हामी परिक्षण प्रसारणमा छौ

देशभर ३ सय ९६ आधारभूत अस्पतालको शिलान्यास  : राज्यमन्त्री रावत

बनगाडमा १५ शैयाको नगर अस्पताल शिलान्यास



बनगाड कुपिण्डे । बनगाड कुपिण्डे नगरपालिका सल्यान देवस्थलमा १५ शैयाको अस्पतालको शोमबार शिलान्यास गरिएको छ ।

बनगाड कुपिण्डेको देवस्थलमा आज संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नगर अस्पतालको शिलान्यास गरेका हुन् । सरकारले निरन्तर जनप्रिय काम गरेको भन्दै मन्त्री रावतले त्यसकै फलस्वरुप सल्यानमा एकसाथ ८ स्थानिय तहमा आधारभूत अस्पताल शिलान्यास भएको बताए ।

मन्त्री रावले भने, ‘अघिल्लो वर्ष सल्यान पश्चिमलाई १५ शैयाको नगर अस्पताल स्थापना गरिदिने वाचा गरेको मैले भुलेको छैन । आज त्यो वाचा पूरा गर्न पाउँदा ज्यादै खुशी मात्र हैन आफ्नै हातबाट अस्पताल शिलान्यास गर्न पाउँदा असाध्यै खुशी भको छु ।’ यो सरकार जे वोल्छ त्यो गर्छ ,एक वर्ष अघि जे बोलेको थिए, आज त्यो पूरा गरेको मन्त्री रावलको उद्घोष थियो । मन्त्री रावतले जनताको सेवाका लागि आज बनगाडमा विशेषज्ञ सेवा सहितको अस्पताल शिलान्यासले आफ्नो आत्माले शान्ति पाएको समेत जनाएका थिए ।

अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले अस्पताल शिलान्यासले आफुलाई थप उत्साह जागेको बताए । आफुले जनता सामु गरेको एक बाचा स्वास्थ्य क्षेत्रको एउटा महत्वपूर्ण बाचा पुरा हुने चरणमा रहेको बताए । करिब २ वर्ष भित्र यहाँका नागरिकले सरुवा रोग विशेषज्ञ लगायत अन्य डक्टरको साथ नगरस्तरिय अस्पतालबाट नै सेवा लिने दाबी उनको दाबी थियो । अस्पताल तयारीको लागि हाल १ करोड रकम नगरमा आइसकेको जानकारी दिदै बनगाडबासीका लागि आजको दिन पनि छ । १५ शैयाको नगर अस्पताल शिलान्यास कार्यक्रमको सञ्चालन नगरका सलेपा घनश्याम विसीले गरेका थिए ।

 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा राज्यमन्त्री रावतलाई नगरपालिकामा भब्य स्वागत गरिदै । तस्बिर सौजन्य : इन्द्र बुढाथोकी

देशभर एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास

यसैबिच संघीय सरकारले विभिन्न स्थानीय तहमा देशभर तीन सय ९६ आधारभूत अस्पताल निर्माणका लागि आज एकैदिन अस्पताल भवनको शिलान्यास सम्पन्न गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका पालिकामा पाँच देखि १५ शैयाको अस्पताल बनाउन लागेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्