका काम गर्न सम्भव भएको भुल्न नहुनेमा बस्नेतको जोड थियो ।

 

सोही कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष नीम बहादुर केसी (अरूण) ले बहुवर्षिय ठेक्का प्रकिया अघि बढेको १ बर्ष पहिले नै जग्गा लिएर डिपिआर तयार भैसकेकाले १८ करोड खर्च गर्न विधि प्रक्रिया पुरा गरी बहुबर्षिय ठेक्कामा राख्न पहल गरिने जानकारी दिए । पालिका अध्यक्ष अरुणले भने,‘अहिले दार्मामा रहने ५ शैयाको साबिक कोभिड अस्पतालका निम्ती एक डाक्टर २ स्टाफनर्सको व्वस्थापनमा हामी लागेको छौं । बहिरंग सेवा सहित आधारभुत स्वास्थ्य सेवा सहितको प्रसुति सेवा पनि फारूलाबाट गर्नेछौं ।’


पालिका स्तरिय उक्त अस्पतालका निम्ति १४ जनाले ३३ रोपनी जग्गा दान गरेका छन । जग्गादाता मध्येका एक असबिर बुढाथोकीले जग्गादान गर्ने अवसरमा आज पालिकालाई धन्यवाद दिदै भवन निर्माणका निम्ति आफुहरु अनवरत रुपमा खटिने प्रतिबद्धता जनाए ।

गाउँपालिका उपाध्यक्ष टीका शर्मा वलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन वडा नम्बर‐, का अध्यक्ष चन्द्रबहादुर रावतले गरेका थिए ।

 

दार्माको वडा नम्बर १ र ६ मा बिजुली बल्यो

यसैगरी सल्यानको दार्मा गाउँपालिकामा ग्रामिण स्तरमा विद्युतिकरणको काम तिव्र गतिमा गाउँपालिकाले जनाएको छ । आईतबार वडा नम्बर १ को वडा कार्यालय दार्मकोटको बस्ति र वडा नम्बर ६ को किमिटाकुरामा बत्ति बालेर उद्घाटन गरिएको थियो ।

गत वर्ष गाउँपालिकाको केन्द्र फारूला चौरमा बलेको बत्ति अहिले ५ वडाका विभिन्न गाउँबस्तीमा विस्तार गाउँपालिकाले जनाएको छ । आइतबार मात्रै बागेलाखुरी– चिप्ले– किमुटाकुरा र फारूला – दार्माकोट लाईनको बत्तीको उद्घाटन सल्यानका संघीय सभाका सांसद टेक बहादुर बस्नेतले गरेका छन् ।

सल्यानबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद टेक बहादुर बस्नेतले सल्यानमा बत्ति बलेको ३० वर्ष हुँदा पनि बस्ति स्तरमा विस्तार हुन नसकेको बत्ति पछिल्ला बर्षमा द्रुत रूपमा बढेको बताका छन् । उनले भने, ‘सल्यानमा बत्ति आएको २०४० सालमा हो तर हामीले यत्रो बर्ष बर्षपछि गाउँमा बत्ति बालेपनि यसको विस्तार अझै बाँकी रहेको छ ।’
पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले अँध्यारो चिर्न बत्ती बाल्नुपर्ने भन्दै आधारभुत समाजवाद गाउँमा आएको अनुभुती दिलाउन अझै बाँकी रहेको समेत उनले बताए । विगतमा गाँस, बाँस र कपासका मात्रै आधारभुत आवश्यकता मानिए पनि समाजवादका लागि विकासका अन्य पुर्वाधारलाई पनि जोड्नुपर्ने उनको भनाई रहेको छ ।

दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले गाउँपालिकाको विद्युतिकरणका निम्ती ४ करोड ४० लाखको काम भएको बताए । त्यसका लागि पुरै पालिका स्तरमा विस्तारको लागि अझै ११ करोड ७६ लाख आवश्यक पर्ने भन्दै संघिय सरकारलाई पहल गरिदिन आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा पालिका उपाध्यक्ष टिका शर्मा वली, दुवै वडाका वडाध्यक्षहरु दुर्गा मल्ल र कवि कुमार चन्द, कार्यपालिका सदस्य पहल बहादुर केसी, पुतला खड्का, नेकपाका स्थानीय नेता रत्नबहादुर वली लगायतले सम्बोधन गरेका थिए । दुवै स्थानमा भएका कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्काले गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्