हामी परिक्षण प्रसारणमा छौ



२५ भदौ,दाङ । तुलसीपुर उपमहानगरपालिका -५,दाङ मा मुख्य कार्यालय रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था को १२औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका सचिव दुर्गा प्रसाद शर्मा ले संचालक समितिको तर्फबाट आ.व. २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७९/०८० को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको थियो।

आर्थिक वर्ष ०७८/०७९ मा शेयर पुँजी १ करोड ३३ लाख २५ हजार ९ सय, बचत (निक्षेप) तर्फ ८ करोड ७६ लाख १९ हजार १ सय ४६.११ रुपैयाँ, वार्षिक कारोबार ३२ करोड २१ लाख ९२ हजार ९ सय ९१ रुपैँया ६३ पैसा पुर्याउन संस्था सफल भएको छ । त्यसैगरी संस्थाको जगेडा कोष तथा अन्य कोषमा १ करोड २९ लाख ५२ हजार ५ सय ६३.३८ रुपैँया रहेको छ ।

१२औं साधारण सभामा मन्तव्य राख्नुहुँदै संस्थाका अध्यक्ष रुप बहादुर खत्री

संस्थाले बचत तथा ऋण सहकारीहरुको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको कार्यक्रममा संस्थाका अध्यक्ष रुप बहादुर खत्री ले जानकारी दिनुभयो । संस्थाले गत आ.व.०७८/०७९ मा ५१ लाख ५० हजार ४ सय ९६ रुपैयाँ ६५ पैसा खुद मुनाफा आर्जन गरेको संस्थाका कोषाध्यक्ष पहल बहादुर रोकाहा ले प्रस्तुत गरेको प्रतिबेदन मा उल्लेख गरिएको छ।

१२औं साधारण सभामा सहभागी शेयर सदस्यहरु

संस्थाले सदस्यलाई उचित प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले आ.व. ०७८/०७९ मा ३ लाख ६० हजार ५ सय ३४.७२ रुपैयाँ आयकर तथा अन्य विभिन्न शिर्षकहरुमा राजस्वमा योगदान गरेको जनाएको छ ।

संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्तरगत विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको जनाएको छ । यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई विभिन्न सिप मुलक तालिम दिने,रक्तदान गर्ने, शेयर सदस्य तथा उनिहरुका सन्ततिलाई हरेक बर्ष विभिन्न बिधामा सम्मान लगायतका कार्यहरु गर्दै आइरहेको प्रतिबेदन मा उल्लेख गरेको छ । संस्थाले आगामी दिनमा प्रविधिमा आधारित सेवा एटिएम, मोबाईल बैकिङ, क्युआर सेवा समेत प्रदान गर्ने तर्फ अघि बढेको समेत जनाएको छ ।

१२औं साधारण सभामा संस्था का पदाधिकारी तथा कर्मचारी

आज सम्पन्न संस्थाको १२औं साधारण सभाका प्रमुख अतिथि दाङ जिल्ला सहकारी संघ का अध्यक्ष गोबिन्द प्रसाद शर्मा हुनुहुन्थ्यो । यस्तै,अथितिहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य युवराज नेपाली,सहयोगी साकोस का निबर्तमान अध्यक्ष कर्ण बहादुर वली,रारा बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष टोप बहादुर घर्ती लगायत अन्य थुप्रै ब्यक्तित्वहरु रहनुभएको उक्त सभाको संचालन संस्थाका सचिव दुर्गा प्रसाद शर्मा ले गर्नुभएको थियो।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार, ,  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्