हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचाैर नगरपालिका वडा नम्बर १२ काे साबिक १ र २ वडाका टाेलका झन्डै २ सय घरमा विधुत लाइन पुगेको छ । बिहीबार बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा विधुत लाईन उद्घाटन गरिएको हाे । विधुत लाइन विस्तार पछी स्थानीयहरु खुसी भएका छन।

उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख गाैतमले वडा नं. ११ र १२ मा विधुत बिस्तारकाे काम द्रुतगतिमा अगाडि बढिरहेको बताउनुभयो । नगरपालिकाले वडा नं. ११ र १२ मा सडक बाटाे र विधुत बिस्तार लाई प्रमुख प्राथमिकता राखेर काम गरिरहेकाे बताउनुभयो । दुबै वडामा २ वर्ष भित्रमा प्रत्येक घरमा विधुत लाइन पुग्ने र सघन शहरी विकास कार्यक्रम अन्तर्गत खरिबाेट बाट बाँफुखाेला जाेड्ने माेटर बाटाेकाे ठेक्का प्रक्रियामा रहेकाे र चाडैं काम अगाडि बढ्ने उहाँको भनाइ छ।

कार्यक्रममा बाेल्दै नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले विधुत प्रयाेग निकै जाेखिम हुनेभएकोले सावधानी तरिकाले प्रयाेग गर्न आग्रह गर्दै विद्युत अहिलेकाे समयमा अत्यावश्यक भएको बताउदै विश्वभरमा हुने सबैखाले सुचना प्राप्त गर्न यसले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा बाेल्दै वडा अध्यक्ष टीकाराम वलीले केही समय अगाडि सामाजिक संजालमा अन्य ठाउँकाे फाेटाे राखेर वडा नं. १२ काे भनी भर्म फैलाउने काम गरेको भन्दै आपत्ति जनाउनुभयो । बिद्धुत बिस्तारका लागि वडामा नयाँ करिब २४१ भन्दा बढी पाेल र तार आयको उहाले बताउनुभयो । २ वर्ष भित्रमा वडाकाे प्रत्येक घरमा विधुत लाईन बिस्तार गर्ने लक्ष्य लिएर काम भैरहेको उहाँको भनाई छ । यस्तै मोटर लगाएर आलु सिचाइ गर्ने आफ्नो धोको पुरा भएकोमा आफु लगाएत सबै खुशी भएको स्थानीय लाल बहादुर वलीले सल्यानन्युजलाई बताउनु भयो।

बागचाैर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वलीकाे अध्यक्षतामा भएको विधुत लाइन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, कार्यपालिका सदस्य रेखा कुमारी डाँगी, वडा सदस्यहरु विभिन्न राजनितीक दलका नेता, पत्रकार र स्थानीयहरुकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य रेखा कुमारी डाँगीले स्वागत मन्तव्य राख्नुभएको थियाे । कार्यक्रमकाे सहजीकरण खकेन्द्र के.सीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार, ,  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्