हामी परिक्षण प्रसारणमा छौ




सल्यान  । दार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । निति तथा कार्यक्रम  दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी (अरुण) ले गाउँ  सभामा प्रस्तुत गर्नुभएको छ । जारी भएको कार्यक्रममा स्थानीय उत्पादनलाई नै केन्द्रबिन्दुमा राखिएको छ ।

‘उत्पादनमा वृद्धि, दार्माको समृद्धि’ अवधारणाका साथ दार्माको पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदाहरू संरक्षण,विद्युत,खानेपानी,सिचाइ,स्वास्थ ,शिक्षा,रोजगारमा लगानी केन्द्रित गर्ने नीति लिइने उल्लेख छ ।

यस्तै दार्मामा स्वास्थ्य सेवाको वृद्धीका साथै हप्तामा दुई पटक स्वास्थ्यकर्मी गाउँमा जानुपर्ने गरी घुम्ती स्वास्थ्य सेवाका साथै आयुर्वेदिक औषधी निशुल्क योगा तथा ध्यान जस्ता कार्यक्रमलाई नीति कार्यक्रममा समेटिएको छ ।

ठुला सिचाइ आयोजना, सोलार लिप्ट खानेपानीमा विद्युतको प्रयोग, विद्युत लिप्टबाट सिचाई व्यवस्था जस्ता कार्यक्रम ल्याएको छ । उर्जाको क्षेत्रमा विद्युत विस्तारको कामलाई तिव्रता दिदै हर घर बिजुली पुग्ने गरि कार्यक्रम अघि सारिएको छ।

आरन व्यवसायलाइ बालिघरे प्रथा नभई नगद ज्यालादारीको रुपमा विकास गर्न आरन उद्योगको स्थापना गर्ने, आयातित मसला रोकथाम गर्न स्थानीय रुपमा पाइने अदुवा, टिमुुर, दालचिनीबाट मसला उत्पादन गर्न उद्योग बनाइने नीति कार्यक्रममा समाबेश गरिएको छ । 


शिक्षाको क्षेत्रमा सबै विद्यालयमा दरबन्दि मिलान, विद्यालय समायोजन, शिक्षक तथा कर्मचारीलाइ माग र आवश्यकताका आधारमा परिचालन गरिने जनाइएको छ । यो बर्ष कठिन अबस्थामा रहेका विद्यार्थीलाइ छात्रवृत्ती प्रदान गरिनेछ भने बालबालिका संग अध्यक्ष कार्यक्रम संचालन गरिनेछ । नियमित अतिरिक्त क्रियाकलापको लागि प्रोत्साहनका साथै नमुना विद्यालयको अनुगमन भ्रमण, शिक्षा सम्मेलन,शैक्षिक प्रदर्शनी जस्ता कार्यक्रम गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

विद्यालयमा बालबगैचा, शौचालय, प्राथमिक उपचार बाकस, स्वच्छ खानेपानी, खेलमैदान, सरसफाई ,छात्रालाइ निशुल्क सेनेटरी प्याडका साथै इन्टरनेटबाट शिक्षणको प्रयोग संगै  पढ्दै कमाउदै कार्यक्रम संचालन समेत गरिने छ । वडामा खेल सामाग्री प्रदान गर्दै खेलकुद प्रशिक्षण संचालन गरिने नीति कार्यक्रममा गर्भवति महिलालाई घुम्ति शिविर मार्फत नि:शुल्क भिडियो एक्सरे गरिने उल्लेख छ ।
हरेक स्वास्थ्य संस्थामा गुणस्तरिय प्रयोगशालाको पबन्ध मिलाइनेछ भने अति अशक्त अपांग, ८० बर्ष माथिका जेष्ठ नागरिक, नियमित गर्भजाँच गराउने महिला र सुुत्केरीहरु, कडा रोग लागेका तथा नियमित डाक्टरकहाँ जाने विरामीका लागि निशुल्क एम्बुलेन्स सुविधा प्रदान गरिनेछ ।  

पोषण स्थीतीमा सुधार ल्याइनुका साथै गर्भवती महिलाहरुलाइ घुम्ती शिविर मार्फत निशुल्क भिडियो एक्सरे सेवा र सबै वडाहरुमा सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । महिलालाइ सामुहिक व्यवसाय संचालनका लागि अनुदान दिइनेछ भने सबैलाइ स्वरोजगार बन्न प्रेरित गरिनेछ । 

बालबालिका लागि शिक्षाको मुलधारमा ल्याइनुका साथै गरिव तथा विपन्न नागरिकको अभिलेखिकरण र जेष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गरिनेछ । सडक पुर्वाधार जिविकोपार्जनको आधार भन्दै नीति कार्यक्रममा नयाँ बनाउने भन्दा सडक स्तरोन्नतीलाई प्राथामिकतामा राखेको गाउँपालिकाले वडा कार्यालयमा बाह्रै महिना चल्ने सडक ग्रावेल तथा स्तरोन्नती गर्ने जनाएको छ । 

स्थानीय श्रम शक्तीको प्रयोग गर्ने जनाएको गाउँपालिकाले एक घर एक धारा निर्माणलाइ प्राथामिकता दिदै ठुला सिचाइ आयोजना, सोलार लिप्ट खानेपानीमा विद्युतको प्रयोग, विद्युत लिप्टबाट सिचाई व्यवस्था जस्ता कार्यक्रम ल्याएको छ । उर्जाको क्षेत्रमा विदयुत विस्तारको काम तिव्रता दिदै लोडसेडिकको समस्या समाधानका साथ वडा कार्यालयमा यसैबर्ष विजुली विस्तार गरिने जनाइएको छ । 

न्यूनतम २० युनिट भन्दा कम विद्युत खपत गर्ने विपन्न वर्गको विद्युत महसुल भुक्तानी गाउँपालिकाबाट गरिनेछ भने भवन बनाउदा अनिवार्य नक्सा पास गर्नुपर्ने व्यवस्थालाई कडाइ गरिनेछ । निर्माणधिन अस्पताल तथा प्रशासकिय भवन यसै बर्ष बनाइनुका साथै भवन नभएका वडा कार्यालयमा चाँडै पहल गरिने उल्लेख छ । 

एफ.एम रेडियो संचालनका लागि सहयोगका साथै सामुदायिक रेडियो र अन्य संचार माध्यामसंग सहकार्य र पत्रकारिता तालिम जस्ता कार्यक्रम संचालन गरिनेछ । दार्माको मुख्य बजार फारुलामा नि:शुुल्क वाइफाई, कार्यालयका उत्कृष्टलाइ कर्मचारीहरुलाइ सम्मान जस्ता कार्यक्रम नीति कार्यक्रम समेटिएको छ । नीति कार्यक्रममा कामलाइ उत्पादन र उत्पादनलाइ रोजगारीसंग जोड्ने उल्लेख छ । 

जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावल को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप-प्रमुख असविर बुढाथोकी,  दार्मा गाउपालिका नि बर्तमान उपाध्यक्ष  टिका शर्मा, उपाध्यक्ष  जुना मल्ल, प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर वली लगायत जनप्रतिनिधिको उपस्थिती थियो । 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार, ,  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्