हामी परिक्षण प्रसारणमा छौ



दाङ । माघी पर्वको पूर्व सन्ध्यामा रैथाने खानाको महत्व बुझाएर आर्थिक विकासमा टेवा पुर्‍याउन भन्दै दाङको तुलसीपुरमा  रैथाने खानाको परिकार ढिक्रि सहित ८ वटा खानाका परिकार सयौं जनालाई निशुल्क खुवाईएको छ ।

शनिबार तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खानाको कार्यक्रम आयोजना गरेर उक्त परिकार नि:शुल्क खुवाएको हो ।माघी पर्वको पूर्व सन्ध्यामा जनप्रतिनिधि, सुरक्षा निकाय, व्यवसायी लगायतलाई निशुल्क रैथाने खाना खुवाईएको हो ।दाङको रैथाने खानाको प्रचारप्रसार गरेर जिल्लाको आर्थिक विकास गर्न र पर्यटन प्रबर्द्धनका लागि होटल व्यवसायीले रैथाने खानाको कार्यक्रम गरेका हुन् ।

रैथाने खानाको प्रवद्र्धन गरी दाङकै पर्यटन विकासका लागि तुलसीपुर होटल व्यवसायी समिति सक्रिय भएको हो ।आज नि:शुल्क खुवाइएका परिकारमा सिन्की र भटमासको झोल, ढिक्रि अनि लसुनको चटनी, आलु र भांगाको अचार , मही, साँधेको कुखुराको मासु, काचो मेवाको अचार अनि खिचडी रहेका थिए ।

सधैं र सबै पैसा मात्र ठुलो कुरा नभै आफुहरु स्थानीय रैथाने खानाको प्रचारप्रसारका लागि माघी पर्वको पूर्व सन्ध्यामा यस किसिमको कार्यक्रम आयोजना गरिएको होटल व्यवसायी समिति तुलसीपुरले जनाएको छ।

रैथाने खानाको उपभोग गरेपछि मात्र यसको उत्पादनलाई दिगो विकास गर्न सकिने निष्कर्ष सहित होटल व्यवसायी समितिले माघी पर्वको अवसरमा रैथाने खानाको स्वाद चखाएको होटल व्यवसायी समिति तुलसीपुरका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो।

यसैगरी दाङसहित पश्चिम नेपालका स्थानीय रैथाने खानालाई ब्रान्डको रुपमा विश्वबजारमा पुर्‍याउनका लागि होटल व्यवसायी समितिले रैथाने खाना कार्यक्रम आयोजना गरेको तुलसीपुर होटल व्यवसायी समितिका सचिव तुफान केसीले बताउनुभयो ।उहाँका अनुसार आज एकैदिन ६ सय बढीलाई आफुहरुले स्थानीय रैथाने खाना खुवाउन पाउदा निकै खुशि लागेको र आजको उपस्थितिले आफुहरु थप उत्साहित भएको बताउनु भयो।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का सहित थुप्रै अथिति को उपस्थित रहेको निशुल्क स्थानीय रैथाने खानाको परिकार खुवाउने कार्यक्रमलाई तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, गणेश पाउरोटी उद्योग, हाम्रो पहुँच डेरी उद्योग लगायतको सहयोग रहेको तुलसीपुर होटेल व्यबसाय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार, ,  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्