हामी परिक्षण प्रसारणमा छौ

नेकपा नेतृत्वको सरकारविरुद्ध सल्यान कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

अहिलेको नेकपालाई देखेर माक्र्स र ऐगेंल्सले समेत लाज मान्ने अवस्था आयो : डिल्ली रेग्मी



सल्यान । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशभरका ७७ जिल्लामा एकसाथ बिरोध प्रदर्शन गरेको छ । शोमबार सल्यानसहित सबै जिल्ला र ठूला सहरहरुमा एकसाथ सरकारबिरुद्ध बिरोध प्रदर्शन गरेको हो ।

 

शोमबार सल्यान कांग्रेसले जिल्ला सदरमुकाम सल्यान खंलगामा आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको उपस्थीति रहेको थियो । नेपाली कांग्रेसले सल्यानमा पुरानो बसपार्कमा सभा गरेको थियो । उक्त सभालाई संम्बोधन गदै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मीले नेपालमा असली कम्युनिष्टको चरित्र भएको पार्टी नै नभएको भन्दै अहिलेको नेकपालाई देखेर माक्र्स र ऐगेंल्सले समेत लाज मान्ने अवस्था श्रृजना भएको बताए ।

 

सोही कार्यक्रममा बोल्दै पूर्व शिक्षा राज्यमन्त्री तथा कांग्रेस सल्यानका नेता राजेन्द्र बहादुर शाहले नेपाली कांग्रेस असल र सालिन पार्टी भएको बताए ।  कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व जिविस सभापनि तथा नेपाली कांग्रेसका नेता धुर्वराज पुरीले अहिलेको सत्तासिन नेकपा सरकार कमिसनखोर र भ्रष्टाचारीको मूख्य संरक्षक भएको बताए ।

सोही कार्यक्रममा सम्बोधन गर्दै महासमिति सदस्य तथा प्रदेश सभा निर्वाचनका उम्मेद्वार एकराज डाँगी, महासमिति सदस्य तथा त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, महासमिति सदस्य प्रेम डाँगी, शारदा नगरपालिकाका प्रमुख सुरेस अधिकारी, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, नेताहरु गोरख केसी, जिल्ला कमिटी सदस्य लोकराज आचार्य, नेविसंघ उपाध्यक्ष प्रेमनारायन विक, नेपाल शिक्षक संघ सल्यानका अध्यक्ष एकराज बुढाथोकीे लगायतले अहिलेको केपी ओली सरकारको कुनै काम नभएको जनाउदै यो सरकारको सबैले भण्डाफोर गर्न जरुरी रहेको बताएका थिए ।

कांग्रेस जिल्ला सभापति गणेश चन्दले अध्यक्षतामा सुरु भएको कार्यक्रममा सहभागीलाई सन्तोषसेन वलीले स्वागत गरेका थिए भने पार्टीका जिल्ला सचिव प्रकाश भण्डारीले कार्यक्रम संञ्चालन गरेका थिए ।
आजको कार्यक्रममा कांग्रेसको झण्डासहित कांग्रेसका नेता कार्यकर्ता कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले विरोध सभा भन्दा पहिले जिल्ला सदरमुकामका विभिन्न स्थानमा सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।

हेर्नुहोस् आज सल्यानमा आयोजित कांग्रेसको विरोध प्रदर्शनका केही तस्वीर –

तस्बिर सौजन्य : प्रेम नारायन बिके

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार, ,  १० : ५४ बजे

प्रतिक्रिया दिनुहोस्