हामी परिक्षण प्रसारणमा छौ



चैत्र २१, सल्यान । सल्यानको सिद्धकुमाख गाउँ पालिकामा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (YCL)  नेपाल र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले संगठन विस्तारका कार्यक्रमहरुलाई तिव्रता दिएका छन।

 
आगामी २०७९ बैशाख ३० को स्थानीय चुनाव लक्षीत संगठन विस्तार तिव्र गराउने क्रममा आज योङ कम्युनिष्ट लिग  र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिद्वकुमाख  वडा नं २ को प्रथम वडा सम्मेलन सम्पन्न गरिएको छ ।

सिद्वकुमाख वडा नं २ को भेलाबाट सर्वसम्मत रुपमा  डम्बर बुढाथोकिको अध्यक्षतामा ४१  सदस्यीय योङ कम्युनिष्ट लिग वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा देवराज बुढाथोकी,  सचिवमा  राजेश बस्नेत, सह–सचिवमा  दिपक बुढाथोकी,मन बहादुर बिक,खिम राज चलाउने,अति राम बुढाथोकी र कोषाध्यक्षमा निर्मला बिक  रहनुभएको छ ।

 त्यस्तै भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पनि गठन गरेको छ । भेलाबाट सर्वसम्मत राधा हमालको अध्यक्षतामा ३५ सदस्यीय  वडा कमिटी गठन गरिएको छ ।जसको उपाध्यक्षमा निर्मला बुढाथोकी,सचिवमा जानकि चलाउने,सहसचिव सरस्वती बुढाथोकी ,कोषाध्यक्ष हिरा बस्नेत रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपा माओबादी केन्द्र सिद्वकुमाख गाउँपालिका इन्चार्ज राम बहादुर बस्नेतले नेकपा (माओवादी केन्द्र) अरुले जस्तो रक्सी र भाले खुवाएर बनेको पार्टी नभएको र हजारौ सहिद , घाइते लाखौ नेता कार्यकर्ता  जनताको योगदानबाट बनेको गौरवशाली पार्टी भएको बताउनुभयो ।

 
उहाँले यस्ता कुरा जनता सामु लिनुपर्ने र  माओवादी अन्य भन्दा राजनिती, विचार व्यवहार सबै हिसावले भिन्न हुनुपर्ने भन्दै स्वार्थलाई सामाजिक हितमा प्रयोग गर्नुपर्ने कुरामा  जोड दिनुभएको छ ।

कर्णालि प्रदेश कमिटि सदस्य समेत रहनुभएका बस्नेतले श्रमजीवी र सर्वहारा वर्ग को हितमा आफुले र आफ्नाे पार्टिले सधै सहि तरिकाले काम गरिरहने बताउनुभयो ।अबको चुनाबमा पार्टिको एजेन्डा समाजवाद उन्मुख समाज निर्माणतिर केन्द्रित हुने भन्दै अब सिद्वकुमाखमा   जसरी पनि चुनाव जित्ने लक्ष्यरहेको बताउनुभयो । आज मात्रै २ नम्बर को पार्टी कार्यालय पनि उदघाटन गरिएको पार्टिले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्रका २ नं वडा अध्यक्ष मेक बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेश सदस्य तथा सिद्वकुमाख गाउँपालिका इन्चार्ज राम बहादुर बस्नेत,अथितीमा सिद्वकुमाख गाउँपालिका सचिव रुद्र वुढाथोकि ,डिल वहादुर वोहरा ,अखिल क्रान्तिकारीका जिल्ला सचिव आनन्द बोहरा,अखिल क्रान्तिकारीका जिल्ला समिती सदस्य राजेन्द्र परियारको समेत उपस्थिति रहेको उक्त  कार्यक्रमको संचालन गोपाल वुढाथोकिले गर्नुभएको थियो।
 

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार, ,  ४ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्