हामी परिक्षण प्रसारणमा छौ



२४ असोज,सल्यान । आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सल्यान बाट १६ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरि संयुक्त रुपमा उम्मेदवारी दिएका छन् भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),नेकपा माले लगायतले भने एकल रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

सल्यान बाट प्रतिनिधिसभामा १ जना स्वतन्त्रसहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार प्रतिनिधिसभा सदस्यमा नेकपा माले बाट भिम बहादुर वली, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला, राप्रपाका नेत्रलाल श्रेष्ठ, नेकपा एमालेबाट राजेन्द्र वीर राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवनराज देवकोटाले उम्मेदवारी दिनु भएको छ ।

यस्तै स्वतन्त्रबाट राजेन्द्र बहादुर शाहले उम्मेदवारी दिनुभएको छ। नेपाली कांग्रेस बाट पूर्व शिक्षा राज्य मन्त्री समेत रहनुभएका स्वतन्त्र बाट उम्मेदवारी दिनुभएका शाह गठबन्धनका बागी उम्मेदवार का रुपमा चुनाव मा होमिनुभएको छ ।

स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाह र एकराज डाँगी

बागी उम्मेदवार बन्न सक्छन् ज्वाला लाई भारी !

कांग्रेस नेता तथा पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाह ले बागी उम्मेदवारी दर्ता गराएपछि गठबन्धनका उम्मेदवार प्रकाश ज्वाला लाई त्यसको असर पर्ने देखिन्छ । पूर्व जिल्ला सभापति राजेन्द्र बहादुर शाह ले बागी उम्मेदवारी दिनुले सल्यानका कांग्रेसीको मत काट्न सक्ने आँकलन कांग्रेस का बागी नेताहरुको दाबी छ ।
गत स्थानीय तह चुनावमा सल्यान का वडाहरुमा कांग्रेस एक्लैले ३३ हजार भन्दा बढी मत पाएको थियो ।

त्यसमध्येका धेरै जसो मत काटेर गठबन्धनका उम्मेदवारलाई हराउने राजेन्द्र बहादुर शाह को टिमको आकलन छ । शाह ले असन्तुष्ट सल्यानका कांग्रेसी कार्यकर्ताको मत काटेर प्रकाश ज्वाला लाई हराउने केहि कांग्रेस नेताको आकलन छ । तर,धेरै नेता तथा कार्यकर्ताले अन्तिममा शाह ले आफ्नो उम्मेदवारी फिर्ता लिने बिश्वासमा आफुहरु रहेको बताएका छन् ।

गत स्थानीय तहको चुनावमा गठबन्धन दलले पाएको मत को आँकडा हेर्ने हो भने सल्यान मा प्रकाश ज्वाला लाई चुनाव जित्न सहज  छ, तर कांग्रेसको मत काट्ने बागी उम्मेदवार ले अन्तिम सम्म आफ्नो उम्मेदवारी फिर्ता नलिएको अबस्थामा भने ज्वाला लाई निकै अप्ठेरो पर्न सक्छ ।

गठबन्धन का उम्मेदवार भिम प्रकाश शर्मा,प्रकाश ज्वाला र सुरेश अधिकारी

गत स्थानीय तहको चुनावमा वडामा गठबन्धनमा आबद्ध नेपाली कांग्रेस एक्लै ले प्राप्त गरेको ३३ हजार ६ सय १६ मत,माओवादी केन्द्रको २६ हजार ७ सय १३,एकीकृत समाजवादी को ९ हजार ४ सय ६७ मत लाई  आधार मान्दा सल्यान गठबन्धनमा आबद्ध दलले ६९ हजार ७ सय ९६ मत प्राप्त गरेका थिए । यस्तै नेकपा एमालेका उम्मेदवार ले २६ हजार ६ सय २८ मत ल्याएका थिए भने राप्रपा का उम्मेदवार ले २ हजार १ सय १७ मत ल्याएका थिए।

यि हुन् सल्यान बाट प्रदेशसभा का उम्मेदवार

सल्यान को प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट नेकपा  (माओवादी केन्द्र) का केन्द्रीय सदस्य भिम प्रकाश शर्मा , नेकपा एमालेका कुल बहादुर गिरी, राप्रपाका शिव बहादुर वलीले मनोनयन दर्ता गराउनु भएको छ । यस्तै स्वतन्त्रबाट एकराज डाँगी र तुले सुनारले उम्मेदवारी  मनोनयन दर्ता गराउनु भएको छ। स्वतन्त्रबाट उम्मेदवार दिनुभएका एकराज डाँगी नेपाली कांग्रेस का कर्णाली प्रदेश समिति को पदाधिकारी को पार्टी जिम्मेवारी मा हुनुहुन्छ ।

यस्तै सल्यान प्रदेशसभा (२) म सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुरेश अधिकारी, नेकपा एमालेका पोलिटब्युरो सदस्य गुलाबजंग शाह, राप्रपाका  नारायण कुमार शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका डण्डविर पुनको उम्मेदवारी परेको छ ।यस्तै स्वतन्त्रबाट निर्मल सिहं ले मनोनयन दर्ता गर्नुभएको छ।निरन्तर पानी परेकोले उम्मेदवारहरु ले छाता ओढेर सल्यान सदरमुकाम मा रहेको मुख्य निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिए ।

एमाले उम्मेदवार गुलावजंग शाह,राजेन्द्र विर राय र कुल बहादुर गिरी

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार, ,  ४ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्