हामी परिक्षण प्रसारणमा छौ



दाङ । नेपाल औषधि ब्यवसायी संघ,जिल्ला शाखा दाङको आयोजनामा स्वास्थ सेवा प्रवाहमा “गुणस्तरीयता र प्रभावकारिता” विषयक अन्तरक्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ।

मंगलबार आज तुलसीपुरमा भएको उक्त अन्तरक्रियामा बोल्दै नेपाल औषधि थोक ब्यवसायी संघ,लुम्बिनी प्रदेश अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका शालिकराम आचार्यले आफुहरु राज्यको नियम कानुन अनुसार स्वास्थ क्षेत्रमा अनबरत रुपमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो,’सानोतिनो टेक्निकल कमजोरी लाई अनावश्यक तन्काउने भन्दा राज्यले नै आफ्नो अनुगमन प्रणालीमा र निति नियममा सुधार गर्न आवश्यक देखिन्छ।’

यस्तै नेपाल औषधि ब्यवसायी संघ,जिल्ला शाखा दाङका अध्यक्ष  बिष्णु प्रसाद पौडेल ले पछिल्लो समय औषधि फार्मेसी पढेकाले मात्र बेच्न पाउनुपर्ने भन्ने हल्ला चलेको भएपनि राज्यले नै आफुहरुलाई औषधि पसल संचालन गर्न अनुमति दिएको तर बजारि हल्लाले आफुहरु राज्यको निति नियम रहदा समेत डराएर सेवा दिनुपर्ने अवस्थामा रहेको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका स्वास्थ शाखाका बिष्णु गिरीले स्वास्थ क्षेत्र अत्यन्त मर्यादित र संबेदनसिल रहेको भन्दै राज्यको नितिलाई आत्मसात गर्दै आम नागरिकलाई स्वास्थ सेवा दिनुपर्नेमा सबै लाग्नुपर्ने बताउनुभयो छ।
‘कानुन भन्दा बाहिर गएर कोहि कसैले काम गर्न मिल्दैन । अब तुलसीपुरका स्वास्थ संग सम्बन्धित सबै क्षेत्रको अनुगमन हुन्छ। सबैले सुधार गर्न आवश्यक छ। सरोकार वाला जो कसैलाई केहि  अस्पष्ट लागेको खण्डमा सम्भव भएसम्म जिल्ला संग र सम्बन्धित पालिकासँग समन्वय गर्न आवश्यक छ।’

दाङका पुराना स्वास्थ्यकर्मि ओम प्रकाश गुप्ताले  एकातिर २०३०/ ४० सम्मका कानुन अहिले सम्म राज्यले संसोधित नगर्दा ८ कक्षा पास लाई औसधि सम्बन्धि तालिम दिएकै भरमा औषधि बिक्रि गर्न पाउने नियम राखिराख्नु,अर्कोतिर २०५७ पछी फार्मेसी पढ्नेहरूले मात्र औसधि बेच्न पाउने नियम बनाएको तर त्यस अघि प्रमाण पत्र पाएकाले बेच्न नपाउने भन्ने नभएकोले आफुहरु संग अहिले सबैले सबैको अस्तित्वलाई स्विकार्दै अघि जानुको बिकल्प नभएको तर्क गर्नुभयो ।

स्वास्थकर्मि देबु बस्नेतले स्वास्थ संस्थाको अनुगमन गर्नपहिला मिडिया आउने कि जनस्वास्थ्य कार्यालय ? भन्दै पुराना स्वास्थ कर्मिले हाल सास्ती खेप्न परेको अबस्था आएको बताउनुभयो । राज्यको निति नै समय अनुकुल नभएको भन्दै उहाँले भन्नुभयो ‘गाउँपालिका,नगरपालिका ले अहिले आर्युबेदको नाममा  जथाभावी औषधिसमेत  निर्माण गरेको छ,हामिले ५ करोड खर्च गर्दा समेत नपाउने अवस्था छ।’

राज्यकै स्वास्थ कार्यालयमा सहायक ले औषधिसमेत दिइरहेको अबस्था अहिले पनि ग्रामीण क्षेत्रमा समस्या रहेको भन्दै त्यता पनि सबैको नजर जान आवश्यक रहेको बताउनुभयो । यस्तै,अर्का स्वास्थकर्मि दिपेन्द्र न्यौपाने ले आफुले राज्यका विभिन्न निकाएमा पैसा तेरेको अबस्था तर सानो कारणले आफुहरु पीडित हुनुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।

उक्त कार्यक्रममा औषधि ब्यवसायी राजेन्द्र कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङ शाखाकोषाध्यक्ष सरद रेग्मीले,लाइभ दाङ डटकम का सम्पादक दिपक बोहरा लगाएत अन्य अतिथिहरुले महत्त्वपूर्ण मानिएको स्वास्थ क्षेत्र प्रति सबै पक्ष सजग हुनुपर्ने र राज्यको निति अनुसार आफ्नो काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागीबाट उठेका जिज्ञासा र प्रश्नको जवाफ कार्यक्रमका प्रमुख अतिथि शालिकराम आचार्यले दिनुभएको थियो । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यक्रमका बारेमा प्रकाश पर्नु भएको थियो । यस्तै नेपाल औषधि व्यवसायी संघ दाङका सचिब सुनिल रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहजीकरण संघका महासचिव श्याम कुमार गिरीले गर्नु भएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार, ,  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्