हामी परिक्षण प्रसारणमा छौ



सल्यान । दार्मा गाउँपालिका, सल्यानको आयोजना र जनज्योति माध्यमिक विद्यालय  फारुलाचौरको व्यवस्थापनमा सञ्चालित सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७८ आइतबार  सम्पन्न भएको छ । “विद्यालय शिक्षामा सबैको आवद्धता : गुणस्तरीय शिक्षा र खेलकुद हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ प्रतियोगिता सम्पन्न भएको हो ।

आइतबार सम्पन्न खेलको अन्तिम नतिजा अनुसार यसअघिका लगातार तीन वर्ष रनिङ शिल्ड जित्न सफल जनज्योति मा.वि दार्मा-३,फारुलाचाैरले याे वर्ष जम्मा २८ खेलमा ११ स्वर्ण,७ रजत र ७ कास्य सहित चाैथोपटक पनि रनिङ्ग शिल्ड आफ्नो कब्जामा  लिएर पहिलो स्थान कायम गरेको छ।

प्रतियोगितामा पालिका भित्रका मा.वि स्तरका विभिन्न ६ वटा विद्यालयको सहभागीता रहेको थियो । अन्तिम  नतिजा अनुसार सुर्योदय मा.वि गोठिबनले स्वर्ण ८, रजत ६ र कास्य ४ लिएर दोस्रो स्थान ओगटेको  छ। त्यसैगरि राष्ट्रिय मा.वि दार्माकोटले स्वर्ण ४, रजत ९ र कास्य ८ लिदै तेस्रो भएको छ।

यसैगरी बालकल्यान मा.वि भुबनटाकुरिले स्वर्ण २, रजत ३ र कास्य ३ लिएको छ । ने.रा मा.वि ढाकाडामकोट स्वर्ण २, रजत २ र कास्य २ लिएको छ भने  नव सर्बसाधारण मा.वि रातामाटाले स्वर्ण १, रजत १ र कास्य ५ लिएकाे  खेलकुद सञ्चालन उप-समिति संयोजक शिवबहादुर हमालले सल्यानन्युजलाई  जानकारी दिनुभयो ।

प्रतियोगितामा दार्मा गाउँपालिका भित्र सञ्चालित  ६ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । चार दिनसम्म चलेको प्रतियोगितामा छात्रा तर्फ १४ र छात्र तर्फ १४ गरी विभिन्न २८ वटा खेलमा प्रतिस्पर्धा गराइएको हो । दौडतर्फ २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० रिले र ४×४०० रिले,  उफ्रने र फ्याक्ने तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम र सटपुट ८ पाउन्ड  र भलिबल र  कबड्डी प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यसअघि अध्यक्ष कपको नामबाट सञ्चालन हुने गरेको खेलकुद प्रतियोगिता २०७७ सालदेखि गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सहिदहरूको सम्मानको लागी ‘सहिद स्मृति कप’ नामाकरण गर्ने घाेषणा गर्नुभएको  थियो ।

खेलकुद क्षेत्रको विकासका लागि भन्दै दार्मा गाउँपालिकाले  खेलकुद विकास ऐन, २०७८ जारी गरेको छ । गाउँपालिकाले युवा क्लव तथा खेल समूहका लागि खेल सामग्री प्रदान, विभिन्न अवसरमा खेलकुद प्रतियोगिताको आयोजना, खेलमैदान निर्माण, खेलाडी सहभागिता, उत्कृष्ट खेलाडीहरूको सम्मान लगायतका विभिन्न  कार्यक्रमहरू  गर्दै आएको छ । यसैबीच  दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर के.सी.ले.सामाजिक संजाल फेसबुक मार्फत चैत्र ३ गतेदेखि सुरु प्रतियोगिता सफल भएको भन्दै सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार, ,  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्