हामी परिक्षण प्रसारणमा छौ



दाङ । लुम्बिनी प्रदेश स्तरीय २५ औं न्यु होराइजन हाजिरी जवाफ प्रतियोगिता शुक्रबार बुटवलमा सम्पन्न भएको छ । प्रतियोगितामा तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर प्रथम,बुटवलको एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुल द्वितीय र बुद्ध पब्लिक मावि देवदह तृतीय भएका छन् ।

न्यु होराईजन अंग्रेजी मावि बुटवलले आयोजना गरेको २९ औ प्रदेशस्तरिय हाजिरिजवाफ प्रतियोगितामा बुटवल, पाल्पा र दाङको लमहीमा भएको छनोट चरणबाट ६ वटा विद्यालय फाइनल राउण्डमा प्रवेश गरेका थिए । तीनवटा केन्द्रमा करिब १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक गणेश भण्डारीले बताउनु भयो।

फाइनल राउन्डमा प्रथम भएको तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर दाङले ३० हजार नगद पुरस्कार,शिल्ड र प्रमाणपत्र पाएको छ । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः २० र १५ हजार रुपैयांका दरले नगद पुरस्कार,शिल्ड र प्रमाणपत्र पाएका छन् । २०४६ सालमा स्थापना भई देशकै उत्कृष्ट निजी विद्यालयको पहिचान बनाएको न्यु होराइजनले २०४८ सालदेखि जिल्लास्तरीय हाजिरिजवाफ प्रतियोगिता शुरु गरेको थियो । केही वर्ष यता प्रतियोगितालाई स्तरोन्नति गरी प्रदेशस्तरीय बनाइएको जनाएको छ।

विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले बताउनु भयो । फाइनल राउन्डमा प्रथम स्थान ल्याउन सफल तुलसी आवासीय माबि कक्षा १० का भरत ओली, गितेश शर्मा र निलिमा बेल्वासेले यस्तै रचनात्मक कार्यक्रमले आफुहरुको थप ब्यक्तित्व बिकास हुने र आफुहरुको मेहनत थप निखारिने बताउनु भयो ।

यस अघि तिनवटा केन्द्रमा पहिलो चरणको टिम छनौट गरिएको थियो । जसअनुसार बुटवल केन्द्रमा ४२ वटा विद्यालयले प्रतिस्पर्धा गरेकामा प्रथम भएको देवदह बुद्ध पब्लिक मावि र दोस्रो भएको एभरेष्ट बोर्डिङ हाई स्कुल स्कुल बुटवल फाइनलमा प्रवेश गरेका थिए। यस्तै कालिका मानवज्ञान मा वि तेस्रो भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।

यस्तै पाल्पा केन्द्रमा भएको छनौट चरणमा २३ बिद्यालयले प्रतिस्पर्धा गरेकामा ज्ञव मा बि बलेटक्सार प्रथम र सिद्धबाबा मा बि रेसुङ्गा दोश्रो भएर फाइनलमा प्रवेश गर्न सफल भएका थिए । यसैगरी दाङको लमही केन्द्रमा भएको छनोटमा तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर प्रथम र मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराही द्वितीय हुंदै फाइनलमा प्रवेश पाएका छन् । जनज्योति विद्या मन्दिर घोराही तेस्रो हुंदै प्रतियोगिताबाट बाहिरिएको छ ।

तिन वटै केन्द्रमा भएको प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमशः ६ हजार,४५ सय र ३ हजारका दरले नगद पुरस्कार पाएको आयोजक न्यु होराईजन अंग्रेजी मावि बुटवलले जनाएको छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार, ,  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्