हामी परिक्षण प्रसारणमा छौ

तीनवटै चुनाबमा सत्तापक्षको गठबन्धन कायम रहन्छ : महरा

नेकपा एमाले र वैद्य समुहका एक दर्जन कार्यकर्ता माओवादीमा प्रवेश



१० चैत्र २०७८ बिहीबार,दाङ । नेकपा (माओवादी केन्द्र) का प्रबक्ता तथा पूर्व सभामुख कृष्णबहादुर महराले तीनवटै चुनाबमा सत्तापक्षको गठबन्धन कायम रहने बताउनुभयो ।

बिहिबार (आज) पार्टीको तुलसीपुर नगर कमिटिले आयोजना गरेको राजनैतिक तथा बैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै महराले तीनवटै चुनाबमा सत्तापक्षको गठबन्धन कायम रहने समेत बताउनुभयो । ‘यो गठबन्धन भत्काउने पक्षमा हामी छैनौं’,पार्टीका प्रवक्ता समेत रहनुभएका महराले भन्नुभयो,‘किनकी यो संविधान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरीपेक्षता, समानुपाति, समावेशितालाई जोगाउन बनेको गठबन्धन हो ।’

महराले आफ्नो पार्टीबाट केही असुन्तुष्ट कार्यकर्ता अन्य पार्टीमा गएको प्रति इगित गर्दै अन्य पाँचवटा पार्टीका मान्छेसंग पनि आफुले माओवादी केन्द्रमा समाहित गर्ने गरी कुराकानी अगाडी बढाइरहेको बताउनुभयो । केही असन्तुष्टि पोख्ने मान्छेहरु बाहिर जाने भएपनि आउने क्रम पनि जारी रहेकाले कोही जाँदैमा पार्टी पंक्ती निराशामा गइहाल्नुपर्ने अबस्था अहिले नरहेको उहाँको दाबी थियो । ‘पहिले एमालेमा गएकाहरुसँग पनि अहिले सम्पर्क हुने गर्छ, उहाँहरुको कुरा सुन्दा अहिले यता न उता भएको जस्तो कुरा गर्नुहुन्छ’,महराले भन्नुभयो ,‘त्यसैले त्यसमा निराश हुनुपर्ने अबस्था छैन ।’

कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका महराले आम नेता तथा कार्यकर्तालाई जनतामा जोडिनकालागि अनुरोध गर्नुभएको थियो । साथै महराले आठौं महाधिवेशनले एकमतका साथ समाजवादमा पुग्ने लक्ष्य राखेको भन्दै उहाँले सबै नेता तथा कार्यकर्ता अब समाजबादको जग बसाल्ने तर्फ एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री समेत रहनुभएकी रेखा शर्माले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको भन्दै यसलाई आम कार्यकर्ताले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य,धनबहादुर मास्के‘राजेश’, नारायणी शर्मा, केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी वलीलगायतले मन्तब्य राख्नुभएको थियो ।

उक्त अवसरमा बिभिन्न पार्टी परित्याग गरी एक दर्जन व्यक्ती माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरुमा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य बेद बोहरा,भिम बस्नेत लगायतले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । यस्तै,नेकपा एमालेका तुलसीपुर ३ नम्बर वडाका उत्तम कुमार पुन,अमर बहादुर बस्नेत,जुद्धबहादुर रोका लगायतलाई पार्टी प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महरा लगायत अन्य अतिथिहरुले माओवादी केन्द्रमा स्वागत गर्नुभएको थियो ।
नगर कमिटि उपाध्यक्ष शान्ति महतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब तुलाराम भण्डारी ‘बारुद’ले गर्नुभएको थियो । प्रशिक्षणमा पार्टीका नगरकमिटिदेखि टोल कमिटिसम्मको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार, ,  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्