हामी परिक्षण प्रसारणमा छौ



२३ माघ २०७८,तुलसीपुर । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थल संञ्चालन भएको ६७ वर्ष वित्दा समेत स्तरबृद्धि नभएको भन्दै आइतबार तुलसीपुरमा त्यसबारे सरोकारवालाले चासो व्यक्त गरेका छन् ।

टरीगाउँ विमानस्थल स्थापना भएको ६७ वर्ष वितिसक्दा पनि स्तरबृद्धि नभएको भन्दै आइतबार तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा आयोजना गरेको सर्वपक्षिय सर्वदलिय बैठकमा सहभागीहरुले अब पनि यसबारे केन्द्र सरकार,प्रदेश सरकार र स्थानिय सरकारले पहल नलिए स्थानिय सरोकार वालाले पहल लिएरै भएपनि यसको स्तरबृद्धि गुर्नपर्ने धारणा राख्नुभएको थियो ।

राजनितिक दल, स्थानीय जनप्रतिनिधि, सुरक्षानिकाय तथा सरोकारवालाहरुबिच टरीगाउँ विमानस्थल स्तरउन्नतीका लागी के गर्न सकिन्छ ? भन्ने बारेमा आयोजित उक्त सर्बपक्षिय बैठकमा बोल्दै सहभागी तुलसीपुर १२ मा स्थित स्थानिय तरुण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शेषमणी भण्डारीले विमानस्थल स्थापना भएको ६७ वर्ष वितिसक्दा समेत राजनितिक दलहरुको स्वार्थले गर्दा अहिले सम्म स्तरबृद्धि नहँुदा आफुहरु मात्र नभै सिंगा दाङवासी समस्यामा परेको बताउनुभयो ।

आज भएको छलफलमा सहभागीले स्थानिय,प्रदेश, संघीय सरकार र राजनितिक दलको लापरवाहीका कारण हाल टरीगाउँ विमानस्थल नियमित उडान र सहज शुल्कमा यात्रुले यात्रा गर्न नपाएको आरोप लगाउनुभएको छ । साथै सहभागीले सकेसम्म राज्यको ध्यान केन्द्रित गराउने र सम्भव नभएमा महायज्ञ तथा चन्दा संकलन गरी विमालस्थलको स्तरबृद्धि गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न राज्य र राजनितिक दलले कुनै पनि काम गर्न नसकेको नागरिक अगुवाहरुको समेत भनाई छ । एयरपोर्टको स्तरवृद्धिमा सरोकारवाला पक्षले ध्यान नदिएमा पर्यटन मन्त्रालयमा गएर दाङ्गालीवासीले धर्ना घेराउ गरेर भएपनि आफ्नो मागलाई सम्बोधन गराउन तर्फ लाग्नु पर्ने र सबै नागरिक, सरोकारवाला, निजि क्षेत्र, राजनितिक दल लगाएतले साथ सहयोग गर्नुपर्नेमा सहभागीहरुले आफ्ना धारणा राख्नुभएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले दाङको समग्र विकास संग जोडिएको गौरवको विषयलाई समेत कोही कसैले ध्यान नदिएपछि आफुहरुले बाध्य भएर यसतर्फ चासो देखाएको बताउनुभयो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार, ,  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्