हामी परिक्षण प्रसारणमा छौ



२१ वैशाख, कपुरकोट । स्थानीय तहको निर्वाचनका लागि सल्यानको कपुरकोट गाउँपालिकामा चुनावी तालमेल गरेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले घोषणा पत्र सार्वजनिक गरेका छन् ।

बुधबार सार्बजनिक गरिएको घोषणा पत्रमा सबै वडाहरुका टोलटोल र हरेक विद्यालयमा विद्युतीकरण गर्ने , एक घर एक धाराको व्यवस्था गरिने,खेतवारी हराभरा गरौँ, ढिक काल्ना खेर नफालौँ, समृद्ध बनौ कार्यक्रम लागु गर्ने  उल्लेख छ।

त्यस्तै गाउँपालिका भित्र एम्बुलेन्स , शव वहान सेवा प्रदान गर्ने, पालिका भित्रका घरमा खरका छ्नालाई हटाइ टिनको छानो हाल्ले लगायतका विषय समेटिएको छ।
गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा माओवादी केन्द्रले उम्मदेवार उठाएका छन् । पालिका अध्यक्षमा दुर्गा बहादुर पुन र उपाध्यक्षमा प्रकाश भण्डारी  उम्मदेवार बन्नुभएको छ ।

६ वटा वडा रहेको गाउँपालिकामा समाजवादीले १ नम्बर र ६ नम्बर वडा अधयक्ष लिएको छ बाँकी सबैमा माओवादीका उम्मेदवार छन् । हेर्नुहोस् घोषणा पत्रका केहि मुख्य बुँदा :

-कपुरकोट गाउँपालिकालाई जनमैत्री सुशासन युक्त  गाउँपालिका वनाउने,
– गाउँपालिकामा वाह्य लगानी मैत्री वातावरण सिर्जना गर्ने,
-पछाडि पारिएको वर्ग, समुदाय, जातजातीको उत्थान र विकासका लागि लैंगिक उत्तरदायी वजेट तथा कार्यक्रम निर्माण गरि विभिन्न खालका रोजगारमृ्लक कार्यक्रम संचालन गर्ने,
-एकिकृत किसान विकास कार्यक्रमको माध्यमवाट कृषि उत्पादनका लागि सिचाई, आधुनिक कृषि औजार, उन्नत बीउ बिजन, रासायनिक मलको व्यवस्था गर्न विशेष कार्यक्रम सञ्चालन गरि कृषिलाई आधुनिकीकरण गर्ने,
– कृषकहरुका लागि विभिन्न खालका तालिम, भ्रमणका साथै दक्ष प्राविधीक र ल्यावकोे व्यवस्था गर्दै कृषकको आत्म सम्मान हुने कार्य संचालन गर्ने ।
-पशुपंक्षी बिमा,पशु स्रोत केन्द्र र पालिका नर्सरी स्थापना गरी खेतवारी हराभरा गरौँ, ढिक काल्ना खेर नफालौँ, समृद्ध बनौ कार्यक्रम सञ्चालन गर्ने
– शैक्षिक सुधारका लागि विद्यालयमा क्रमिक रुपमा चिल्ड्रेन पार्क सहित वालमैत्री शैक्षिक वातावरण र आई.सि.टि. प्रविधी युक्त शिक्षण सिकाई संचालन गर्ने
-पालिकामा उत्कृष्ट नतिजा ल्याउने र असहाय तथा विपन्न वर्गका विद्यार्थिका लागि उच्च शिक्षा अध्ययन गर्न छात्रवृितको व्यवस्था गर्नुका साथै सामुदायिक विद्यालयमा बस सेवा संचालनका लागि आर्थिक सहयोग गरिने,
-खेलकुद क्षेत्रको समग्र विकासका लागि विशेष कार्यक्रम संचालन गर्ने,
-सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विशेष योजना ल्याइने,
-प्रत्येक वस्तीमा एक घर एक धारा सहित शुद्ध पिउने पानीको व्यवस्था गर्ने, सुत्केरीहरुलाई निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, स्वयम् सेविका र सुत्केरी खाजा भत्ताको व्यवस्था गर्ने,
-एकिकृत पोषण कार्यक्रम, स्वास्थ्य विमा, स्वास्थ्य शिविर सञ्चालन गर्ने,
-पालिकामा स्वास्थ्य विशेषज्ञ सेवा उपलव्ध गराउनुका साथै स्वास्थ्य चौकीहरुमा सुविधा सम्पन्न ल्याव टेष्टको व्यवस्था गर्ने,
-पालिकामा खरको छानामूक्त घरहरू वनाउन क्रमिक रुपमा जस्ताको व्यवस्था गर्ने,
-अध्याँरो मुक्त पालिका वनाउन सवै वडाहरूका टोल वस्तीमा विद्युतीकरण विस्तार गर्ने,
-स्थानिय सडक सञ्जाल बिस्तार र सडक स्तरोन्नतीमा जोड दिने,
– विद्यालय भवन, छात्रावास, खेल मैदान, तारवार, पर्खाल निर्माणमा कार्यलाई प्राथमिकता दिने,
-स्थानिय विपत् व्यवस्थापन समितिलाई सक्षम वनाउदै तत्काल राहत तथा उद्धारकाका लागि आर्थिक कोष तयार गर्ने र दमकल संचालनका लागि योजना वनाउने,
-भाषा, कला, संस्कृतिको संरक्षण गर्न सांस्कृतिक केन्द्रको स्थापना गर्नुका साथै कलाकारलाई सम्मान गर्ने,
-कपुरकोट गाउँपालिकालाई पर्यटकीय तथा व्यापारिक स्थलका रूपमा परिचित गराउने,
-कपुरकोट क्षेत्रको धुलोलाई नियन्त्रण गर्नुका साथै सबै वडालाई पूर्ण सरसफाई वडा घोषणा गर्दै पूर्ण सरसफाई गाउँपालिका घोषणा गरिने
-पालिकामा शव वहानको व्यवस्था गरि प्रचलनमा आएका शवदाह स्थलमा शवदाह गृह निर्माण गरिने,

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार, ,  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्