हामी परिक्षण प्रसारणमा छौ



सल्यान । ७९ हजार ३३ मतदाता रहेको सल्यान प्रदेश सभा (ख) मा यसपटक सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस का सुरेश अधिकारी र नेकपा एमालेका कर्णाली प्रदेश सहइञ्चार्ज गुलाबजजंग शाह बिच कडा प्रतिस्पर्धा प्रतिस्पर्धा हुँदैछ ।

नेकपा एमालेका कर्णाली प्रदेश सहइञ्चार्ज समेत रहनुभएका शाहले दोस्रो पटक पनि प्रदेश सभा को चुनावी मैदान मा होमिनुभएको छ । २०७४ को निर्वाचनमा सल्यान (क) बाट नेपाली कांग्रेसका एकराज डाँगी र स्वतन्त्र उम्मेदवार भिमप्रकाश शर्मा लाई फराकिलो मतअन्तरले पछी पार्दै १९ हजार ६५८ मतका साथ चुनाव जित्नु भएका शाहले यो पटक केहि रणनीतिका साथ प्रदेश  सभा (ख) बाट उम्मेदवारी दिनुभएको एमाले स्रोतको दाबी छ।

गठबन्धनका साझा उम्मेदवार सुरेश अधिकारी चुनावी घरदैलो अभियानमा

एमाले विभाजनको असर र अर्कोतर्फ सत्तारुढ गठबन्धन हुँदा शाहलाई अहिले त्यति सहज नदेखिएको कारण आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्नुपर्ने बाध्यता आएको हो । यस्तै सत्ता गठबन्धनले शाहको प्रतिस्पर्धीको रूपमा कांग्रेसका सुरेश अधिकारीलाई चुनावी मैदानमा उतारेको छ । सल्यानको यस क्षेत्रमा अधिकारीको प्रभाव उत्तिकै बढ्दो क्रममा रहेकोले र यसअघि शारदा नगरपालिकाको प्रमुख भएकोले पनि यि दुई बिच रोचक चुनावी भिडन्त हुने यस क्षेत्रका मतदाताको भनाइ छ।

गठबन्धनका अधिकारी र एमालेका शाह बिच पेचिलो प्रतिस्पर्धा

गठबन्धनका साझा उम्मेदवार सुरेश अधिकारी उनी कांग्रेसका तर्फबाट उम्मेदवार मात्र नभै सोही क्षेत्रका कांग्रेस पार्टी को क्षेत्रीय सभापति समेत भएकोले २०५१ पछि अर्थात २८ बर्ष पछि आएको यस्तो मौकालाई चुक्न नदिन स्वयंम उम्मेदवार र  नेपाली कांग्रेस लागी परेको अवस्था छ। गठबन्धनका उम्मेदवार अधिकारीले आफु २०४७ सालदेखिनै कांग्रेसको राजनीतिमा आबद्ध भएकोले र गठबन्धन दलको साथले गर्दा यसपटक आफु निर्वाचनमा विजय हुने दाबी गर्नुहुन्छ।

मतदाताको दैलोमा एमालेका उम्मेदवार गुलावजंग शाह

यस्तै नेकपा एमालेका कर्णाली प्रदेश सहइञ्चार्ज समेत रहनुभएका शाहले पार्टी र स्वयंम आफ्नो राजनीतिक अस्तित्वको लागि दोस्रो पटक पनि प्रदेश सभा को चुनावी मैदान मा आफ्नो पक्षमा जित निकाल्न चुनावी मैदानमा होमिएको अवस्था छ। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन पाँचौंमा आबद्ध भएर राजनीतिमा होमिएका एमाले नेता शाह पार्टीका पोलिटब्युरो सदस्यसमेत हुनुहुन्छ । शाहले पनि मंसिर ४ मा हुने निर्वाचनमा आफुले नै जित्ने दाबी गर्नुभएको छ।

स्थानीय तहको मत लाई आधार मान्दा को बलियो ?

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा यो क्षेत्रमा एमाले एक्लै को १६ हजार २२३ मत छ । यस्तै, कांग्रेसको १६ हजार १२७, माओवादी केन्द्रको ११ हजार ३२९ र एकीकृत समाजवादीको ५ हजार १७६ मत छ ।

यसरी सत्तारुढ गठबन्धनका तीन दलको मत जोड्दा ३२ हजार ६३२ हुन्छ । यो आधारमा एमाले का उम्मेदवार शाहको  मतभन्दा गठबन्धनका अधिकारी को मत दोब्बर बढी देखिन्छ ।स्थानीय तहको मत परिणामअनुसार एमालेका शाहलाई चुनाव जित्न निकै कठिन हुने देखिन्छ । तर यस पटक को निर्वाचनमा शाह/अधिकारीबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

एमालेको सांगठनिक अवस्थासमेत कमजोर भएको अवस्थामा समेत शाहले यहि भूगोल रोज्नुलाई विभिन्न कोणबाट हेर्ने गरिएको छ । टिकट वितरण प्रक्रियामा भएको कांग्रेस भित्रको पार्टीअन्तर कलह,माओवादी केन्द्र को संघ अनि प्रदेश मा आफ्नो उम्मेदवार नभएको अवस्था र राजेन्द्र बहादुर शाह को स्वतन्त्र उम्मेदवारीको प्रभाव लाई सुरेश अधिकारी ले बेलैमा नबुझे उनलाई चुनाव जित्न निकै कठिन हुने गठबन्धन दलकै नेताहरू बताउने गर्छन् ।

सल्यानको प्रदेश सभा (ख) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणकुमार शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका डण्डवीर पुन, जनता समाजवादी पार्टी नेपालका अशोक रेउले र स्वतन्त्रबाट निर्मल सिंह चुनावी मैदान मा होमिनु भएको छ। यस निर्वाचन क्षेत्र अन्तर्गत शारदा नगरपालिकाको वडा नम्बर ५ देखि १५ नम्ब सम्म, वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ देखि १२ सम्म पर्दछन् । यस्तै कालिमाटी, त्रिवेणी, छत्रेश्वरी, कपुरकोट गाउँपालिका यही क्षेत्रमा पर्दछन् ।

सत्तारुढ गठबन्धन दलका जिल्लाका अगुवा नेता

के भन्छन् सल्यानका नेता/ युवा नेता ?

गठबन्धनका नेताहरुले टिकट वितरणको समस्या र विगतको तीतो अनुभवलाई भुलेर आफ्ना उम्मेदवार जिताउन प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन्। आइतबार मात्र गठबन्धन दलले संयुक्त रुपमा सदरमुकाम खलंगामा आफ्ना नेता कार्यकर्ता सामु सो कुरा बताएका थिए।

देशभर एमाले नेतृत्वको गठबन्धन र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा रहेकाले सल्यान जिल्लामा पनि गठबन्धनमा आबद्ध दलका नेताहरुले त्यहीअनुसार भूमिका निर्वाह गर्ने माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री टेकबहादुर बस्नेतले बताउनु भयो। 

नेपाली कांग्रेस का जिल्ला सभापति केश बहादुर बिष्ट,एकीकृत समाजवादीका उदय बोहराले पनि यो गठबन्धन प्रतिगामी शक्ति का विरुद्ध भएकोले सल्यान मा गठबन्धनका सझा उम्मेदवारको जित सुनिश्चित भएको बताउनु भयो ।

यस्तै सल्यान मात्र नभएर कर्णाली प्रदेश एमालेको उच्च नेतृत्व ले समेत सल्यान प्रदेश सभा (ख) को चुनावी नतिजा पार्टीकै प्रतिष्ठासँग जोडिएको बताउँदै एमाले सल्यानका नेता गोबिन्द पुन ले आफ्नो पार्टी का उम्मेदवारले जित्ने दाबी गरेका छन्।स्थानीय तहको मत नियाल्दा गठबन्धन दल बलियो भए पनि एमालेका जिल्ला सदस्य तथा दार्मा गाउँपालिका इन्चार्ज गणेशमान सिंह ले एमाले उम्मेदवार अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको तर्क गर्दै सकेसम्म आफ्ना उम्मेदवारले जित्ने दाबी गर्नुभयो । 

तर,सल्यानको यस क्षेत्रमा जनताको समस्यालाई समाधान जस्ले गर्न सक्छ,जुन उम्मेदवारले जनताको जिवनस्तर बदल्ने एजेन्डा ल्याएको छ,जुन उम्मेदवारमा जिम्मेवारीमा गएर काम गर्न सक्ने क्षमता छ त्यस्तो उम्मेदवार रोज्ने मतदाताको संख्या यस क्षेत्रमा समेत रहेकोले अहिले नै कुन उम्मेदवार ले जित्छ ? को उम्मेदवार कमजोर छ ? भन्ने प्रश्नको उत्तर दिन ग्राहो भएको यहि निर्वाचन क्षेत्र अन्तर्गत त्रिबेणी गाउँपालिका लुहाम निवासी राजेन्द्र श्रेष्ठको तर्क छ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार, ,  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्