हामी परिक्षण प्रसारणमा छौ



दाङ – लुम्बिनी प्रदेश स्तरीय २५ औं न्यु होराइजन हाजिरी जवाफ प्रतियोगिता शनिबार लमहीमा सम्पन्न भएको छ । प्रतियोगितामा तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर प्रथम, मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराही द्वितीय र जनज्योति विद्या मन्दिर घोराही तृतीय भएका छन ।

प्रथम हुने तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुरले ६ हजार नगद रुपैयाँ, प्रमाणपत्र र ट्रफी, द्वितीय हुने मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराहीले ४ हजार पांच सय नगद, प्रमाणपत्र र ट्रफी, र तृतीय हुने जनज्योति विद्या मन्दिर घोराहीले ३ हजार नगद रुपैयाँ, प्रमाणपत्र र ट्रफी हात पारेका छन् ।

न्यु होराइजन अंग्रेजी आवासीय माध्यामिक विद्यालय बुटवलले आयोजना गरेको यस प्रतियोगितामा प्रदेशका वीसवटा निजि तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले बताउनु भयो । प्रथम स्थान ल्याउन सफल तुलसी आवासीय माबि कक्षा १० का भरत ओली, गितेश शर्मा र निलिमा बेल्वासेले यस्तै रचनात्मक कार्यक्रमले आफुहरुको थप ब्यक्तित्व बिकास हुने र आफुहरुको मेहनत थप निखारिने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पढाई बाहेक बाह्य ज्ञान हुन आवश्यक रहेको बताउनु भयो । हरेक व्यक्तिमा फरक फरक कला हुन्छ, क्षमता हुन्छ, त्यस्ता अदभूत क्षमतालाई विद्यार्थीले प्रदर्शन गर्दै अगाढी बढ्नु पर्ने धारणा राख्नु भयो ।

आजै लुम्बिनी प्रदेशका पाल्पा केन्द्रमा तेइस, बुटवल केन्द्रमा बाउन्न र दाङ केन्द्रमा वीस वटा निजि तथा सामुदायिक विद्यालय विच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न भएको प्रतियोगिताबाट प्रथम र द्वितीय भएको विद्यालयलाई यहि पुस १५ गते बुटवलमा हुने फाइनल प्रतियोगितामा सहभागी गराइने उपप्राचार्य श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रम विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठको अध्यक्ष तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । न्यु होराइजन अंग्रेजी आवासीय माध्यामिक विद्यालयका शिक्षक प्रकाश खनालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक प्रकाश गौतमले गर्नु भएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार, ,  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्