हामी परिक्षण प्रसारणमा छौ



सल्यान, २३ बैशाख। स्कुल पढ्ने कलिलो उमेरदेखि राजनीतिमा सक्रिय बन्दै तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा सल्यानबाट होलटाइमर भएर राजनीतिमा होमिएका कृति बहादुर पुन ‘प्रकान्ड’ राजनीतिमा लागेको करिब ३५ वर्षपछि यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सल्यानको बागचौर नगरपालिका को नगर प्रमुखका लागि उम्मेदवार बन्नुभएको छ।

२०२७ साल साउन ४ गते बागचौर नगरपालिकाको वडा नं.५ (साविक शिवरथ गाविस वडा नं.९) मा बुवा पठु पुन र आमा नौलि पुनको कोखबाट घरको जेठो सन्तानको रुपमा जन्मनुभएका कृति बहादुर पुन सादा जीवनशैली र सरल व्यवहार भएका नेतामा पर्नुहुन्छ। २०४४ सालबाट विद्यार्थी राजनीतिमा भर्खर पाइला चाल्नुभएका पुनले २०४८ सालबाट अनेरास्ववियु को जिल्ला कमिटी सदस्य हुदै २०५० सालमा अनेरास्ववियु (क्रान्तिकारी) सल्यानको अध्यक्षको जिम्मेवारी लिएर औपचारिक रुपमा राजनीतिमा होमिनुभयो ।

२०५१ मा माओवादीको जिल्ला समिति सदस्य,२०५२ मा जिल्ला सचिवालय सदस्य हुँदै २०५८ मा माओवादी सल्यानको जिल्ला जनसरकार प्रमुख हुनुभएका पुन माओवादी जनयुद्धमा आफु नै पहिलो पूर्णकालीन सदस्य भएको दाबी गर्नुहुन्छ । कृति बहादुर पुन २०६१ मा सल्यान जिल्लाको माओवादीको जिल्ला सेक्रेटरी समेत बन्नुभयो।

जनयुद्धमा पूर्णकालीन सदस्यका रुपमा समाहित हुनुभएका कृति पुन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध सानैदेखि बिद्रोह गर्दै सामाजिक अभियान र राजनीतिक आन्दोलनमा सरिक हुनुभयो ।आज पनि उहाँ उस्तै जोसका साथ राजनीतिक यात्रामा लागीरहनु भएको छ। उहाँ २०६२ सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्य हुँदै २०६२ देखि उहाँ जनमुक्ति सेना नेपालको बटालियन कमिसार बन्नुभयो । उहाँ २०६६ सालमा जनमुक्ति सेना नेपालको ब्रेगेड कमान्डर हुनुभएको थियो भने २०६९ सालमा एकीकृत नेकपा माओवादी को केन्द्रीय सदस्यको रुपमा पार्टीको भुमिका निर्बाह निभाउनु भएको थियो ।

२०७० सालमा पार्टीको सल्यान जिल्ला संयोजक,पोलिटब्युरो सदस्य हुदै हाल कर्णाली प्रदेश सदस्य तथा पार्टीको सल्यान जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारीमा हुनुहुन्छ । सधैं पार्टी प्रति बफादार भएर लाग्नु भएका इमानदारीताको प्रतीक कृति बहादुर पुन पार्टी पंक्तिमाझ (प्रकान्ड)का रुपमा परिचीत हुनुहुन्छ। पार्टी टेकनाम (प्रकान्ड) भएपनि कृति पुनको सादा जीवनशैली र सरल व्यवहार पार्टी भित्र र आमजनमानसमा उहाँको खास परिचय बन्न पुगेको छ ।

उहाँको जीवनशैलीमा आजसम्म कहि कतै तडकभडक देखिदैन। बिए सम्मको अध्ययन गर्नुभएका कृति पुन आजसम्म जहाँजता पनि सामान्य जिवन शैलीमै भेटिनुहुन्छ। पार्टीमा कामको चाप कम भएको बेला आफ्नो खेत बारीमा रमाउने उनै ‘प्रकान्ड’ लाई अहिले नेकपा माओवादी केन्द्रले सल्यान बागचौर नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनाएको छ।

सहिद परिवार को सदस्य समेत रहनु भएका कृति पुनले १० बर्से जनयुद्धका क्रममा पार्टी कामको सिलसिलामा आफ्नो भाई मोहन पुन (मानब)लाई सुर्खेतको मैनवडामा तत्कालीन प्रहरी प्रशासनले गरेको हत्याको पिडा, झलकमान र भरत जस्ता सहकर्मी को तत्कालीन राज्यबाट भएको हत्या आफ्नो मनमा गहिरो गरि गढेर बसेको बताउनुहुन्छ ।

पार्टी मा आफु जस्ता लाखौंको त्याग र हजारौंको बलिदानको जगमा नै आज गणतन्त्र, संघीयता र देश समृद्धिको अभियानले केहि गति लिएको लिएको जस्तो देखिएपनि सहिद का सपनालाई कसरी सस्थागत गर्ने र अधुरा सपनालाई कसरी पुरा गर्ने भन्ने आफुलाई सधैं चिन्ता लागीरहेको उहाँ बताउनुहुन्छ ।

इमान्दार, शालीन र बागचौर नगरपालिकामा आम जनमानसमा लोकप्रिय पुनले नगरपालिकामा रहेको स्थानीय साधन स्रोतलाई व्यवस्थित रुपमा परिचालन गर्दै नगरबासीको “समृद्ध बागचौर निर्माण गर्ने ” सपनालाई आफुले चुनाव जितेको खण्डमा आफ्नो ५ बर्से कार्यकालमा सफल बनाउने योजना रहेको बताउनुहुन्छ । सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको विकास र बागचौर नगरको समृद्धि नै आफ्नो एकमात्र संकल्प रहेको पुनको दाबी छ ।

नगर प्रमुख का उम्मेदवार पुनले नगर भित्रका १२ वटै वडाको सबै क्षेत्रको विकास, जनयुद्धका स्मृतिहरुको संरक्षण र अभिलेखिकरण, सहिद, बेपत्ता योद्धा तथा उहाँको परिवारलाई सम्मान र उहाँको परिवारको जीवनमा केहि अनुभूत हुने गरी परिवर्तन गराउने लक्ष्य, स्थानीय कला संस्कृतिको संरक्षण र प्रबर्द्धन, पर्यटनको क्षेत्रको बिकास का साथै समृद्ध बागचौर नगर निर्माण गर्ने आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनु भएको छ।

सभा सम्मेलनमा सधैं भ्रष्टाचारमुक्त सुशासन, पारदर्शीताको खरो वकालत गर्ने उनै कृति बहादुर पुन(प्रकान्ड)लाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरी बागचौर नगरपालिकाको नगर प्रमुखको चुनावी दौडमा पठाएको छ । समृद्ध बागचौर नगर निर्माण गर्ने संकल्पका साथ चुनावी मोर्चामा पुनसँगै बागचौर नगरको उपप्रमुखको लागि नेकपा माओवादी केन्द्रबाटै सुम्निमा डिसी उम्मेदवार बन्नुभएको छ।

समृद्ध बागचौर नगर निर्माण गर्ने दृढ़ संकल्पका साथ चुनावी दौडमा रहनुभएका पुर्ब जनमुक्ति सेना नेपाल का ब्रेगेड कमान्डर समेत रहनुभएका कृति बहादुर पुनले यो महान तथा कठिन चुनावी मोर्चालाई पार गर्न सक्नुहुन्छ या हुँदैन ? त्यसका लागि ३० बैशाख सम्म नकुरी सुखै छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार, ,  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्