हामी परिक्षण प्रसारणमा छौ




तुलसीपुर । बागचौर नगरपालिका -४,मोख्याडाँडा (हाल तुलसीपुर -७) निवासी सुवास ओली ले तुलसीपुर स्थित पब्लिक ज्ञानज्योति बाट एसईईको नतिजामा ३ दशमलव ९५जीपीए ल्याएर दाङ जिल्ला उत्कृष्ट भएका छन्। 

बुधबार प्रकाशित २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ओली जिल्लाकै सर्वोत्कृष्ट नतिजा हाँसिल गर्ने मध्येका एक रहेको शिक्षा विकास तथा समन्वय इकाइ दाङका परिक्षा शाखा प्रमुख प्रमिला शर्माले सल्यानन्युजलाई जानकारी दिइन्। परिक्षा प्रमुख शर्मा का अनुसार दाङ मा ३.९५ जीपीए ल्याउने अन्य दुई मा तुलसीपुर स्थित पब्लिक ज्ञानज्योति बाट तुलसीपुर-६ निवासी रिक्कि बाबु भट्टराई र घोराही स्थित गोरखा माबि का उत्सब घिमिरे रहेका छन्।

२०७८ सालको एसईईमा देशभरबाट चार लाख ७३ हजार एकसय ११ जना सहभागी भएकोमा दाङ बाट १२ हजार ७ सय ८ मध्ये विविध कारण २६२ भएका अनुपस्थित थिए।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार दाङ मा ४७० जना विद्यार्थीले ३ दशमलव ६ देखि ४ जीपीए सम्म शिक्षा विकास तथा समन्वय इकाइ दाङ ले जनाएको छ ।

समन्वय इकाइ दाङ का अनुसार साधारणतर्फ ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको संख्या १४६७ रहेकाे छ । त्यस्तै २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या १ हजार ८ सय ४८ रहेकाे छ ।

त्यसैगरी २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या १ हजार नौ सय ९३ रहेकाे छ भने २ दशमलव देखि २ दशमलव ४ जीपीए ल्याउनेको संख्या २ हजार ४ सय ६८ रहेकाे छ । त्यस्तै १ दशमलव ६ देखि २ जीपीए ल्याउनेको संख्या २ हजार ६ सय ५८ रहेका छन् भने १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या १ हजार ५ सय १२ रहेकाे छ भने ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या ३० रहेको शिक्षा विकास तथा समन्वय इकाइ दाङका परिक्षा शाखा प्रमुख प्रमिला शर्माले सल्यानन्युजलाई जानकारी दिइन्।

दाङ तुलसिपुर स्थित पब्लिक ज्ञानज्योति स्कुल

गुरु र अभिभावकका नजरमा सुवास !

दाङ तुलसिपुर स्थित पब्लिक ज्ञानज्योतिका प्राचार्य सुरेन्द्र जिसी का अनुसार सुवास ओली आफ्नो स्कुल को एक लगनशील, परिश्रमी ,मेहनति र अनुसासित एक मेधावि छात्र हुन् ।

प्राचार्य सुरेन्द्र जिसिले सुवास को चालचलन राम्रो भएको बताउदै भने ‘पढाइलाई जहिले पनि पहिलाे प्राथमिकता राख्दै नियमित स्कुल आउने, उनकाे सरल स्वभाव, लगनशीलता ले नै यो सफलता पाएको मेरो निचोड छ ।´

छोरा सुवास को सफलता ले आफुहरु खुशी भएको बुवा बल बहादुर ओली र आमा मनिषा ओली ले सल्यानन्युज संग कुरा गर्दै भने, ‘घरमा सुवासको नियमित पढ्ने बानी थियो । सुवासले परिक्षा को समयमा समेत आफ्नै स्कुलका साथीहरू संग समुहमा बसेर समेत पढ्ने बानीले समेत यो सफलता पाएजस्तो लाग्छ। छोराको यो सफलताले हामी एकदमै खुशी छौं।’

सल्यानन्युज संगको कुराकानीमा सुवास ले भने ,’मेरो पढाइ ठिकै थियो,जिल्ला कै उत्कृष्ट हुन्छु भन्ने त थिएन तर रिजल्ट राम्रो आउँदा खुशी छु।घर परिवारको राम्रो साथ सपोट र बिद्यालयका सम्पुर्ण गुरुहरुको समेत मेहनतले गर्दा नै आज मैले सफलता पाएको जस्तो लाग्छ। मेरो बिचार यो नतिजाले मलाई अझ बढी जिम्मेवारी बढेको जस्तो लाग्छ। अब अहिले नै कुन विषय पढ्ने भन्ने मैले निर्णय गरिसकेको छैन । तै पनि मेरो रुचिको बिषय मैले अझ धेरै मेहनतका साथ अबस्य पढ्ने छु ।´

यसैगरी तुलसीपुर स्थित पब्लिक ज्ञानज्योति स्कुलले सुवास ओली र रिक्किबाबु भट्टराईलाई जिल्ला उत्कृष्ट विद्यार्थीका रूपमा घोषणा गरेकाे छ । यसैबीच सामुदायिक बिद्यालयका तर्फबाट गुरुजजुर नमूना माबि रक्षाचौर तुलसीपुर -४,का सैलेस शर्मा ले ३.९० जीपीए ल्याएर सामुदायिक तर्फबाट उत्कृष्ट बन्न सफल भएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार, ,  १० : १५ बजे

प्रतिक्रिया दिनुहोस्