हामी परिक्षण प्रसारणमा छौ



सल्यान । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) ले सत्ता गठबन्धनसँगको निर्वाचन क्षेत्र बाँडफाँटमा भएको सहमति अनुसार एकीकृत समाजवादीले प्रतिनिधि सभाका सल्यान सहित १९ सिटमा प्रतिस्पर्धा गर्दैछ। 
यी १९ मध्ये माधवकुमार नेपाल उम्मेदवार बनेको रौतहट-१ बाहेक कुनै पनि क्षेत्रमा यो दलको उल्लेख्य मत छैन। तर सत्ता गठबन्धनको मत भने अधिकांश ठाउँमा एकदमै बलियो छ। त्यसैले यो दलका अन्य उम्मेदवारले जित्न गठबन्धनका अन्य दलको मत ‘ट्रान्सफर’ हुन अति आबस्यक देखिन्छ ।

एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला का लागि यो निर्वाचन सल्यान मा यस कारण पनि पेचिलो बनेको छ कि उसले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिनुभएका नेपाली कांग्रेस का नेता तथा पुर्ब मन्त्री राजेन्द्र बहादुर शाह र पूर्व ‘माउ’ पार्टी नेकपा एमालेका राजेन्द्र बिर रायसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता आइपरेको छ । 

स्थानीय तहमा पालिका अध्यक्ष र वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत हेर्दा सल्यानका अधिकांश स्थानीय तहमा एकीकृत समाजवादीलाई कांग्रेस र माओवादी केन्द्रको धेरै मत ट्रान्सफर का लागि आ-आफ्ना स्थानीय नेता तथा कार्यकर्तालाई सहमत गराउन गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्र का सल्यान का शीर्ष नेतृत्वलाई अहिले निकै चुनौती छ।

फाइल फोटो

स्थानीय तहमा कस्को मत कति ?

गत स्थानीय तहको चुनाव मा पाएको मत लाई आधार मान्दा गठबन्धनका उम्मेदवार सल्यानमा सहज स्थितिमा रहेको मान्न सकिन्छ। सल्यानमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका प्रकाश ज्वाला एमालेका राजेन्द्र बिर रायसँग प्रतिस्पर्धा छ ।गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूको मत परिणामअनुसार सत्ता गठबन्धन नेकपा एमाले भन्दा ४३  हजार १७६ मतले अघि छ।

सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत ६९ हजार ८०७ रहेको छ भने एमालेका वडाध्यक्षहरूको मत २६ हजार ६२८ रहेको छ। सत्ता गठबन्धनका कांग्रेसका उम्मेदवारहरूको मत ३३ हजार ६१६ रहेको छ भने माओवादी केन्द्रको मत २६ हजार ७ सय १८ र एकीकृत समाजवादीको मत ९ हजार ४ सय ६७ रहेको छ ।

एमाले का उम्मेदवार राजेन्द्र वीर राय र स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाह

डबल राजेन्द्र बन्न सक्छन् ज्वाला लाई भारी !

गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिनुभएका नेपाली कांग्रेस का नेता राजेन्द्र बहादुर शाह को वास्तविक मतको भेउ थाहा नपाउदा र पूर्व ‘माउ’ पार्टी नेकपा एमालेको चुनावी रणनीति बुझ्न नसक्दा गठबन्धनका उम्मेदवार प्रकाश ज्वाला संगै गाठबन्धनमा आबद्ध दल ले समेत आक्रामक चुनावी अभियानको थालनी गर्न नसकेको अबस्था छ।

नेपाली कांग्रेस भित्रको पार्टी अन्तर कलहले प्रतिनिधि सभामा पार्टीका कति मत ज्वाला तर्फ ट्रान्सफर हुनसक्छन् भन्ने यथार्थ  डाटा जिल्ला पार्टी ले अहिलेसम्म पाउन नसकेकोले संयुक्त चुनावी अभियान मा ढिलाइ भएको एक कांग्रेस नेताको दाबी छ।

यस्तै माओवादी केन्द्र सल्यानले १० वटै पालिकामा गरेको आन्तरिक पार्टी बैठकमा सम्पुर्ण पालिका कमिटीले आफ्नो पार्टी लाई हित हुने सर्त सहित मात्र संयुक्त चुनावी अभियान मा    होमिने निर्णय गरेकाले गठबन्धनका उम्मेदवार थप गम्भीर भएको आफुले पाएको गठबन्धनमा आबद्ध एक जिल्ला स्तरीय नेताले सल्यानन्युज लाई बताउनु भयो ।

तर गठबन्धन दल आबद्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा का सल्यानका समानुपातिक उम्मेदवार रत्न बहादुर वलीले आइतबार (आज) सल्यान खलंगामा हुने गठबन्धन दलको जिल्ला स्तरीय संयुक्त कार्यकर्ता भेला पछि गठबन्धन दल एकमत का साथ ठोस कार्यक्रम लिएर आफ्ना साझा उम्मेदवार का साथ चुनावी कार्यक्रममा होमिने दाबी गर्नुभयो।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार, ,  ४ : २५ बजे

प्रतिक्रिया दिनुहोस्