हामी परिक्षण प्रसारणमा छौ

‘नेतामा हुने गुण हैन , सन्की राजा प्रवृति ओलीमा छ ।’ : माधव नेपाल

संसद पुनस्थापना हुन्छ, आधिकारिक पार्टी हाम्रै हुन्छ : श्रेष्ठ



 

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले केपी शर्मा ओलीलाई सन्की राजाका संज्ञा दिदै उनले बिघटन गरेको प्रतिनिधिसभा कुनै पनि हालतमा पुनस्थापना हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड ‐ माधव समूह दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीलाई एक ‘सन्की राजा’को समेत संज्ञा दिदै सन्की राजाले जे मन लाग्यो त्यही भन्ने र त्यो नै सबैले मान्नु पर्छ भन्ने प्रबृति केपी ओलीमा समेत रहेको बताए । उनले भने ‘उहाँ सनकी राजा हो,उहाँले जे मन लाग्यो, त्यो भन्ने र त्यो कुरा अरुले पनि मान्नु पर्छ भन्नुहुन्छ’, नेपालले भने‘ कम्युनिष्ट पार्टीले आलोचना सुन्न सक्नुपर्छ, तर, उहाँ प्रशंसा रुचाउनु हुन्छ, आलोचना पटक्कै सुन्न चहानुहुन्न, यो नै सन्की राजाको प्रबृति हो ।’

प्रतिनिधिसभा अहिले बेहोस मात्र बनाइएको बताउदै चाँडै होसमा आउने बताएका छन् । ‘प्रतिनिधिसभा अहिले बेहोस मात्र भएको छ, मरेको छैन’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने ‘केपी ओलीले प्रतिनिधिसभामा छुरा रोपेर छटपट्टीने अबस्थामा पु¥याउनु भो, त्यसलाई हामी कुनै पनि हालतमा बचाउँछौं ।’

नेता नेपालले केपी शर्मा ओलीको गुटमा अहिले गणेश प्रबृतिका मान्छेको मात्र झुण्ड जम्मा भएको बताए । उनले भने,‘ओली गुटमा अहिले ताली बजाउने गणेश प्रबृतिका मान्छेहरु मात्रै छन् ।’

नेता नेपालले पार्टी भित्रको समस्यालाई संगठन भित्रै समाधान गर्नुपर्ने भएपनि ओलीले संसद नै बिघटन गर्ने, पार्टी नै फुटाउने जस्तो गम्भीर कार्य गरेको भन्दै यो देश, जनता र लोकतन्त्रप्रति ठूलो अपराध भएकैले अहिले आफुहरु सडक संघर्षमा आउनुपरेको बताए ।

कार्यक्रममा पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीको संसद विघटन कार्य असंवैधानिक मात्र नभएर गैरलोकतान्त्रिक चरित्र भएको बताए ।

सोही कार्यक्रममा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज युवराज ज्ञवालीले देश, जनता र संविधानको रक्षाकालागि अझै पनि बलिदानी गर्न तयार रहेको बताए । सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय स्थायी कमिटि सदस्य कृष्णबहादुर महराले ओली समूह समाजवादी समूह नभई सवैलाई कमजोर बनाएर एक्लै खाने प्रबृतिको समूह रहेको बताए । उनले संविधान माथि नै कु गरेको भन्दै यसका विरुद्ध जनता सडकमा आउनुपर्ने बताए । जनता नै सर्वोच्च अदालत भएको समेत उनले बताए ।

कार्यक्रममा स्थायी कमिटि सदस्य बर्षमान पुन,लुम्बिनी प्रदेश कमिटि अध्यक्ष ओनसरी घर्तीले ओली प्रबृतिका बिरुद्ध सबै एकजुट हुनपर्ने दिन आएको बताए । जिल्ला अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको उक्र कार्यक्रममा कार्यालय सदस्य तथा प्रतिनिधिसभा दाङ क्षेत्रनम्बर ‐३,का सांसद हिराचन्द्र केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चाल सचिब सुवास पुनले गरेका थिए ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार, ,  ११ : २५ बजे

प्रतिक्रिया दिनुहोस्