हामी परिक्षण प्रसारणमा छौ



सल्यान । राप्ती राजमार्ग अन्तर्रगत चोरखोला देखी खौला सम्मको सल्यान खण्डमा पर्ने ८८.४ किलोमिटर सडकको स्तरोन्नतीको काम तत्कालै अघि बढाउनेबारे भएको सर्बपक्षीय बैठकमा आफ्नो ध्यानाकर्षण भएको सरोकारवालाले बताएका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा संघिय सांसद प्रकाश ज्वाला, सल्यान प्रदेशसभा क बाट निर्वाचित कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा, प्रदेशसभा ख का सांसद सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, सडक डिभिजन दाङका प्रमुख राम पुकार जयसवाल, स्थानिय तहका जनप्रतिनिधि, राजनितिक दल, निर्माण व्यवसायि, पत्रकार लगाएत सरोकारवालाहरुको बैठक सम्पन्न भएको हो ।

अज बसेको सर्बपक्षीय बैठकले राप्ती राजमार्गको सल्यान खण्डमा पर्ने चोरखोला देखी खौला सम्मको सडकको स्तरोन्नतीको काम तत्कालै अघि बढाउने निर्णय गरेको छ । सडकको मर्मतसम्भार, नाला निर्माण, ग्रावेल सहित केही क्षेत्रमा पिचको काम समेत भैरहेकाले ती कामहरुलाई तोकिएको समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायिहरुलाई निर्देशन समेत दिइएको छ । सडक डिभिजन दाङका प्रमुख जयसवालले सडकको स्तरोन्नतीका लागि ठेक्का लगाएको लामो समय हुदाँ पनि निर्माण व्यवसायिले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ ।

‘चोरखोला देखी खौलासम्म खण्ड–खण्ड गरेर १८ वटा ठेक्का लागेका छन्, केही निर्माण व्यवसायिले राम्रो काम गरेको भएपनि अधिकांश निर्माण व्यवसायिले काममा ढिलासुस्ती गरेको पाईएको छ, हामीले ताकेता गर्दै आएका छौँ, अहिले पनि कामको जिम्मा लिएर योजना अलपत्र पारेका निर्माण व्यवसायिलाई कालोसुचीमा राख्ने तयारी गरिएको छ’उहाँले भन्नुभयो ‘जतीसक्यो छिटो मर्मतको काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।’ उहाँले मर्मत सम्भारका योजना सम्पन्न नहुदाँ अरु थप योजनाका काम शुरु गर्न नमिल्ने भएकाले छिटो काम सम्पन्न गर्न निर्माण व्यवसायिलाई निर्देशन दिनुभएको छ ।

संघिय सांसद प्रकाश ज्वालाले राप्ती राजमार्गको स्तरोन्नतीमा वजेटको अभाव नहुनेभएकाले तोकिएको समयमा नै काम गर्न निर्माण व्यवसायिलाई आग्रह गर्नुभएको छ । उहाँले सडकको मर्मत सम्भार र स्तरोन्नी गरेर नागरिकलाई सहज गन्तव्यमा पुग्ने बाताबरण बनाउने आफ्नो दायित्व भएकाले अब कुनै बहाना नगरेर काम अघि बढाउन निर्देशन दिनुभयो । ‘सडकको ठेक्का लिएर विचमा काम अलपत्र पार्ने अधिकार कसैलाई छैन्, यदी कसैले त्यसो गरेको पाइएमा ठेक्का रद्ध गरेर अर्को ठेक्का खोल्ने र काम नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याइने छ’ ज्वालाले भन्नुभयो ।

बर्षामा हिलोका कारण सास्ती पाएका नागरिकले अहिले धुलोका कारण सास्ती पाउँदै आएकाले सहज आवतजावतका लागि मर्मतसम्भारको काम छिटो सम्पन्न गर्नतर्फ तत्काल लाग्न सम्बन्धित निकायलाई सरोकारवालाले ध्यानाकर्षण गराउनु भएको थियो । तस्वीर :बुद्धि पुन

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार, ,  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्