हामी परिक्षण प्रसारणमा छौ



सल्यान। सल्यानको शारदा नगरपालिका-१, सितलपाटीमा रहेको शिवजन माध्यामिक बिद्यालयका प्राबिधिक धारका ८० जना बिद्यार्थीलाई विहीबार गड्यौला मल उत्पादन र सर्प पहिचान तथा उद्धार सम्बन्धि तालिम दिइएको छ ।

बिद्यार्थीहरुलाई सर्प पहिचान तथा उद्धार तालिम दिईएको छ । सर्पहरुको संरक्षण गर्न, कुन सर्प बिषालु हो, कुन सर्प बिषालु होईन, पहिचान गरि सर्पको उचित व्यवस्थापन गर्नको लागि बिद्यार्थिहरुलाई तालिम दिईएकोे सर्प संरक्षणकर्ता मोहन सुवेदीले बताउनु भयो । तालिम पछि बिषालु र अबिषालु सर्प चिनेर मानिसहरु पनि सर्पबाट बच्ने र सर्पको पनि व्यवस्थापन हुने सँगै उनीहरुको बासस्थानमा छोड्न सहज हुने उहाँले बताउनुभयो ।

गड्यौला मल उत्पादन, सर्प पहिचान तथा उद्धार तालिम एवम वेमौसमी तरकारी उत्पादन तालिमको समापन कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले पछिल्लो समय प्राबिधिक पढाइले बिद्यार्थीको जिवनमा ज्ञान र सिपको बिकास भएको बताउनुभएको छ । उहाँले बिद्यार्थीहरुले गड्यौला मल उत्पादन र सर्प पहिचान तथा उद्धार तालिम सिकेर जनमानसमा यस बारेमा जानकारी प्रदान गर्ने बिश्वास व्यक्त गर्नुभयो । गड्यौला मल उत्पादनले कृषि उत्पादनमा बृद्धि आउने र सर्प संरक्षण गर्नले वातावरण तथा पर्यावरणको जगेर्ना गर्न सकिने उहाँको भनाइ छ ।

यस्तै पछिल्लो समय मानिसहरुले गाई भैसि पाल्न छोडेको र प्राङ्गारिक मलमा कमी आएकाले माटोको उर्वराशक्ति बढाउन गड्यौला मल उत्पादन तालिम दिईएको कृषि प्राबिधिक धारका कोडिनेटर रुमन राज बहादुर सिंहले बताउनुभयो । किसानहरुले रासायनिक मल बढि प्रयोग गर्ने भएका कारण माटो बिग्रदै गएका कारण माटोको सुधार ल्याउन र कृषिमा प्राङ्गारिक मललाई जोड दिनको लागि गड्यौला मल उत्पादन गर्न सिकाईएको उहाँको भनाइ छ ।

बिद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बिद्यालयमा आफुहरुले प्राबिधिक धारको पढाई संचालन गरिरहेको र बिद्यार्थीहरुले सैद्धान्तिक ज्ञान सँगै प्रयोगात्मक र व्यवहारिक अभ्यास गर्दा सिकाई उपलब्धीमुलक भएको बताउनुभयो । पढाई सँगै बिभिन्न अभ्यास पनि हुने भएकाले पछिल्लो समय बिद्यार्थीहरुको चासो प्राबिधिक धार तर्फ गएको उहाँको भनाइ छ ।

शिवजन माध्यामिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेश बिकको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर-१ का वडाअध्यक्ष प्रदिप पाण्डे लगायत स्थानियको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक शेरजंग शाहले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार, ,  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्