हामी परिक्षण प्रसारणमा छौ

छत्रेश्वरीमा दाहाल – नेपाल समूहको अगुवा कार्यकर्ता भेला सम्पन्न

ओलीले चालेको पछिल्लो कदम अराजकताको पराकाष्ठा : बस्नेत



 

छत्रेश्वरी । दाहाल नेपाल समूहको नेकपाले छत्रेश्वरी गाउँकमिटी स्तरिय अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण सम्पन्न गरेको जनाएको छ ।

छत्रेश्वरी गाउपालिका ६ भोटेचौरमा भएको उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकबहादुर बस्नेतले नेकपा पार्टी बिभाजन गर्ने उदेश्यले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक तथा अराजकताको पराकाष्ठा भएको बताए । बस्नेतले भने,‘ नेपालको संविधान बिपरित प्रधानमन्त्रीले संसद बिघटन गर्नुले प्रधानमन्त्री तथा राष्टपतिको अलोकतान्तान्त्रिक गतिविधिको नाङ्गो हस्तक्षेप भएको पुष्टि गरेको छ । ’

पूर्व सामान्य प्रशासन मन्त्री बस्नेतले नेपालको संघीय गणतन्त्र नै धरापमा पार्ने गरी गरिएको प्रतिगमनकारी कदमलाई गैरसंवैधानिक तथा नेपालको हित बिपरित भएको बताए । प्रधानमन्त्रीको यस कार्य अमेरिकी र भारतको योजनावद्ध तरिकाले आएकोले यसको बिरोध तथा प्रतिरोधात्मक कार्यक्रम गर्नु नै लोकतान्त्रिक राजनीति संस्कार भएको भन्दै बस्नतेले सबै लोकतान्त्रिक पक्षधर एक हुन आग्रह गरे ।

संघीय गणतन्त्र नेपाल स्थापना गर्न जनयुद्ध जनआन्दोलन तथा मधेस आन्दोलन ठुलो भुमिका रहेको र जनताको जनमतको कदर गर्न केपी ओलीले नसकेकोले संघीय गणतन्त्रको रक्षा गर्न चरणबद्ध आन्दोलन घोषणा गरी सडकमा खबरदारी गर्दै आम पार्टी कार्यकर्ता तथा परिवर्तनको पक्षमा उभिएका जनसमुदाय समक्ष प्रतिगमनकारी को बिरुद्ध आन्दोलन गर्ने कार्यक्रम लिएर टोल टोल सम्म जानू पर्ने उनको भनाई थियो ।

नेकपा छत्रेश्वरी गाउँपालिका इन्चार्ज हरी केसी तथा त्रिवेणी इन्चार्ज टिका बुढाथोकी (झरणा) ले आफ्ना धारणा राखेका थिए । उनीहरुले पार्टीको आन्तरिक समस्या सामाधान गर्न नसकेको तथा पार्टीलाई बिभाजन गरी गैरलोकतान्त्रिक शक्तिलाई साथ दिएको आरोप लगाएका थिए । उक्त भेलालाई सम्बोधन गर्ने क्रममा केसी र बुढाथोकीले केपी वलीले गरेको गैरकम्युनिष्ट चरित्रले पार्टीको एकताको लागी सल्यानबासी जनसमुदायले यही पौष १४ गते प्रतिगनका बिरुद्ध गरेको बृहत बिरोध कार्यक्रमले प्रतिगमनकारी लाई मुखैभरीको जवाफ दिएको बताएका थिए ।

कार्यक्रममा जिल्ला सदस्य चित्र बहादुर केसी (भास्कर)ले प्रधानमन्त्रीले सत्तारूढ पार्टी तथा कम्युनिस्ट पार्टी बनाउन नचाहेको बताए । भाष्करले प्रतिगमनकारीका बिरुद्ध बस्ती बस्तीमा खबरदारी कार्यक्रम लिएर प्रतिगमणका बिरुद्ध आम जनसमुदायलाई गोलबन्द गरी अलोकतान्त्रिक कदमका बिरुद्ध पार्टीलाई नियन्त्रण तथा सुन्तलनमा राख्न अब सबै कार्यकर्ता चनाखो भएर लाग्ने दिन आएको बताए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार, ,  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्