हामी परिक्षण प्रसारणमा छौ



दाङ । चलचित्र पत्रकार संघ नेपाल ,दाङ शाखाको पाँचौं जिल्ला अधिवेशनले आगामी तिन बर्से कार्यकालको लागि सन्तोष केसीलाई सर्बसम्मत चयन गरेको छ।

सोमबार तुलसीपुरमा सम्पन्न संघको पाँचौ अधिवेशनमा उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पूर्ण केसी(मुस्कान) र दिपक कुमाल बिच कडा प्रतिस्पर्धा भएको थियो। संघमा २५ जना मतदाता रहेकोमा उपाध्यक्ष पदका लागि १४ मत खसेको थियो । जसमा केसीले ८ मत प्राप्त गरेर उपाध्यक्षमा निर्वाचित हुनु भएको छ भने निकटतम कुमालले ६ मत प्राप्त गर्नुभएको चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका निबर्तमान अध्यक्ष शिव पुनले जानकारी दिनुभयो ।

यस्तै संघको सचिवमा निरला अर्याल गैरे, सहसचिवमा तिर्थराज चौधरी, कोषाध्यक्षमा भुपेश वली सर्वसम्मत चयन हुनु भएको छ । यसैगरी संघको कार्यसमिति सदस्यमा आशिष केसी, रमेश सुनार, झग्गु भण्डारी र एकराज भण्डारी सर्बसम्मत चयन हुनुभएको छ ।

तुलसीपुर भएको पाँचौं अधिवेशनको उद्घाटन गर्दै  कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका का नगर प्रमुख टीकाराम खड्काले स्थानीय सरकारले चलचित्र कर्मि र त्यस क्षेत्र संग सम्बन्धित संचारकर्मिलाई सहयोग हुने निति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

‘हाम्रो आफ्नो जिवन आठ घन्टा काम,आठ घन्टा मनोरञ्जन र बाँकी समय आरामको भएपनि मनोरञ्जनलाई हामीले विभिन्न कारणले पछ्याउँन नसकेको अवस्था छ,अब हामीले मनोरञ्जनलाई समेत प्राथमिकता दिनुपर्छ। त्यसैले हामिले मनोरञ्जनको एउटा माध्यम चलचित्र  बनाएको खण्डमा नेपाली चलचित्र क्षेत्रलाई ठुलो राहत हुन्छ।’ उपमहानगर प्रमुख खड्काले बन्नुभयो।

पाँचौं जिल्ला अधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका बिशिस्ट अथिति तथा नायक रमित ढुंगानाले अहिलेको जस्तै चलायमान नेतृत्व पुनः दाङ शाखाले पाउने आफुले बिश्वास लिएको बताउनु भयो । ढुंगानाले दाङ जिल्ला चलचित्र छायांकनका लागि उपयुक्त स्थान भएको हुँदा चलचित्र निर्णाणको सम्भाव्यता अध्ययन गरेर आफुले चलचित्र निर्माण गर्ने सोच बनाएको बताउनु भयो । यस्तै चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष शान्ति प्रियले कलाकार र पत्रकारको सम्बन्ध सधैं नङ र मासुको जस्तै हुने बताउनु भयो ।शान्ति प्रियले दाङ शाखाका गतिविधि देखेर आफुहरु निकै खुशी भएको बताउनु भयो  ।

यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी,पत्रकार सुलोचना गौतम,समाजसेवि तथा ब्यबसायि बिमल रिजाल लगायतले पाँचौं जिल्ला अधिवेशको सफलताको कामना गर्नुभएको थियो।  कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान गरेको भन्दै विभिन्न संचारकर्मिलाई सम्मान गरिएको थियो ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षता सन्तोष केसीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सहजिकरण संघका सचिव पूर्ण केसी ‘मुस्कान’गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार, ,  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्