हामी परिक्षण प्रसारणमा छौ



सल्यान। सल्यानको बनगाडमा “सीप सिकौं स्वरोजगार बनौं, समृद्धि नगर निर्माण गरौ” भन्ने मुल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपाद्धारा १० दिने मसला तालीम, २५ दिने डल र कुसन बनाउने तालिम सम्पन भएको छ ।


उद्योग गर्न असाध्यै समस्या भएको त्यसलाई बजारीकरण गर्न समस्या भएको त्यो विचमा लागेमा भविस्य राम्रो भएको प्रशिक्षक  गीता कुमारी खत्रीले बताउनु भयो । 

बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकी सीप सिकेर आत्मनिर्भर बन्न सबैलाई आग्रह गर्नु भयो । उत्पादन गर्न सिक्नु पर्ने उत्पादन सङ्ग संघर्ष गर्नु पर्ने बताउनु भएको छ । जन्म जात ज्ञान सिकेर कसैले न आएको त्यसको लागि ज्ञान सीप सिकेर नै जीवन निर्वाहमा अगाडि बढ्नु पर्ने समेत बताउनु भएको छ । 


बजारको बस्तु किनेर ल्याउनु भन्दा घरमा उत्पादन गरेर प्रयोग गरेर जीवन व्यबहारमा प्रयोग गर्न समेत आग्रह गर्नु भएको छ ।एक्लैले केही गर्न नसके पनि समुह बनाएर पेशा व्यवसाय गरेमा स्थानीय सरकारल सहयोग गर्ने समेत बताउनु भयो । 

नगर उप प्रमुख पुरुषोत्तम आचार्यले गरिबी घटाउन अथवा गरिबी निराकरण गर्न नेपाल सरकार ल्याएको कार्यक्रमले विस्तारै सार्थकता पाउने र सिकेको सीप प्रयोगमा ल्याएमा  जनताको जीवन स्तर माथी उठ्ने बताउनु भयो । ८० जनालाई तालीम दिएको समेत बताउनु भएको छ र नगरपालिका केही गर्न नसकेको भन्ने हल्ला छ । विकासको काम भइरहेको नितिगत रुपमा कार्यनयन गरेको विस्तारै सबै वडामा लिन गरि लागेको समेत बताउनु भयो।  नगरले गरेका कामको प्रचारप्रसार कमि मात्र भएको समेत बताउनु भयो। 

स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले हामी आफुले बनाएको भन्दा अरुले बनाएको माया गर्ने गरेको र त्यसलाई निराकरण गर्नु पर्ने  बताउनु भयो । सहभागी विपना बुढाथोकीले तालीममा सिकेका कुरालाई व्यवहारमा लागु गर्ने बताउनु भयो । यसलाई आफुहरुले समुह बनाएर निरन्तरता दिने समेत बताउनु भएको छ ।


राजस्व शाखा प्रमुख तथा गरिबी निवारणका लागि  लघु उद्यम विकासका फोकल पर्शन भुपाल खड्का अध्यक्षता र मेडपा सुलोचना प्रधानले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।
१० दिने मसला, २५ दिने डल र कसुन बुनाइ तालिम यो भन्दा पहिला मौरी पालन, साबुन निर्माण लगायतका तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार, ,  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्