हामी परिक्षण प्रसारणमा छौ



सल्यान । जिल्लाको सिद्ध कुमाख-३ स्थित निराजन माध्यमिक विद्यालयकी अस्मिता बोहरा ले ३.८४ जीपीए ल्याएर जिल्ला उत्कृष्ट भएकि छिन्। 

बुधबार प्रकाशित २०७८ सालको माध्यमिक शिक्षा परीक्षा मा अस्मिता जिल्लाकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेकी हुन् । सल्यानमा ३.८४ जीपीए ल्याउने उनी पहिलो परीक्षार्थी हुन्। २०७८ सालको एसईईमा देशभरबाट चार लाख ७३ हजार एकसय ११ जना सहभागी भएकोमा सल्यानबाट ४ हजार नौ सय ७२ मध्ये ४ हजार ७ सय ३ जना सहभागी भएका थिए। जसमध्ये साधारणतर्फ ४ हजार ४ सय ३३ जना र प्राविधिकतर्फ २७० जनाले एसईई दिएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सल्यानमा १७ जना विद्यार्थीले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएका छन् ।

बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा सल्यानमा साधारण तर्फ १६ जना र प्राविधिक तर्फ १ जना समेत १७ जनाले ३ दशमलव ६ देखि ३ दशमलव ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका सुचना अधिकारी (प्राविधिक सहायक) कपिल कुमार जोशीले सल्यानन्युज लाई बताए ।

सुचना अधिकारी जोशीका अनुसार साधारणतर्फ ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको संख्या  ८० रहेकाे छ । त्यस्तै २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या ३ सय रहेकाे छ ।

त्यसैगरी २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या ९ सय ६ रहेकाे छ भने २ दशमलव देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या १ हजार ५ सय १४ रहेकाे छ । त्यस्तै १ दशमलव ६ देखि २ जीपीए ल्याउनेको संख्या १ हजार २ सय ७ रहेका छन् भने शुन्य देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या ४ सय १० रहेकाे छ ।

यसैगरी प्राविधिक तर्फ ३ दशमलव ६ देखि ४ जीपीए ल्याउनेमा १ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीएमा १६ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जीपीएमा ४५ जना, २ दशमलव ४ देखि २ दशमलव ८ जीपीएमा १३५ जना, २ दशमलव देखि २ दशमलव ८ जीपीएमा ६४ जना, १ दशमलव ६ देखि २ जीपीएमा ९ जना र शुन्य देखि १ दशमलव ६ जीपीए ल्याउनेमा शुन्य रहेकाे सुचना अधिकारी जाेसीले बताए ।

जिल्ला कै उत्कृष्ट बनेर ३ दशमलव ८४ जीपीए ल्याएकी बोहरा प्राविधिक धार तर्फ अध्ययनरत हुन् । त्यस्तै साधारण तर्फका अन्य दुइजनाले ३ दशमलव ८ जीपीए ल्याएर जिल्लाका अब्बल भएका छन् । तिन जना मध्ये उत्कृष्ट पहिलो बन्न सफल निराजन माबि सिद्ध कुमाख कि अस्मिता बोहरा सिम्बोल नम्बर का आधार मा आफुहरुले पत्ता लगाएको र अन्य दुई जनाको पनि हेरिरहेको सुचना अधिकारी जोशीको भनाइ छ ।

निराजन माबि ढोरचौर का शिक्षक/शिक्षिका

के भन्छन् ,अस्मिता बारे उनका गुरु र अभिभावक !

जिल्लाको सिद्ध कुमाख-३ स्थित निराजन माध्यमिक विद्यालयका प्र.अ धर्मराज घर्ती मगर का अनुसार अस्मिता बोहरा निराजन माबिको एक लगनशील, परिश्रमी तथा मेहनति संगै पढाइमा एक अब्बल विद्यार्थी हुन् ।

‘नबुझेको विषयमा धेरै पटक सोधेर भएपनि त्यसबारे स्पस्ट हुने उनकाे स्वभाव थियो। पढाइलाई जहिले पनि पहिलाे प्राथमिकतामा राख्दै स्कुल नियमित आउने,सरल स्वभाव,मिलनसार,टिम वर्कमा काम गर्ने उनकाे स्वभाव र उनको लगनशीलता नै उनको सफलता मापन गर्ने आधार हुन् ।´ प्र.अ धर्मराज घर्ती मगरले बताए ।

यस्तै सल्यानन्युज संग कुरा गर्दै अस्मिता ले भनिन् ,’मैले जिल्लामै उत्कृष्ट हुन्छु सोचेको थिइन, तर मेहनत अनुसारको रिजल्ट राम्रो आएकोले म खुशी छु । मेरो मात्र मेहनतको फल भन्दा पनि मैले याे सफलता प्राप्त दिलाउन अहाेरात्र खट्ने मेरा सम्पुर्ण गुरुबर्ग तथा मेरो घर परिवार लाई विशेष सम्झेकि छु। मेरो सफलता मा मेरो मेहनत संगै उहाँहरुको मेहनत पनि जोडिएको हुँदा गुरुबर्ग र घरपरिवार को पनि यो नतिजा आउनुमा त्यतिकै महत्त्व छ । सम्पुर्ण गुरुवर्ग र अभिभावकाे सहयाेगका कारण नै मैले आज याे सफलता प्राप्त गरेकाे छु। अब मैले मेरो आगामी शैक्षिक यात्रालाई मेरो रुचिको विषय उहाँहरुको मार्ग निर्देशन अनुसार अझै मेहनत गरेर पढ्ने छु ।´

छोरी अस्मिता को सफलता ले आफुहरु खुशी भएको बुवा दुर्गा बहादुर बोहरा र आमा धनि बोहराले बताए । दुबैले सल्यानन्युज संग कुरा गर्दै भने, ‘घरमा नियमित निश्चित समयमा पढलेख गरेकैले छोरीले सफलता पाएजस्तो लाग्छ।अब हामीले यस्तो विषय पढ्,उस्तो पढ् भन्ने भन्दा पनि छोरी अस्मिताको रुचिको विषय पढ्न हाम्रो सुझाव छ।’

सिद्ध कुमाख-३ ढोरचौरमा रहेको निराजन माबि

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार, ,  २ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्