हामी परिक्षण प्रसारणमा छौ



२५ भदौ,दाङ । नेकपा माओवादी केन्द्र दाङले मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लाबाट ४२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्र दाङको बैठकले प्रतिनिधिसभामा १६ र प्रदेशसभामा २६ गरी ४२ जनाको नाम समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको हो । प्रतिनिधिसभातर्फ सिफारिस हुनेहरुमा नारायणी शर्मा (खस आर्य महिला), शुष्मा शर्मा घिमिरे (खस आर्य महिला), शेषुुराम भण्डारी (खस आर्य/अपाङ्ग), लुमबहादुर कार्की (खस आर्य), कुदबुुद्धिन फारुकी (मुस्लिम), चुरामणी नेपाली (दलित), मोहन थापा (आदीवासी जनजाति) पर्शुनारायण श्रेष्ठ (आदीवासी जनजाति), डोमाकान्त कवर मगर (आदिवासी जनजाति), नरबहादुुर वली (खस आर्य), चन्द्रप्रकाश भट्टराई (खस आर्य), टंक बिष्ट (खस आर्य), सृजना चौधरी (थारु), सि.पी. शर्मा (खस आर्य तथा घाइते), खुशीराम चौधरी (घाइते तथा थारु) र आर.डी. यादव (मधेसी) रहनुभएको छ ।

(महिला), रामबहादुुर दहित (थारु/अपाङ्ग), दामा शर्मा (खस आर्य महिला), पुनम शेरपाईली (दलित/महिला), प्रमिता चौधरी(थारु/महिला), मिस्त्रीलाल गुप्ता (मधेशी), सद्दाम सिद्धिकी (मुस्लिम), खर्के सुनार (दलित), मानसिंह सुनार (दलित), जगबिर चौधरी (थारु), मीना बुढा (आदिवासी जनजाति) र सुशीला केसी (खस आर्य महिला) रहनुभएको छ ।
त्यस्तै सुशीला चौधरी (थारु/महिला), हिरालाल चौधरी (थारु), पुण्यप्रसाद चौधरी (थारु), पुष्पा यादव (मधेसी/महिला), रवि थापा (खस आर्य/घाईते), हिरा खड्का (खस आर्य/महिला), फडिन्द्र के.सी. (खस आर्य पुरुष), अमर कंवर (खस आर्य पुरुष), अमर नेपाली (दलित), झपेन्द्रसिंह चित्रकार (दलित), गौमती पुुन (आदिवासी जनजाति), दयाजी रोका मगर (आदिवासी जनजाति) र शान्तराज पन्थी (खस आर्य)लाई सिफारिस गरिएको माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङको चौथो पूर्ण बैठकले सो निर्णय गरेको हो ।

जिल्ला संयोजक तुलसीराम पुनको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य रेखा शर्माको प्रमुख आतिथ्यता एवं पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्य, पार्टीका केन्द्रीय सदस्यहरु हेमराज शर्मा, इन्द्रजीत थारु, धनबहादुुर मास्के, दामा शर्मा , नारायणी शर्मा, भीमकुुमारी बुढा, केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु शुुष्मा शर्मा घिमिरे, शेषुुराम भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य रामबहादुर दहित, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य मस्त श्रेष्ठ, लुम्विनी प्रदेश पार्टी अध्यक्ष सदर्शन बराल, पार्टीका प्रदेश सल्लाहकार समितिका अध्यक्ष नरबहादुर अधिकारी लगायतकाको उपस्थितिमा बैठक बसेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार, ,  ४ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्