हामी परिक्षण प्रसारणमा छौ



सल्यान,१९ बैशाख । हिजोआज दैनिक रुपमा विभिन्न राजनितीक दलहरुले आफ्नो पक्षमा भोट माग्न घरदैलो कार्यक्रमलाई दिनप्रतिदिन तीब्रता दिदै आएका छन् ।

यसै क्रममा बागचौर नगर पालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार तथा माओवादी केन्द्रका नेता कृति बहादुर पुन नगरका १२ वटै वडामा आफ्नो टिम सहित मत माग्न मतदाता संग वडामा हुने चुनावी सभामा सहभागी भैरहनुभएको छ । आज मात्र नगर प्रमुख पदका उम्मेदवार पुन बागचौर नगरको वडा नम्बर ११ र १२ को आयोजनामा भएको चुनावी सभामा सहभागी भएर गठबन्धनका साझा उम्मेदवार लाई जसरी पनि जिताउन अनुरोध गर्नुभएको छ ।

वडा नं. १२ बाँफुखोलाको दोभान बजारमा भएको वडाको चुनावी सभामा बोल्दै माओवादी केन्द्र सल्यानका जिल्ला संयोजक तथा बागचौर नगर प्रमुखका उम्मेदवार कृति बहादुर पुनले चुनावमा आफ्नो तर्फबाट मतदाताहरु सामु गरिएका प्रतिबद्धता आफ्नो टिमले जितेमा लागु गर्ने,जनयुद्धले गर्दा आएको परिर्वतनको रक्षा गर्ने बताउदै मतदातासँग ढुक्क भएर माओवादी केन्द्रको हसिया हथौडामा भोट हाल्न आग्रह गरेका गर्नुभएको छ ।

वडा चुनावी सभा कार्यक्रममा नगर उप–प्रमुख पदकी उम्मेदवार सुम्निमा डिसी, १२ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार सेते वली (दीनेश),माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य भिम प्रकाश शर्मा,रत्नबहादुर वली,टिकाराम वली दर्शन,कमला वली,नगर सचिव दीपक वली,माओवादी केन्द्रका १२ वडा अध्यक्ष चित्र बहादुर वली लगाएत ले चुनावी सभा लाई सम्बोधन गर्नुभएको थियो ।

सभालाई सम्बोधन गर्दै नेताहरुले माओवादीको आधार इलाका बाँफुखोलाले फेरी पनि परिवर्तनकारी शक्ती,अग्रगमनको पक्षधर र देशमा भएका परिवर्तनको रक्षा गर्न सक्ने शक्तिका रुपमा रहेको गठबन्धनका साझा उम्मेदवार कृति बहादुर पुन,सुम्निमा डिसी र सेते वली (दिनेश) को प्यानललाई यहीँ बैशाख ३० गते हुने निर्वाचनमा मतदान गरी बिजय बनाउन आग्रह गर्नुभएको थियो ।

माओवादी केन्द्र र एकिकृत समाजवादीले बागचौर वडा नं. १२ मा अध्यक्षमा सेते वली (दीनेश), भावना खड्का वली ,हिरा रसाइली,दीपेन्द्र कुमार वली र प्रेम प्रकाश खत्रीलाई उठाएको छ ।

यसैगरी आजै वडा नं.११ को रातामाटामा भव्य रुपमा वडा चुनावी सभा सम्पन्न गरेको माओवादी केन्द्रका बागचौर नगर कमिटी सदस्य तथा ११ नं.इन्चार्ज मोहन खड्काले जानकारी दिनुभयो ।


खड्का का अनुसार त्यहाँ पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रको सिंगो प्यानल चुनावी प्रतिस्पर्धामा उठाएको छ । बागचौर ११ नं.वडा अध्यक्षमा घनबहादुर वली,पिमला वली केसी,सुशिला परियार,जयबहादुर खड्का र प्रसाराम वली चुनावी मैदानमा होमिनुभएको छ ।

आज भएका दुबै वडाका चुनावी सभामा स्थानिय मतदाता,गठबन्धनका नेता कार्यकर्ता नाराजुलुस सहित उत्साहका साथ चुनावी सभामा उपस्थिती रहेको त्यहाँ सल्यानन्युजका संवाददाता धनबीर खड्काले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार, ,  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्