हामी परिक्षण प्रसारणमा छौ



१३ भदौ,सल्यान । सल्यानको बागचाैर नगरपालिका -२,मा रहेको बागचाैर लिफ्ट खानेपानी आयोजना उद्घाटन गरिएको छ ।

कर्णाली प्रदेश सरकार र जिल्ला खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा निर्माण गरिएको बागचाैर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर के.सी.को अध्यक्षता, कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उप-महासचिव प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको विशिष्ट आतिथ्यता, बागचाैर नगरपालिकाका नगर उप-प्रमुख सुम्निमा डि.सी. वलीको आतिथ्यता, जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटा, विभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु उपभोक्ताहरु र पत्रकारहरुको उपस्थितिमा बागचाैर लिफ्ट खानेपानी उद्घाटन गरिएको हो ।

बागचाैर लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उप-महासचिव प्रकाश ज्वालाले स्वच्छ खानेपानी खान पाउने जनताको आधारभूत आवश्यकता भएको बताउनुभएको छ । खानेपानीका विषयमा सरकारले ध्यान दिन आवस्यक रहेको उहाँको भनाइ छ । संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विकास निर्माणका विषयमा दायित्व बोध गर्दै आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ‘उपभोक्ताहरुले पनि आफ्नो अधिकारका बारेमा सोच्नुपर्छ तर अधिकार खोज्दै गर्दा निर्माण भएका विकाश निर्माणका कुराहरुलाई संरक्षण समेत गर्नुपर्ने उहाँको भनाइ छ ।’ विकास निर्माणका सवालमा सम्पुर्ण राजनीतिक दल सबै सँग समन्वय गरि अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै लिफ्ट खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले खानेपानीको क्षेत्रमा जति समस्याहरु र चुनाैतीहरु छन् तेति नै अबसरहरु पनि रहेको बताउनुभएको छ । हामि सँग सिमित श्रोत साध छन् । समस्या र आवस्यक्ताहरु धेरै छन् । अब बागचाैर नगरपालिका भित्र खानेपानीका क्षेत्रका समस्याहरुको पहिचान गरि अगाडि बढ्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ । हामी यस्तै लिफ्ट खानेपानी अगाडि बनाउन प्रदेश सरकार र संघिय सरकार सँग विशेष पहल गर्ने छाैं उहाँले भन्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका उप-प्रमुख सुम्निमा डि.सी. ले स्वास्थ्य, खानेपानी र भाैतिक पूर्वाधारको हिसाबले बागचाैर नगरपालिका अगाडि बढेको बताउनुभएको छ । विकास निर्माणको सवालमा यो नगरपालिकाले अग्रगामी छलाङ मारेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार, ,  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्