हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत ।कर्णालीको भू विविधताको रक्षा गर्न भू-उपयोग निति निर्माण गर्न प्रदेश सरकार तयार भएको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले बताउनु भएको छ।


भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा युएन डिपीको नेपाल स्थित बिज्ञ टोलीसहितको कर्णाली प्रदेशको जोखिम संबेदनशील भू उपयोग निति तथा योजना सम्मन्धि प्रदेश स्तरिय कार्याशाला गोष्ठीमा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको भू विवधताको रक्षा गर्न भू उपयोग निति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताउनु भएको हो ।
कर्णाली भू बनोटको आधारले हिमाल पहाड तराइ तिनै वटा क्षेत्र भित्रको भू वनोट भएकाले यसको रक्षा संरक्षण प्रयोगत सम्बन्धी प्रदेश सरकारले हिमाल पहाड र तराइको भूगोल र माटोको विविधताको रक्षा र गर्न भू उपयोग निति निर्माण गर्न लागेको बताउनु भयो।


संघले निर्माण गरेको भू उपयोग नितिमा नै टेकेर भू उपयोग निति निर्माण गर्न लागेकाले संघ सरकारको भू उपयोग निति मा बाझिएका केही प्रावधान तथा बुदाहरुमा सुझाव सहित सच्याउन पहल गर्ने बताउनु भयो। कर्णालीमा बन्ने भू यपयोग निति प्रावधान र उपलब्धता लाइ ख्याल गरी राम्रोको लागि र आवश्यक्ताको लागि निर्माण गर्न आवश्यक रहेको बताउनु भयो।


कर्णालीका धेरै समस्या टेवुल वर्कबाट सामाधान गर्न पहल हुने भएकाले यसका लागि अब अयोजक तथा बिज्ञ समुहहरु जनताको भू उपयोगको अवस्था चुनौति र त्यसले पारेको प्रभाव विश्लेशनको आधारमा काम थाल्नु पर्ने बताउनु भयो।
संघ सरकार र प्रदेश सरकारको साझा अधिकार अनुसुचि ७ धारा ५७ को उपधारा धारा १ सय ९ धारा १६२ को उपधारा ४ धारा १ सय ९७ संग सम्बन्धी साझा अधिकार क्षेत्र को बुदा २३को अधिकार क्षेत्र भू उपयोग निति र सो सम्बन्धी कानुन रहेकाले यस बुदामा टेकेर भू उपयोग निति निर्माण गर्ने बताउन् भयो।


अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको अध्यक्षतामा भू उपयोग ऐन २०७६को परिच्छेद ४ कार्यान्वयन संरचना दफा १६ उपदफा १ अनसार भू उपयोग परिषद गठन हुने भएकाले प्रदेश सरकार यस बिषयमा समन्वय गरी संघ र सरकारको समन्वयमा प्रदेश भू उपयोग नितिमा भएका बधाअडकाउ फुकाउन प्रदेश सरकार तयार भएको बताउनु भयो।

परिषद उपाध्यक्षमा कर्णाली प्रदेश योजना आयोग उपाध्यक्ष
कर्णाली प्रदेश योजना आयोग सम्बन्धित क्षेत्र हेर्ने सदस्य
मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय सचिव सदस्य
आर्थिक मामिला योजना आयोग सचिव सदस्य उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सचिव सदस्य सामाजिक विकास मन्त्रालय सचिव सदस्य आन्तरिक मामिला तथा कानुन मन्त्रालय सचिव सदस्य भू उपयोग तथा सम्बन्धित विषयका बिशेषज्ञहरु मध्ये प्रदेश सरकारबाट मनोनित कम्तिमा २ जना महिला सहित ४ जना सदस्य भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सचिव सदस्य सचिव रहेको १५ सदस्यीय परिषद गठन हुने बताइएको छ।


भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको अध्यक्षतामा भएको कार्याशाला गोष्ठीमा मन्त्रालयका सचिव लेखराज दाहालको स्वागत कार्यक्रमको उदेश्य प्रकृयावारे जानकारी दिएको कार्यक्रमा कर्णाली प्रदेशको जोखिम सम्बेदनशिल भू उपयोग निति तथा योजना सम्बन्धी प्रस्तुतिकरण बिज्ञ समुहका प्रमुख सुरेश प्रकाश आचार्य गोपीनाथ मैनाली अनिसा झा र शुदर्शन पोख्रेलले निति तथा प्रावधानको खाका प्रस्तुत गरेको कार्याशाला गोष्ठोको सञ्चालन मन्त्रालयका प्रवक्ता धन बहादुर कठायले गर्नु भएको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार, ,  ४ : २८ बजे

प्रतिक्रिया दिनुहोस्