हामी परिक्षण प्रसारणमा छौ



सल्यान । भारी वर्षाका कारण सल्यानमा करोडौंका संरचना बगाएको छ । दर्जन बढी घर भत्केका छन् । केही चौपाया मरेका छन् भने दुई दर्जन घरपरिवार बिस्थापित भएका छन् ।वर्षाका कारण सल्यान मा सबैभन्दा बढी कपुरकोट गाउँपालिका मा क्षति भएको पालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो ।

‘रातभरी खोजी र उद्धार टोली खटाएर मानवीय क्षतिहुनबाट जोगाएका छौं,’ उपाध्यक्ष भण्डारीले भने, ‘पशुधन र भौतिक संरचना तर्फको लाखौंको संरचना बगेका छन् ।’ यहाँका ग्रामीण सडक पनि ठाउँ ठाउँ मा पहिरोले गाडी जान नसक्ने भएको छ। राप्ती राजमार्गको दाङ-सल्यान तर्फको झन्डै ३० किमी सडक छियाछिया भएको छ ।

गएको मंगलबार रातिदेखि अत्यधिक वर्षाले शारदा नगरपालिका का विभिन्न स्थानमा त्यसको असर परेको नगरप्रमुख प्रकाश भण्डारी ले बताउनुभयो । ‘ श्रीनगरको भगवती खोला र सुके खोला मा एक्कासी आएको बाढीले घर भत्केर अन्न तथा लत्ताकपडा मा समेत क्षति गरेको छ,’ नगर प्रमुख भण्डारी ले भन्नुभयो, ‘हामी पीडित समक्ष छिटोभन्दा छिटो पुगेर सहयोग गरेका छौं ।’ पीडितलाई उचित क्षतिपूर्ति र राहत बितरण गर्न नगरपालिकाको बैठकले आवश्यक निर्णय गर्ने छ ।

जिल्लाको दार्मा गाउँपालिकामा पनि अत्यधिक वर्षाले दर्जन बढी ग्रामीण सडक बगेका छन् । ‘हिउँदमा लाखौं रकम मा बनेका सडक अहिले गाडी हिड्न नसक्ने बनेका छन्, तत्काल यातायात खुलाउन पहल भएको छ’ उहाँले भन्नुभयो, ‘नाली बनेका, ग्राभेल भएका सडक पनि नामनिसाना मेटिए ।’ अहिलेसम्मकै ठूलो वर्षाले यस्तो क्षति व्यहोर्नु परेको पालिका अध्यक्ष केसीले बताउनु भयो ।

यस्तै जिल्ला को बागचौर नगरपालिका मा समेत अत्यधिक वर्षाले मानविय क्षति नभए पनि लाखौं धनजनको क्षति पुगेको नगर प्रमुख जनकराज गौतम ले जानकारी दिनुभयो । लगभग तिन दिन त ग्रामीण सडककै यातायात ठप्प जस्ते थियो । ‘सडकैभरी रुख ढलेका,स्थानीय खोला बडेको र मानिसहरू दशै मानेर गन्तव्य मा जान समेत निकै कठिन भएको थाहा पाएपछि उद्दारमा खटियौं’ नगर प्रमुख गौतम ले भन्नुभयो, ‘मानवीय क्षति भएको छैन अब हाम्रो पहिलो प्राथमिकतामा ग्रामीण स्थानीय सडक सुचारु गराउनेमा हुनेछ ।’

अत्यधिक वर्षाले शारदा खोला छेउछाउमा लगाइएको खेतीबाली समेत बाढीले नष्ट भएको छ । धान रोपेका खेत बगाएको छ । रुख ढलेर जिल्लाका ग्रामीण बाटोमा क्षति पुगेको देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार, ,  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्