हामी परिक्षण प्रसारणमा छौ




सल्यान । सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्याङ्क ब्यबस्थापन र प्राविधि सहित बिषाधि परिक्षण प्रयोगशाला सञ्चालन गर्ने भूमि व्ववस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ।


बुधबार आज सल्यानको कपुरकोट गाउँपालिकाको १२ औ गाउँसभाको उद्धघाटन समारोहलाइ सम्बेधन गर्दै मन्त्री शर्माले कर्णाली प्रदेशको उत्पादन आयत निर्यात तथ्याङ्क व्यवस्थापन तथा बिषाधि परिक्षण प्रयोगशाला तत्काल सत्र्चालन गर्ने बताउनु भयो।


कपुरकोट तरकारी उत्पादनमा आत्मनिर्भर भएपनि भारतिय बिषादी सहितको तरकारी भान्छा भान्छा पुग्दा हामी आयत निर्यातको तथ्याङ्क तथा विषादी परिक्षणलाइ ख्याल नगर्दा अहिले दिर्ग रोगीको संख्या बृद्धि भएको जिकिर गर्दै अब कर्णाली प्रदेश प्राङ्गारिक तथा अर्गानिक प्रदेश निर्माणमा सहयोग गरे कृषि उपज जन्य उत्पादन आयत तथा निर्यातमा बिषादीको अनिवार्य परिक्षण गर्ने व्यवस्था मिलाउन कपुरकोट र हर्रेडाँडामा विषादी परिक्षण प्रयोगशाला तत्काल सञ्चालन हुने बताउनु भयो।


कर्णाली प्रदेश कृषि उपजमा आत्मनिर्भर प्रदेश बनाउन गाउँ गाउँमा सडक सञ्जाल मात्रै पुर्याउने काम भएको र अब सडक सञ्जाल सगै समुह सहकारीमा प्रदेश तथा स्थानिय सरकारले लगानि गर्ने वातावरण तयार पारे उत्पादन बृद्धि भइ बजारको समस्या नहुने बताउनु भयो।


गाउ गाउँमा सडक विजुली पुगेको छ तर तरकारी बिक्री हुदैन भन्ने नागरिकहरुले सधै गुनासो गर्ने भएकाले एक डोका उत्पादन हैन १० डोका उत्पादन गर्न निति बनाइ समुह सहकारीबाट उत्पादन बृद्धी गरे बजारको समस्या नहुने दावि गर्न् भयो।


कपुरकोट गाउँपालिकाले जिल्लाकै तरकारी उत्पादनमा आत्मनिर्भता बढाएको भएता पनि भारतिय तरकारी कर्णालीका सबै जिल्लामा भित्रने गरेकाले यसको रोकथाम तथा निराकरण गर्न सल्यानको कपुरकोट तथा सुर्खेतको हर्रे डाँडाबाट तरकारी आयत निर्यात तथ्याङ्क ब्यबस्थापन तथा विषादि परिक्षण गर्न प्राबिधिक सहित आवश्यक उपकरण तत्काल ब्यबस्था गर्न प्रदेश सरकार तयार भएकको बताउनु भयो।
रोजगार भनेको टेवुल वर्क होइन काम गरेर खाने हो भन्दै तरकारी उत्पादनका लागि माटो तथा रोगकिरामा भएको समस्या पहिचान गर्न एकीकृत कृषि प्रयोगशाला बाट तालिम सञ्चालन भइ रहेकाले तालिममा सहभागि बनाउन अनुरोध गर्नु भयो।


भारतिय ‍तरकारि हाम्रा भान्छा भान्छा मा पुगेकाले यसबारे कपुरकोट गाउँपालिकाले सल्यानका सबै नगर तथा पालिका मौसमी तथा हिउदे तरकारी उत्पादन बृद्धी गरे भारतिय तरकारी आयत बन्द हुने दावी गर्नु भयो।


अब प्रदेश सरकार संग योजना माग गर्दा वडा तथा टोलमा बजेट केन्द्रित गर्न सुझाउदै संघ प्रदेश तथा स्थानिय तहबाट योजना छरपर्स्ट हुने र अनुगमन गर्न पनि कठिन भएकाले उत्पादन बृद्धिका लागि समुह सहकारीमा लगानी बढाउने बताउनु भयो।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार, ,  ५ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्